२०८१ जेष्ठ ६

तस्कर र प्रहरीबीच गोली हानाहान : बारा

बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति इलाका प्रहरी कार्यालय निजगढ  र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले  निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा गोली फायर गरेको थियो । 


Advertisement


प्रतिकार स्वरुप प्रहरी टोलीले पनि ५ राउण्ड गोली फायर गरेकोमा सो क्रममा एक जवनालाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । 

पक्राउ पर्नेमा  मकवानपुरको  हेटौडा उपमहानगरपालिका वडा नम्बर  ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् ।

प्रहरीले घटनास्थलबाट  १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको  साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरेको छ । 

तामाङमाथि हातहतियार खरखजाना र लागु औषध मुद्धा चलाउने प्रहरीको तयारी छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap