बलात्कार आरोपीको पक्षमा मोरङ बारको विज्ञप्ति
Credit: OnlineKhabar
२३ असोज, काठमाडौं । सञ्चार माध्यमहरूले बलात्कारपीडितको पक्षमा समाचार लेखेको भन्दै मोरङ बार एसोसिएसनले आपत्ति जनाएको छ ।
मोरङ बारले निकालेको विज्ञप्तिमा बलात्कारको मुद्दामा न्यायाधीशले दिएको लिखित आदेशलाई ‘गोप्य कागज’ भन्दै त्यस्तो आदेश सार्वजनिक गर्नेमाथि कारवाही हुनुपर्ने भनिएको छ ।
‘करणी गरेको हुँ तर एकहजार रुपैयाँ दिने शर्तमा’ भनेर अदालतमा सकारी वयान दिएका मोरङ, रतुवामाई, कुखुरेडाँडाका काजीमान श्रेष्ठलाई एक लाख रुपैयाँ धरौटीमा मोरङ जिल्ला अदालतले रिहा गरेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित भएपछि मोरङ बारको विज्ञप्ति आएको हो ।
२३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेका श्रेष्ठलाई अदालतले धरौटीमा रिहा गरेको समाचारप्रतितर्फ इंगित गर्दै मोरङ बार एसोसिएसनले लेखेको छ, ‘अदालतको मर्यादामा खलल पुग्ने गरी अनधिकृत रुपमा गोप्य कागज...









