२०८१ जेष्ठ ६

टिपरको ठक्करले एक जनाको मृत्यु

टिपरको ठक्करबाट सुर्खेतको छिञ्चुमा एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट बिहान नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई छिञ्चु बजारको पेट्रोल पम्प अगाडि ठक्कर दिएको थियो । 


Advertisement


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही गम्भीर घाइते भएका छन् भने पछाडि बस्ने अर्की गम्भीर घाइते आलेलाई उपचारका क्रममा ल्याउँदै गर्दा बाटामै  अपराह्न मृत्यु भएको हो । 

घाइते शाहीको उपचार भइरहेको तथा टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको जानकारी  उनले दिए ।

त्यसैगरी भीरबाट लडेर दैलेखको भगवतीमाई गाउँपालिका–१ की २६ वर्षीय पुष्पा अधिकारीको  मृत्यु भएको छ । 

माइती जान हिँडेकी वडा सदस्यको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap