२०८१ बैशाख २३

सामाजिक

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु : पाल्पा

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु : पाल्पा

देश, समाचार, सामाजिक
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा –गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको हो । Advertisement जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनदेखि रिडी, गुल्मीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका ज्ञवालीको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको थियो ।   मोटरसाइकल पछाडि सवार घाइते गुल्मी, ग्वादी गाउँपालिका –४ बस्ने ४३ वर्षीय अनिल ज्ञवाली भने लुम्बिनी मेडिकल कलेजमा उपचारपछि घर फर्केको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
एक महिना भित्र फोहोर व्यवस्थापन गर्नु : बञ्चरेडाँडामा डम्पिङ साइट

एक महिना भित्र फोहोर व्यवस्थापन गर्नु : बञ्चरेडाँडामा डम्पिङ साइट

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिएका छन् । उनले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर बिसर्जन गर्न मिल्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । सो स्थलको शुक्रबार निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई कामको जिम्मेवारी पाएको लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले आगामी मङ्सिर १ गतेदेखि काठमाडौँ र ललितपुरको फोहोर बिसर्जन गर्न मिल्ने गरी काम भइरहेको अवगत गराएका थिए ।  Advertisement कूल एक हजार ७ सय ९२ रोपनी जग्गा रहेको सो क्षेत्रमा अहिलेसम्म ल्याण्डफिल साइड जाने बाटोको निर्माण, डाँडा कटान, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण र दुईवटा भवन निर्माण सम्पन्न भएका छन् । अब फोहोर बिसर्जन गर्न...
काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित , कुन जिल्लामा कति सक्रिय संक्रमित ?

काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित , कुन जिल्लामा कति सक्रिय संक्रमित ?

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । संक्रमितमा ५६९ महिलार ७८८ पुरुष रहेका छन् ।  यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा देशभर भने २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।  Advertisement यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् । यसैष्गरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३...
करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु : बर्दिवास

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु : बर्दिवास

देश, समाचार, सामाजिक, स्वास्थ्य
बर्दिवास । ट्रकले चुडाएको तार जोड्न सडक किनारको पोलमा चढेका महोत्तरी बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ । ज्यान जानेमा रौतहटको पौराहा गाउँपालिका–६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहेका छन् । बर्दिबास–१ स्थित सडक किनारमा ट्रकले चुडाएको तार जोड्न पोलमा चढेका उनलाई तार जोडने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै झुण्डिएका पण्डितलाई देखेपछि गाउँलेहरुले सुकेको बासको भाटाले तारमा हानेर उद्दार गरेका थिए । त्यसलगत्तै उनलाई उपचारका लागी बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारका लागि उनलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो । Advertisement त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो । काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी भैरहेका बेला जनकपुरमै उन...
घाइते नेपाली बिद्यार्थीको देहरादूनमा निःशुल्क उपचारको माग गर्दै नेवि संघ

घाइते नेपाली बिद्यार्थीको देहरादूनमा निःशुल्क उपचारको माग गर्दै नेवि संघ

देश, शिक्षा, समाचार, सामाजिक, स्वास्थ्य
नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।  नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् ।  “अहिलेको विश्व व्यापीकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु मानव अधिकारको विषय हो, मानव अधिकारको आधारभूत विषयलाई सबै देशले सम्मानका साथ लागू गर्नुपर्छ”, अध्यक्ष ढुङ्गानाले भने ।  Advertisement नेविसङ्घका महामन्त्री दिपक भट्टराईले भारतको शिक्षालयमा अध्ययनरत नेपाली विद्यार्थीमाथि लक्षित...
दुर्घटनामा सहचालकको मृत्यु: सल्यान

दुर्घटनामा सहचालकको मृत्यु: सल्यान

देश, समाचार, सामाजिक
सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६  जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।  Advertisement डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।   साभार: रातोपाटी ...
२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए

२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।  Advertisement मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  साभार: रातोपाटी ...
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु : पोखरा

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु : पोखरा

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको निधन भएको छ । मृतक दुई जनामध्ये एक जनाको अस्पतालमा र अर्काको होम आइसोलेशनमा बसिरहेको अवस्थामा शुक्रबार मृत्यु भएको जनाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको कोरोना अस्पतालमा स्याङ्जाका संक्रमितको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार मृतक वालिङ नगरपालिका–५ का ७० वर्षीय पुरुष हुन् । उनमा कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए । Advertisement मृतकमा कोभिडसँगै अन्य दीर्घ रोगसमेत रहेको उनको भनाइ छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा ज्यान गुमाउने उनी २२ औं संक्रमित हुन् । यस्तै, पोखरा–१५ का ८१ वर्षीय संक्रमित पुरुषको पनि शुक्रबार न...
कोरोना विशेष अस्पतलमा थप एकजनाको मृत्यु : बुटवल

कोरोना विशेष अस्पतलमा थप एकजनाको मृत्यु : बुटवल

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल ।  बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा उपचार गर्दा गर्दे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले रातोपाटीलाई बताए । Advertisement कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दे बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका थिए । साभार: रातोपाटी ...
दसैँमा आपराधिक घटना न्यून

दसैँमा आपराधिक घटना न्यून

देश, समाचार, सामाजिक
यसपाली मुलुकमा दसैँको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत यसपटकको दसैँँको मुख्य पाँच दिनको विवरण हेर्दा ठूलो तथा गाह्रो अवस्था सिर्जना हुने घटना नभएको बताउँछन् । सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा प्रहरी र कुकुर तथा ड्रोनसमेतको प्रयोग गरिएकाले पनि त्यस्ता घटना रोक्न सफल भएको उनको दावी छ । दशैंँको मुख्य दिन कात्तिक ७ देखि ११ गतेसम्मको प्राप्त विवरण अनुसार यसपाली करणीसम्बन्धि ४ वटा घटना दर्ता भएको छ । कर्तव्य ज्यानका ११, चोरीका १६ घटना दर्ता भएको कडायतले बताए । यस्तै यो अवधिमा ३३४ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाका कारण ४३ को मृत्य...