२०८१ बैशाख १३

कोरोना मृतक ११ सय नाघ्यो, संक्रमितको संख्या २ लाख नाघे

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११ सय ९ पुगेको छ । 


Advertisement


यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् । हालसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन् । 

यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्। 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap