![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Tiger-in-Ranthambhore_Aditya-SinghGetty-22af655.jpg)
साभार: सेतोपाटी
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Ratopati_875x90_3-21-9.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594872993-53.gif)
रौतहट । बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ रंगपुर साझेदारी वन क्षेत्रमा बाघले दुुईजना माथि आक्रमण गरेको हो ।
चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जङ्गल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मङ्गलबार साँझ ७ बजेको समयमा जङ्गल गएका गाँउलेहरुलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Sanima-Share-Loan_gif_250x250px-55.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596010711-52.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594981462-55.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596727893-61.gif)
बाघको आक्रमणमा परेर चन्द्रपुर–६ का ३० वर्षका अशोक थापा र ३४ बर्षका प्रविण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।
घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)