२०८१ बैशाख १३

सामाजिक

सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

सिराहाका कोरोना संक्रमितको जनकपुरमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ कात्तिक, जनकपुरधाम । सिराहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी ७० वर्षीय पुरूषको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । Advertisement एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको सोही दिन स्वाब लिएर संकलन गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको यादवले बताए । उनका अनुसार पुरूष दमका रोगी समेत थिए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेक...
३६ वर्षीया महिलाको कोरोनाबाट  मृत्यु : पोखरा

३६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु : पोखरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ कात्तिक, काठमाडौं । पोखरामा एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । Advertisement आईसीयूमा उपचाररत ती महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । उनमा यही कात्तिक ५ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना संक्रमित भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी २० औं व्यक्ति हुन् । Credit: OnlineKhabar ...
तिहारका लागि ल्याइएको पटाका नागढुंगामा बरामद; मात्रा “ठूलो” रहेको प्रहरीको भनाइ

तिहारका लागि ल्याइएको पटाका नागढुंगामा बरामद; मात्रा “ठूलो” रहेको प्रहरीको भनाइ

देश, समाचार, सामाजिक
१२ कात्तिक, काठमाडौं । प्रहरीले नागढुंगा चेकपोइन्टबाट ठूलो परिणाममा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । चेकजाँचका क्रममा बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा २ लाख ६६ हजार वटा पटाका प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी प्रभाग, नागढुंगाले महेन्ऽगनरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा १० बोरा पटाका बरामद गरेको हो । बसमा २ लाख ६६ हजार थान पटका फेला परेको महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार अनुसन्धानका क्रममा तत्काल बस चालक कञ्चनपुरका ३० वषर्ीय नविन जोशीलाई पक्राउ गरिएको थियो । Advertisement उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्न महेन्ऽनगरबाट ल्याइएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको श्रेष्ठले बताए । बर...
खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न ३३ युवक पक्राउ

खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न ३३ युवक पक्राउ

देश, समाचार, सामाजिक
दाङको तुलसीपुर उपमहानगरपालिकामा कमारा बिकमाथि भएको सांघातिक हमलाबारे अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई पक्राउ गरेको छ । उपमहानगरको वडा नम्बर ११ स्थित नवलपुर निवासी ४५ वर्षीय विकमाथि तुलसीपुर– १० गोलौरीमा अपरिचित समूहले सांघातिक हमला गरेको थियो । उनको एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको थियो । विकको दुबै हातमा पनि धारिलो हतियारले काटेको गहिरो घाउ लागेको छ । सोही घटना अनुसन्धान गर्नको लागि गोलौरी आसपासका ३३ जना युवाहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । Advertisement ‘पक्राउ परेकाहरुमाथि सोधपुछ र अनुसन्धान जारी छ,’ डिएसपी सिंहले भने, ‘रातको समयमा सोही गाउँका युवाहरुका बीचमा पनि आपसमा झडप भएको खुल्न आएको छ ।’ घाइते बिकको रा...
काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम, देशभर चिसो बढ्यो

काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम, देशभर चिसो बढ्यो

देश, समाचार, सामाजिक
१२ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ११.४ डिग्री मापन गरिएको छ । मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ ।’ अब पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने उनले बताइन् । मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो । Advertisement दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ ।  आज बिहान पौने ९ बजेको मापनमा काठमाडौंको न्यूनतम ताप...
माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ : उदयपुर

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ : उदयपुर

देश, समाचार, सामाजिक
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए ।  Advertisement उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।  साभार: रातोपाटी ...
बाघको आक्रमणबाट दुई युवकको मृत्यु : बर्दिया

बाघको आक्रमणबाट दुई युवकको मृत्यु : बर्दिया

देश, समाचार, सामाजिक
११ कात्तिक, बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । Advertisement धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । Credit: OnlineKhabar ...
थप दुई कोरोना सङ्क्रमितको मृत्यु :चितवन

थप दुई कोरोना सङ्क्रमितको मृत्यु :चितवन

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवनमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। यही कातिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पतालको कोभिड आइसियूमा भर्ना भएकी थिइन् ।  Advertisement उनलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिए ।  यही कातिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनलाई कातिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषले लामो समयदेखि मुटु र मिर्गौला रोगको उपचार गराइरहेका थिए ।   साभार: रातोपाटी ...
२४ घण्टामा २७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि

२४ घण्टामा २७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
देशभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।  संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजेटिभ भेटिएका छन् ।  Advertisement संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।  यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् । सोमबार विजयादशमी रहेको र धेरैजसो ल्याबहरु बन्द रहेकाले पीसीआर घटेको हो ।  साभार: रातोपाटी ...
मुकेश चौरसिया मृत्यु प्रकरण : किटानी जाहेरी दर्ताका लागि पाँचौँ दिन पनि आन्दोलन

मुकेश चौरसिया मृत्यु प्रकरण : किटानी जाहेरी दर्ताका लागि पाँचौँ दिन पनि आन्दोलन

देश, समाचार, सामाजिक
नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको पाँच दिन बित्दा पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् । उनको शव पाँच दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै राखिएको छ । नेकपा पर्साले मुख्य योजनाकार सहित हत्या आरोपीलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता गर्न खोज्दासमेत बेवास्ता गरेपछि स्तानीयस्तरमा पर्साका प्रहरी उपरीक्षक गंगा पन्त र सरकारविरुद्ध आन्दोलन भइरहेको छ । मृतक चौरसियाका परिवारजनले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले बेवास्ता गरेको नेकपा पर्साको आरोप छ । शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय पर्सामाथि किटानी जाहेरी दर्ताका लागि दबाबस्वरुप आन्दोलन हुँदै आएको छ । प्रहरीले किटानी जाहेरी दर्ताका लागि आनाकानी गर्दै आएको छ । सो घटनाका मुख्य योजनाकार ...