२०८३ असार १२

सामाजिक

कोरोनाबाट मृत्यु हुने दर बढ्यो : सुदूरपश्चिम

कोरोनाबाट मृत्यु हुने दर बढ्यो : सुदूरपश्चिम

देश, समाचार, सामाजिक, स्वास्थ्य
कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष सङ्क्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । होम आइसोलेसनमै मृत्यु हुने कतिपय सङ्क्रमितको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।  जाडोयाम शुरु भएसँगै जटिल अवस्थाका कोरोना सङ्क्रमित बिरामी बढ्दै गएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म प्रदेशमा कुल सङ्क्रमणको पुष्टि भएका १० हजार २६९ जना...
कोरोना मृतक ११ सय नाघ्यो,  संक्रमितको संख्या २ लाख नाघे

कोरोना मृतक ११ सय नाघ्यो, संक्रमितको संख्या २ लाख नाघे

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ९ पुगेको छ ।  Advertisement यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् । हालसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन् ।  यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।  साभार: रातोपाटी ...
शुद्ध तेलका लागि कोलुको प्रयोग

शुद्ध तेलका लागि कोलुको प्रयोग

देश, समाचार, सामाजिक
डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलुको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परमपरागत कोलुको प्रयोग हुँदै आएको छ ।  काठको मुडाबाट बनेको र कम्तीमा तीनदेखि चार जनाले हातले घुमाएर तोरी पेल्न बनाएको उक्त कोलु लोप हुँदै गए पनि बोगटान फुड्सिल गाउँपालिकामा भने चलिरहेको स्थानीयवासी प्रकाश बमले बताए ।  Advertisement नयाँ पुस्ताले कोलुलाई बिर्षदै गएको भए पनि कोलुबाट पेलिने तेल निकै अग्र्यानिक, शुद्ध र पौष्टिक हुने गरेकोले गाउँघरमा विवाह, ब्रतबन...
१४२० कोरोना  संक्रमित थपिए : काठमाडौं

१४२० कोरोना संक्रमित थपिए : काठमाडौं

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १४२० जना संक्रमित थपिएका छन् । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् ।  Advertisement यस्तै देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् । 
९०% सम्म प्रभावकारी कोरोना भाइरस विरुद्धको खोप

९०% सम्म प्रभावकारी कोरोना भाइरस विरुद्धको खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
लन्डन — कोभिडविरुद्ध विकास भइरहेको एउटा खोपले सकारात्मक नतिजा दिएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइजरले आफूहरूले कोभिड– १९ संक्रमण रोक्न सक्ने प्रभावकारी खोप विकास गरेको जनाएको छ । विश्वभर कोभिड–१९ संक्रमितको संख्या ५ करोड नाघेकै दिन सोमबार यो समाचार सार्वजनिक भएको हो । उक्त खोपले ९० प्रतिशत मानिसलाई संक्रमित हुनबाट बचाउने एक प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त खोप ६ वटा मुलुकका ४३ हजार ५ सय मानिसमा परीक्षण गर्दा स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको बताइएको छ । कम्पनीले यसै महिनाको अन्त्यसम्ममा आपत्कालीन प्रयोगका लागि स्वीकृति लिने तयारी गरेको बीबीसीले जनाएको छ । हाल विश्वभर करिब दुई दर्जन खोप अन्तिम अर्थात् तेस्रो चरणमा पुगेका छन् तर सकारात्मक परिणाम देखाउने यो खोप पहिलो भएको निर्माणकर्ताको दाबी छ । तीन महिनाको अन्तरमा दुइटा डोज आवश्यक पर्ने र दोस्रो डोजको एक सा...
सात बाइक चोर पक्राउ

सात बाइक चोर पक्राउ

देश, समाचार, सामाजिक
प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् । Advertisement चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । विभिन्न...
यो वर्ष तिहार ढिला भएपछि सुक्यो सयपत्री

यो वर्ष तिहार ढिला भएपछि सुक्यो सयपत्री

देश, समाचार, सामाजिक
यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।  यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठेखोला गाउँपालिका–७ का स्थानीय युवराज शर्माले बताइ । Advertisement यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उनले बताए । मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन । घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीय...
दुई हप्ता विद्यालय बन्द : गोरखा नगरपालिका

दुई हप्ता विद्यालय बन्द : गोरखा नगरपालिका

देश, शिक्षा, समाचार, सामाजिक
२३ कात्तिक, काठमाडौं । गोरखा नगरपालिकाले नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गराएको छ । नगरभित्रका केही विद्यालयका शिक्षकहरुमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै कात्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्म निजी र सरकारी विद्यालयमा पठनपाठन बन्द गराएको हो । नगरपालिकाले केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको र कतिपय कर्मचारीमा लक्षण देखिएको भन्दै नगरपालिका र वडा कार्यालयमा पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कात्तिक २४ गतेदेखि २८ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिएका छन् । Advertisement पन्तले गोरखा नगरपालिका क्षेत्रबाट बाहिर जाने र बाहिरबाट आउनेहरुले टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराउन आग्रह गरे...
तमानखोलामा माछा मारेर गुजारा चलाउँछौ : स्थानीय जनता

तमानखोलामा माछा मारेर गुजारा चलाउँछौ : स्थानीय जनता

देश, समाचार, सामाजिक
तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे । भोलिपल्ट पनि माछा मार्ने योजना बुनेर उनीहरु आ–आफ्नो घर लागे । माछा मार्नेले यसरी नै हिउँदका फुर्सदिला दिनहरु खोलामा कटाउँछन् । माछाबाटै जीविका धान्छन् । पचपन्न वर्षीय विकले भदौदेखि नै माछा मार्न थालेको बताए । “वर्षाको खेतीपाती सकेपछि हाम्रो कामै यही हो”, विकले भने, “कहिले राम्रो माछा पर्छ, कहिले दुःख पनि उठ्दैन ।” उनले माछाबाट आएको पैसा घर खर्च र छोराछोरीको पढाइमा लगाउँछन् । कुनै महिना त माछाबाटै १५÷२० हजारसम्म कमाइ हुने गरेको विकले सुनाए । तमानखोलामा माछा मारेर गुजारा चलाउने अरु पनि छन् । बोङ्गादोभानका २९ वर्षीय जीवन पुनले बल्छी, जाल, पासा र दुवाली थुनेर माछा मार्ने गरिएको बता...
बर्दिवासको अस्पतालमा पिसीआर मेसिन थप

बर्दिवासको अस्पतालमा पिसीआर मेसिन थप

देश, समाचार, सामाजिक, स्वास्थ्य
महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ । शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पिसीआर मेसिन प्रदान गरेको हो । बर्दिबास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पिसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पिसीआर परीक्षण गर्दै आएको थियो । श्निबार साँझ रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिवासलाई प्राप्त स्वास्थ्य उपकरणहरु पिसीआर मेसिन एक थान, ल्यापटप एक थान र युपिएस एक थानसहितका सामग्री अस्पताललाई प्रदान गरिएको हो । रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए । Advertisement बर्दिवास अस्...