![](https://www.symnetwork.com/wp-content/uploads/2020/10/Pataka-baramad.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Ratopati_875x90_3-21-9.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594872993-53.gif)
१२ कात्तिक, काठमाडौं । प्रहरीले नागढुंगा चेकपोइन्टबाट ठूलो परिणाममा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । चेकजाँचका क्रममा बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा २ लाख ६६ हजार वटा पटाका प्रहरीले बरामद गरेको हो ।
महानगरीय प्रहरी प्रभाग, नागढुंगाले महेन्ऽगनरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा १० बोरा पटाका बरामद गरेको हो ।
बसमा २ लाख ६६ हजार थान पटका फेला परेको महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार अनुसन्धानका क्रममा तत्काल बस चालक कञ्चनपुरका ३० वषर्ीय नविन जोशीलाई पक्राउ गरिएको थियो ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Sanima-Share-Loan_gif_250x250px-55.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596010711-52.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594981462-55.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596727893-61.gif)
उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्न महेन्ऽनगरबाट ल्याइएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको श्रेष्ठले बताए । बरामद भएको पटकाको बजार मुल्य अन्दाजी १३ लाख ३० हजार रूपैयाँ रहेको उनले बताए ।
यसैबीच, नागढुंगाकै चेकपोइन्टमै रौतहटको गौरबाट ल्याइएको ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद गरिएको छ ।
डीएसपी श्रेष्ठका अनुसार ना ६ ख ७११४ नम्बरको बस चेकजाँच गर्ने क्रममा रौतहटको पिन्टु जैसवालले पटाका ल्याएको खुलेको थियो ।
दुवै घटनामा मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।
Credit: OnlineKhabar
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)