२०८२ पुष ९

सामाजिक

सात बाइक चोर पक्राउ

सात बाइक चोर पक्राउ

देश, समाचार, सामाजिक
प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् । Advertisement चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । विभिन्न...
यो वर्ष तिहार ढिला भएपछि सुक्यो सयपत्री

यो वर्ष तिहार ढिला भएपछि सुक्यो सयपत्री

देश, समाचार, सामाजिक
यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।  यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठेखोला गाउँपालिका–७ का स्थानीय युवराज शर्माले बताइ । Advertisement यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उनले बताए । मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन । घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीय...
दुई हप्ता विद्यालय बन्द : गोरखा नगरपालिका

दुई हप्ता विद्यालय बन्द : गोरखा नगरपालिका

देश, शिक्षा, समाचार, सामाजिक
२३ कात्तिक, काठमाडौं । गोरखा नगरपालिकाले नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गराएको छ । नगरभित्रका केही विद्यालयका शिक्षकहरुमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै कात्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्म निजी र सरकारी विद्यालयमा पठनपाठन बन्द गराएको हो । नगरपालिकाले केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको र कतिपय कर्मचारीमा लक्षण देखिएको भन्दै नगरपालिका र वडा कार्यालयमा पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कात्तिक २४ गतेदेखि २८ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिएका छन् । Advertisement पन्तले गोरखा नगरपालिका क्षेत्रबाट बाहिर जाने र बाहिरबाट आउनेहरुले टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराउन आग्रह गरे...
तमानखोलामा माछा मारेर गुजारा चलाउँछौ : स्थानीय जनता

तमानखोलामा माछा मारेर गुजारा चलाउँछौ : स्थानीय जनता

देश, समाचार, सामाजिक
तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे । भोलिपल्ट पनि माछा मार्ने योजना बुनेर उनीहरु आ–आफ्नो घर लागे । माछा मार्नेले यसरी नै हिउँदका फुर्सदिला दिनहरु खोलामा कटाउँछन् । माछाबाटै जीविका धान्छन् । पचपन्न वर्षीय विकले भदौदेखि नै माछा मार्न थालेको बताए । “वर्षाको खेतीपाती सकेपछि हाम्रो कामै यही हो”, विकले भने, “कहिले राम्रो माछा पर्छ, कहिले दुःख पनि उठ्दैन ।” उनले माछाबाट आएको पैसा घर खर्च र छोराछोरीको पढाइमा लगाउँछन् । कुनै महिना त माछाबाटै १५÷२० हजारसम्म कमाइ हुने गरेको विकले सुनाए । तमानखोलामा माछा मारेर गुजारा चलाउने अरु पनि छन् । बोङ्गादोभानका २९ वर्षीय जीवन पुनले बल्छी, जाल, पासा र दुवाली थुनेर माछा मार्ने गरिएको बता...
बर्दिवासको अस्पतालमा पिसीआर मेसिन थप

बर्दिवासको अस्पतालमा पिसीआर मेसिन थप

देश, समाचार, सामाजिक, स्वास्थ्य
महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ । शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पिसीआर मेसिन प्रदान गरेको हो । बर्दिबास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पिसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पिसीआर परीक्षण गर्दै आएको थियो । श्निबार साँझ रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिवासलाई प्राप्त स्वास्थ्य उपकरणहरु पिसीआर मेसिन एक थान, ल्यापटप एक थान र युपिएस एक थानसहितका सामग्री अस्पताललाई प्रदान गरिएको हो । रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए । Advertisement बर्दिवास अस्...
नेपालका ८१ प्रतिशत बिरामी कोरोनामुक्त

नेपालका ८१ प्रतिशत बिरामी कोरोनामुक्त

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।  वितेको २४ घन्टामा १० हजार ४२३ नमूना परीक्षणमा एक हजार ६७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् ।  यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको छ ।  Advertisement पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ८८७ पुरुष र ६२५ महिलासहित एक हजार ५१२ संक्रमित थपिएका छन् । प्रदेश १ मा ४९४, प्रदेश २ ७७, बागमती एक हजार ६९९, गण्डकीमा १३७, लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदूरपश्चिममा १०३ सङ्क्रमित थपिएका छन् ।  ३५ हजार ४३५ सक्रिय सङ्क्रमित छन् । ती मध्ये ३६५ को आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछि...
मुटु प्रत्यारोपण तयारी, बि एण्ड सी मा क्याथल्याब सेवा सञ्चालन

मुटु प्रत्यारोपण तयारी, बि एण्ड सी मा क्याथल्याब सेवा सञ्चालन

देश, समाचार, सामाजिक, स्वास्थ्य
झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले आगामी दुई वर्ष भित्र मुटु प्रत्यारोपण गर्ने गरी तयारी शुरुआत गरेको छ ।  हाल प्रदेश १ का मुटुका बिरामी उपचारका लागि काठमाडौँ तथा भारतको दिल्ली र भेलोर जानुपर्ने अवस्थालाई अन्त्य गर्न  शिक्षण अस्पतालको सो तयारी थालेको हो ।  Advertisement यसका लागि अस्पतालले चिकित्सक, पूर्वाधार तथा उपकरण सहित आन्तरिक तयारी द्रुत रुपमा अगाडि बढाएको अस्पतालका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईँले जानकारी दिए ।  अस्पतालले विगत तीन वर्षदेखि विशेषज्ञ चिकित्सकसँगको समन्वयमा मुटु सम्बन्धी गुणस्तरीय सेवा सञ्चालन गर्दै आएको छ । उनले भने “अब अस्पतालले मुटु प्रत्यारोपणको योजना अघि सारेको छ । यो कार्य चुनौती भएपनि हामी सफलता हासिल गर्छौ । ”  हालै मात्र अस्पतालले मुटु रोगको सम्पूर्ण उपचारका  लागि...
देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित ,थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित ,थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितको २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।  Advertisement यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घघण्टामा १७ जनाले ज्यान गुमाएका छन् ।  आज १० हजार ४२३ जनाको पीसीआर भएसँगै हालसम्म कुल पीसीआर परीक्षण संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ । यस्तै हाल देशभर ११४४ जना क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ । हाल मना...
एकैदिन ४ कोरोना संक्रमितको निधन : बाँके

एकैदिन ४ कोरोना संक्रमितको निधन : बाँके

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँकेमा उपचाररत चार कोरोना संक्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। Advertisement उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५ः२० बजे मृत्यु भएको हो । त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया ...
प्रहरीले पटकासहित चार जना नियन्त्रणमा लिए

प्रहरीले पटकासहित चार जना नियन्त्रणमा लिए

देश, समाचार, सामाजिक
सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी– १२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।  पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नंम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, ४ वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।  Advertisement ...