२०८१ बैशाख १४

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको  मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ११, प्रदेश नम्बर २ मा २९, बागमती प्रदेशमा ५ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा १ हजार ३१ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा २ सय ८, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा ५५ जना गरी ६ हजार ७ सय ७९ रहेका छन् । 

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ मा ६ हजार ३ सय २२, प्रदेश नम्बर २ मा १ हजार ७० र बागमती प्रदेशमा १७ हजार ८ सय ३४ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १ हजार ३ सय ५९, लुम्बिनी प्रदेशमा ६ हजार ६६, कर्णाली प्रदेशमा ७ सय ७० र सुदूरपश्चिम प्रदेशमा ८ सय ६५ गरी देशभरी ३० हजार ९ स ८६ जना होम आइसोलेसनमा रहेका छन् ।


Advertisement


आज ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा १३ हजार ३ सय ८, प्रदेश नम्बर २ मा १७ हजार १८ र बागमती प्रदेशमा ६७ हजार ६ सय ५४ जना डिस्चार्ज भएका छन् । यस्तै गण्डकी प्रदेशमा ६ हजार ६ सय १, लुम्बिनी प्रदेशमा १६ हजार १ सय ६८, कर्णाली प्रदेशमा ५ हजार १ सय ९ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९ सय ८४ जना गरी देशभरी १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमित डिस्चार्ज भएका छन् । आज थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap