२०८३ असार १२

सामाजिक

घर गोठमा आगलागी : १० लाखको क्षतिको अनुमान

घर गोठमा आगलागी : १० लाखको क्षतिको अनुमान

देश, समाचार, सामाजिक
बागलुङको जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो । ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् ।  Advertisement ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठसमेत समातेको स्थानीयले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन् । केही नगद र गरगहनासमेत जलेको पीडितको भनाइ छ ।  साँझको समयमा घरमा आगलागी भएका घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । गोठमा रहेका पशु चौपायलाई समेत दाम्लो काटेर जोगाइएको स्थानीय बबिन शर्माले बताए । उनका अनुसार घरगोठ जल्दा करिब रु १० लाखको क्षति भएको छ । साभार: रातोपाटी ...
जुवा खालबाट वडाध्यक्षसहित १५ पक्राउ

जुवा खालबाट वडाध्यक्षसहित १५ पक्राउ

देश, समाचार, सामाजिक
प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले रु। तीन लाखभन्दा बढी नगदसमेत बरामद गरेको छ । जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा रहेका छन् ।   Advertisement त्यस्तै, ३४ वर्षीय खगेन्द्र जैसी, हर्कबहादुर बुढा, १९ वर्षीय लीलबहादुर बुढा, ४८ वर्षीय नवराज शर्मा, २४ वर्षीय कर्णबहादुर बुढा...
ट्रकको ठक्करबाट महिलाको गयो ज्यान : देउखुरी

ट्रकको ठक्करबाट महिलाको गयो ज्यान : देउखुरी

देश, समाचार, सामाजिक
दाङ । दाङको देउखुरीमा ट्रकको ठक्करबाट  एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।  Advertisement विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको  ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।  महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।  साभार: रातोपाटी ...
एक कोरोना संक्रमित पुरूषको मृत्यु : चितवन

एक कोरोना संक्रमित पुरूषको मृत्यु : चितवन

देश, समाचार, सामाजिक, स्वास्थ्य
३० कात्तिक, चितवन । चितवनमा कोरोना संक्रमित एक पुरूषको गएराति उपचारको क्रममा मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरको कोभिड आईसीयूमा उपचाररत भरतपुर–१० का ४८ वर्षीय पुरूषको कोभिड निमोनियाका कारणले मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए । Advertisement न्यौपानेका अनुसार कात्तिक १९ गते अस्पताल भर्ना भएका उनलाई कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाका बिरामीसमेत थिए । Credit: OnlineKhabar ...
चक्कु प्रहार गरी बुबा द्वारा छोराको हत्या

चक्कु प्रहार गरी बुबा द्वारा छोराको हत्या

देश, समाचार, सामाजिक
३० कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु भएको हो । Advertisement मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका थिए । बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको डीएसपी राठौरले जानकारी दिए । Credit: OnlineKhabar ...
सङ्क्रमित सुत्केरी १९ वर्षीया किशोरीको मृत्यु : धरान

सङ्क्रमित सुत्केरी १९ वर्षीया किशोरीको मृत्यु : धरान

देश, समाचार, सामाजिक, स्वास्थ्य
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ ।  सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो । Advertisement प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो ।  शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।   साभार: रातोपाटी ...
थप २१११ जनामा कोरोना संक्रमण पुष्टि

थप २१११ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ । साभार: रातोपाटी ...
अब सूचीकृत सरकारी प्रयोगशाला र अस्पताल मा कोरोनाको निःशुल्क उपचार

अब सूचीकृत सरकारी प्रयोगशाला र अस्पताल मा कोरोनाको निःशुल्क उपचार

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।  रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पस्ट पारेको छ । Advertisement मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।  त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ । साभार: रातोपाटी ...
१० हजार नमुना परीक्षणमा  १९१३ जनामा कोरोना संक्रमण पुष्टि

१० हजार नमुना परीक्षणमा १९१३ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । Advertisement यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् । Credit: OnlineKhabar ...
सहचालकलाई गाडी चलाउन दिँदा अनाहकमा गयो तीन जनाको ज्यान : कलंकी दुर्घटना

सहचालकलाई गाडी चलाउन दिँदा अनाहकमा गयो तीन जनाको ज्यान : कलंकी दुर्घटना

देश, समाचार, सामाजिक
काठमाडौँ । बिहीबार एकाबिहानै बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी कलंकी सडकखण्डमा तीब्र गतिमा हुइँकिदै थियो । गाडीमा चालक र सहचालकसहित पाँजना सवार थिए । सोही क्रममा अचानक बिहानको ३ः२५ बजे कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङका रोकिराखेको ट्रकमा सो गाडी ठोक्कियो । पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा ठोक्किँदा चारजना गम्भीर घाइते भए । घाइतेहरुलाई तत्कालै उपचारको लागि नजिकैको सहिद मेमोरियल अस्पताल लगियो । उपचारको क्रममा घाइतेमध्ये तीनजनाको मृत्यु भएको छ ।  नुवाकोट तार्केश्वर गाउँपालिका घर भएका ३७ वर्षीय माधव घिमिरे, सुन्दरादेवी गाउँपालिका घर भएका २४ वर्षीय रोशन तामाङ र तारकेश्वरकै २७ वर्षीय भुपेन्द्र तामाङको दुर्घटनामा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अपिलराज बोहोराले बताए । डीएसपी बोहोराका अन...