२०८० चैत्र १६

सबै क्वारेन्टिन हटाइँदै, आइसोलेसन थपिदै : कर्णाली

२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका सबै जिल्लाहरुमा ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जनसंख्या तथा कोरोना संक्रमितको चापका आधारमा प्रदेशका प्रत्येक जिल्लाहरुमा २५ देखि ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितहरुको उपचारको लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भएनभएको, अक्सिजन प्लान्ट, अक्सिजन रिफिल जस्ता स्रोतसाधनको उपलब्धताबारे सामाजिक विकास मन्त्रालयलाई यस्को अनुगमन गर्ने जिम्मा दिइएको छ ।

कोरोना संक्रमणको बढ्दो अवस्थालाई हेरेर आवश्यक दक्ष जनशक्ति परिचालन गर्ने, कोरोनाबाट हुने मृत्युदर घटाउन आवश्यक कार्य गर्नेसमेत केन्द्रको बैठकले निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणबाट भइरहेको मृत्युदर घटाउने गरी कोरोना संक्रमित कस्ता बिरामीलाई अस्पताल ल्याउने, के कस्ता साधनबाट ल्याउने, कुन कुन अस्पताल लैजाने भन्ने बारे पनि योजना तयार गरिने भएका छ । यस्को जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएका छ ।

बैठकको निणर्यअनुसार विशेष अस्पतालको रुपमा रहेको प्रदेश अस्पताल सुर्खेत, कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिमको अवस्था अध्ययन गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कुनै पनि समस्या समाधान गरिने भएको छ ।

यसका साथै मंसिर ९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षालाई मध्यनजर गरी परीक्षा केन्द्र तथा हाल सञ्चालनमा आएका विद्यालयमा स्वास्थ्य सतर्कता अपनाउने र दुरी कायम गरी परीक्षा सञ्चालन गर्न स्वास्थ्यकर्मीको टोली पनि खटाइने भएको छ ।


Advertisement


सबै  क्वारेन्टिन हटाइने

कर्णाली प्रदेशमा भएका सबै क्वारेन्टिन हटाइने भएको छ । हटाइएका क्वारेन्टिनका सबै सामान आवश्यकता अनुसार आगामी दिनमा प्रयोग गर्न मिल्ने गरी नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिएको हो ।

साथै कोरोनासम्बन्धी विभिन्न देशमा तयार भएका भ्याक्सिन प्रयोग गर्ने विषयमा संघीय सरकारबाट स्वीकृत भएको भ्याक्सिन मात्र प्रयोग गर्ने निर्णय गरिएको छ ।

संघीय सरकारको नीतिअनुसार कर्णाली प्रदेशका लागि आवश्यक पर्ने भ्याक्सिनको आँकलन गरी प्रदेशका सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउन पनि बैठकले सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएको छ ।

प्रदेशभर देउसी भैलो खेल्न रोक

तिहारको अवसरमा खेलिँदै आएको देउसी भैलो यस वर्ष कर्णाली प्रदेशमा खेल्न नपाइने भएको छ ।

कोभिड-१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले देउसी भैलो खेल्न निषेध गरिएको हो । देउसी भैलो खेल्न नदिन पूर्णरुपमा कडाइ गर्ने र कुनै पनि मेला लगाउन नदिने बताइएको छ ।

तिहारमा सुरक्षा सर्तकता अपनाई घरभित्रै बसेर टीका लगाउन आग्रह समेत गरेको छ ।

बैठकले कोरोना संक्रमण दिनप्रतिदिन समुदायस्तरमा फैलिइसकेकोले संक्रमण नियन्त्रण र उपचारमा कठिन अवस्था सिर्जना हुने निष्कर्ष निकाल्दै बदलिदो मौषम, नजिकिएको तिहार, छठ पर्व र प्रदेश राजधानी तथा जिल्लामा रहेका अस्पतालहरुको क्षमतालाई ध्यान दिएर सुरक्षा सर्तकता अपनाउन समुदायस्तरमा प्रचारप्रसार गर्ने निणर्य गरेको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap