२०८१ बैशाख ६

वीरगञ्जका सामुदायिक विद्यालयलाई मास्क र सेनिटाइजर वितरण

१९ कात्तिक, वीरगञ्ज । वीरगञ्जका पाँच वटा सामुदायिक विद्यालयमा माक्स र सेनिटाइजर वितरण गरिएको छ । सांसद प्रदिप यादवले वीरगञ्ज महानगरपालिकाका पाँच वटा सामुदायिक विद्यालयमा मास्क र सेनिटाइजर वितरण गरेका हुन् ।

सांसद यादवले माईस्थान विधापीठ, सुन्दरमल राम कुमार कन्या मावि, त्रिजुद्ध उच्च मावि, नेपाल राष्ट्रिय मावि श्रीपुर र त्रिभुवन हनुमान माविमा उक्त स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।


Advertisement


पाँच वटा विद्यालयमा ४ हजार थान मास्क र आधा लिटरका ५/५ बोतल सेनिटाइजर वितरण गरिएको सांसद यादवले जानकारी दिए ।

‘सामुदायिक विद्यालय आंशिक सञ्चालनमा आउन थालेका छन् । महामारीमा सुरक्षा सतर्कता अपनाउन जरुरी छ,’ सांसद यादवले भने, ‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्न आउँछन्, उनीहरुलाई नै लक्षित गरेर माक्स तथा सेनिटाईजर वितरण गर्न सुरु गरेको छु ।’

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap