२०८१ जेष्ठ ६

‘निर्मलाको बलात्कारी खै’ टिसर्ट लाउने युवक पक्राउ

धनगढी — नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।


Advertisement


प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आएको उक्त सभास्थलमा ओलीको विरोधस्वरुप उक्त टि–सर्ट लगाएर गएका धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रविन खड्का, सुरेश जोशी र मोहन्यालका नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक विष्टले बताए ।

प्रहरीले उनीहरुकै सुरक्षाका लागि पक्राउ गरेको बताएको छ । ‘सामान्य सोधपुछ गरेर उनीहरुलाई छाड्छौं,’ डिएसपी विष्टले भने ।

Credit: eKantipur

Copy link
Powered by Social Snap