२०८२ पुष ८

सामाजिक

एक पुरुष मृत अवस्थामा फेला : हेटौडा

एक पुरुष मृत अवस्थामा फेला : हेटौडा

देश, समाचार, सामाजिक, स्वास्थ्य
हेटौँडा उपमहानगरपालिका–११ थानाभ-याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन । Advertisement बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । साभार: रातोपाटी ...
पृथ्वी जयन्तीमा राष्ट्रिय विदा घोषणा गर्न माग

पृथ्वी जयन्तीमा राष्ट्रिय विदा घोषणा गर्न माग

देश, समाचार, सामाजिक
२५ पुस, काठमाडौं । विश्व हिन्दु महासंघले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएर राष्ट्रिय एकताको सन्देश अभिवृद्धि गर्न सबै नेपालीमा आग्रह गरेको छ । Advertisement सो दिवस भब्य रुपमा मनाउन विभिन्न तयारीहरु भइरहेको महासंघले जनाएको छ । महासंघका महासचिव अस्मिता भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको जन्म दिनलाई राष्ट्रिय पर्वका रुपमा हर्साेल्लासका साथ देशव्यापी रुपमा मनाउनको लागि नेपाल सरकारले राष्ट्रिय विदा घोषणा गर्नुका साथै उहाँको तस्वीर अंकित मुद्रा समेत प्रकाशित गर्न महासंघ नेपाल सरकार समक्ष माग गर्दछ ।’ Credit: OnlineKhabar ...
निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग

निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग

देश, राजनीति, समाचार, सामाजिक
२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएको भन्दै प्रहरीले पक्राउ गरेका सात युवा रिहा गर्नुपर्ने उनको माग छ । Advertisement न्यायको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्राउ गर्नु लोकतान्त्रिक मुख्य मान्यता विपरीत रहेको देउवाको ठहर छ । ‘धनगढीमा निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरूलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ,’ पूर्वप्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको नाग...
टिपरको ठक्करले एक जनाको मृत्यु

टिपरको ठक्करले एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
टिपरको ठक्करबाट सुर्खेतको छिञ्चुमा एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट बिहान नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई छिञ्चु बजारको पेट्रोल पम्प अगाडि ठक्कर दिएको थियो ।  Advertisement जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही गम्भीर घाइते भएका छन् भने पछाडि बस्ने अर्की गम्भीर घाइते आलेलाई उपचारका क्रममा ल्याउँदै गर्दा बाटामै  अपराह्न मृत्यु भएको हो ।  घाइते शाहीको उपचार भइरहेको तथा टिपरसहित चालकलाई नियन्त...
‘निर्मलाको बलात्कारी खै’ टिसर्ट लाउने युवक पक्राउ

‘निर्मलाको बलात्कारी खै’ टिसर्ट लाउने युवक पक्राउ

देश, समाचार, सामाजिक
धनगढी — नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको छ । Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आएको उक्त सभास्थलमा ओलीको विरोधस्वरुप उक्त टि–सर्ट लगाएर गएका धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रविन खड्का, सुरेश जोशी र मोहन्यालका नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक विष्टले बताए । प्रहरीले उनीहरुकै सुरक्षाका लागि पक्राउ गरेको बताएको छ । ‘सामान्य सोधपुछ गरेर उनीहरुलाई छाड्छौं,’ डिएसपी विष्टले भने । Credit: eKantipur ...
संसद विघटनविरुद्ध मसाल जुलुस : बुटवल

संसद विघटनविरुद्ध मसाल जुलुस : बुटवल

देश, समाचार, सामाजिक
२३ पुस ,बुटवल । प्रतिनिनिधसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले बुटवलमा मसाल जुलुस निकालेका छन् । Advertisement संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भन्दै उनीहरुले बुटवलमा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले बुटवलको ट्राफिक चोकमा प्रधानमन्त्रीको पुत्ला समेत जलाएका छन् । Credit: OnlineKhabar ...
काठमाडौंबाट चिनियाँ नागरिक अपहरणको आरोपमा ४ जना पक्राउ

काठमाडौंबाट चिनियाँ नागरिक अपहरणको आरोपमा ४ जना पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई चिनियाँसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलगंगास्थित होटल आनन्दबाट पुस १९ मा चिनियाँ नागरिक लिउ विपिङ्ग र लि जियाओनिङ्गलाई सिन्धुपाल्चोकका दुई जनाले अन्य दुई चिनियाँसँग मिलेर अपहरण गरेका थिए । Advertisement अपहरणमा संलग्न सिन्धुपाल्चोकका दावा पासाङ लामा, भक्ते लामा उर्फ साईला, चिनियाँ नागरिक ऊ चाओ र झाङ्ग उईलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । अपहरणकारीले चिनियाँ नागरिकलाई ट्याक्सीमा राखेर सिन्धुपाल्चोकको मार्मिङमा लगेर कुटपिट गरेको पीडितले प्रहरीलाई बताएका छन् । दावा लामा समूहको कुटपिटबाट घाइते चिनियाँको ग्वार्कोस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।  आरोपीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्धा चलाएको छ । आर्थिक...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

देश, समाचार, सामाजिक
भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर उकालोमा आज भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख ६७८ नंको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो । Advertisement ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा८२प ९७३७ नंको स्कुटरलाई ठक्कर दिई ट्रकको पछाडिपट्टिको चक्काले किच्दा स्कुटर चालक सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । दुर्घटनापछि उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगे पनि चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । घटनापछि प्रहरीले दुवै सवारी साधन र ट्रक चालक रुपन्देही सियारी गाउँपालिका–२ बस्ने ४० वर्षीय ओमप्रकाश चमारलाई नियन्त्रणमा...
१८ वर्षीय संक्रमित युवकको मृत्यु : बीपी प्रतिष्ठान कोभिड अस्पताल

१८ वर्षीय संक्रमित युवकको मृत्यु : बीपी प्रतिष्ठान कोभिड अस्पताल

देश, समाचार, सामाजिक
२१ पुस, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । Advertisement उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । Credit: OnlineKhabar ...
मोटरसाइकलले ठोकिएर हरिणको मृत्यु

मोटरसाइकलले ठोकिएर हरिणको मृत्यु

देश, समाचार, सामाजिक
२१ पुस, जनकपुरधाम । बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको एक हप्ता नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो । Advertisement हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको छ । दुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रजक्ता मदन कुँवरले जानकारी दिए । इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बत...