२०८३ असार १३

सामाजिक

जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते : पोखरा–बाग्लुङ राजमार्ग

जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते : पोखरा–बाग्लुङ राजमार्ग

देश, समाचार, सामाजिक
पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए । Advertisement पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ । दुर्घटनामा...
सितलहरका कारण विद्यालय बन्द

सितलहरका कारण विद्यालय बन्द

देश, शिक्षा, समाचार, सामाजिक
रौतहट । एक सातादेखि चलेको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालय ३ दिन बन्द गर्ने निर्णय भएको छ ।  गरुडा नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढेकाले आजदेखि मंसिर ६ गतेसम्म सबै सामुदायिक विद्यालयमा बिदा दिइएको हो । Advertisement लगातार एकसाता देखिको शीतलहरको कारण रौतहटका साथै बारा,पर्सा,सर्लाही लगायत तराईको जनजीवन प्रभावित बनेको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ । साभार: रातोपाटी ...
जिपमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

जिपमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

देश, समाचार, सामाजिक
२ माघ, काठमाडौं । झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्तिगाँउपालिका-४ बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको जिपको पछाडि मे. ७ प. ९४६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । Advertisement झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ का २१ वर्षीय कमल चौधरी र मोटरसाइकलको पछाडी सवार १८ वर्षीया हेमा महत रहेका छन् । उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि बीएण्डसी हस्पिटल विर्तामोड पठाइएकोमा चलक कमलको बाटोमै मृत्यु भएको हो भने हेमाको उपचारको क्रममा मृत्यु भएको हो । जिप चालक बुद्धशान्ति गाँउपालिका-७ का २६ वर्षीय संजय गदाल हाल फरार रहेका छन् । Credit: OnlineKhabar ...
नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

देश, समाचार, सामाजिक
भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् । Advertisement आज बिहानै नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ । टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, धोती चोलीलगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछ...
नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
काठमाडौं । भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि प्रयोग भइरहेको ‘पेट्रोलियम पाइपलाइन’ बाट इन्धन चोरी भएको रहस्योद्घाटन भएको छ । भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य प्रकाशमा आएको हो । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन । Advertisement भारतीय अखबार नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ । नवभारत टाइम्सका अनुसार बिहारमा यस प्रकारको चोरीको यो पहिलो घटना हो । पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले...
चितवनको टाँडीमा ‘मल्टिप्लेक्स सिटी सेन्टर’ निर्माण हुने : १५ करोड लगानी हुने अनुमान

चितवनको टाँडीमा ‘मल्टिप्लेक्स सिटी सेन्टर’ निर्माण हुने : १५ करोड लगानी हुने अनुमान

देश, समाचार, सामाजिक
काठमाडौं । १५ करोड लगानीमा चितवको टाँडीमा मल्टिप्लेक्स सिटी सेन्टर निर्माण हुने भएको छ । सौराहाका आधा दर्जन पर्यटन व्यवसायीहरुको सक्रियतामा सौराहा भेन्चर प्रालिको नाममा सिटी सेन्टर निर्माण हुने भएको हो । बिहिबार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सिटी सेन्टरको शिलान्यास गरेका हुन् ।  Advertisement कुल १५ करोड लगानीमा बन्ने उक्त सिटी सेन्टरमा दुईवटा थिएटर सहितको मल्टिप्लेक्स सिटी रहने सौराहा भेन्चरले जनाएको छ ।  गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेको ९ कठ्ठा ७ धुर जग्गामा बन्ने सिटी सेन्टर २ वर्ष भित्र सम्पन्न हुने कम्पनीले बताएको छ । उक्त जग्गा कम्पनी २५ वर्षका लागि लिज (भाडा) मा लिएको हो । उक्त सिटी सेन्टरमा पर्यटन व्यवसायी तथा सौराहा भेन्चरमा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे, पूर...
दोलखामा भूकम्पको धक्का महसुस

दोलखामा भूकम्पको धक्का महसुस

देश, समाचार, सामाजिक
१ माघ, काठमाडौं । दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। Advertisement दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको उनले बताए । Credit: OnlineKhabar ...
मालपोतकै कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा पास

मालपोतकै कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा पास

देश, समाचार, सामाजिक
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा पास गरिएको खुलासा भएको छ । Advertisement रावतको वीरेन्द्रनगर–८, शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिइ अरुको नाममा पास गरिदिएको पाइएको हो । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेको तथ्य प्रकाशमा आएको छ । यद्यपि, रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ । जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र पूर्वतिर घर बताउने सन्तोष ठाकुरको मिलेमतोमा रावतको जग्गा अरुलाई बेचेको आरोप लागेको छ । आरोपित सावदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जनाएको छ । उनलाई बुधबार साँझ नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको...
ब्राउन सुगरसहित श्रीमान-श्रीमती पक्राउ : झापा

ब्राउन सुगरसहित श्रीमान-श्रीमती पक्राउ : झापा

देश, समाचार, सामाजिक
२९ पुस, काठमाडौं । झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी १८ वर्षीय श्रीमती पुजा राजपुत (मगर) रहेका छन् । मेचीनगर नगरपालिका-१३ चारआली बजारबाट दुवै जनालाई नियन्त्रणमा लिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । Advertisement थापाका अनुसार जिल्ला प्रहरी कार्यालय झापा, प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए । Credit: OnlineKhabar ...
बाघको छालासहित एकजना तस्कर पक्राउ

बाघको छालासहित एकजना तस्कर पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । Advertisement पक्राउ पर्नेमा मनमैजु बस्ने बृशराज घले छन् । प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको डेराबाट ६ फिट २ इन्च लम्बाई र १ फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद गरेको छ ।  साभार: रातोपाटी ...