२०८३ असार १३

सामाजिक

मिस एण्ड मिसेस धादिङ बनाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

मिस एण्ड मिसेस धादिङ बनाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

देश, समाचार, सामाजिक
११ माघ, काठमाडौं । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाका अनुसार पक्राउ पर्नेमा इलामका कमल खतिवडा र ललितपुरका हिमाली सुब्बा रहेका छन् । Advertisement घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुवैजनाले आरोप स्वीकार गर्दै पैसा लिनु बाध्यात्मक अवस्था भएको बयान दिएको प्रहरीले जनाएको छ । आइतबार नियन्त्रणमा लिइएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
पेस्तोलसहित एक पक्राउ : सर्लाही

पेस्तोलसहित एक पक्राउ : सर्लाही

देश, समाचार, सामाजिक
सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । Advertisement मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । “उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ”, प्रहरी उपरीक्षक राठौरले भने । छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ ।  साभार: रातोपाटी ...
स्वास्थ्यचौकी ‘पिउन’ ले चलाउँदै

स्वास्थ्यचौकी ‘पिउन’ ले चलाउँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ माघ, सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । मङ्सिर १५ गते यतादेखि कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए एक, अनमी दुई, अहेब दुई र कार्यालय सहयोगी एक गरेर सात जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मी कोही पनि नभएको यहाँका स्थानीयवासीले गुनासो गरेका छन् । Advertisement कार्यालय सहयोगी रोकायाले सिटोमलबाहेक अन्य औषधि नचिनेका कारण सेवा लिन पुगेका बिरामीले दुई महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको बताइएको छ । बराइगाउँका स्थानीयवासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे एक घण्टा...
चितुवा मृतावस्थामा फेला

चितुवा मृतावस्थामा फेला

देश, समाचार, सामाजिक
दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ । चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले आज जानकारी दिए  । Advertisement उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने  जनाइएको छ  । चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनले जानकारी दिए ।  साभार: रातोपाटी ...
महासंघ भक्तपुरद्वारा दुई पत्रकार सम्मानित

महासंघ भक्तपुरद्वारा दुई पत्रकार सम्मानित

देश, समाचार, सामाजिक
भक्तपुर । नेपाल पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरले दुई जना वरिष्ठ पत्रकारलाई सम्मान गरेको छ । शनिबार शाखाको २२ औं साधारण सभाको अवसरमा देशान्तर मिडिया ग्रुपका निर्देशक तथा वरिष्ठ पत्रकार कविर राणा र राससका वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरेका हो ।  Advertisement कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष विरहीले सरकारको पछिल्लो कदमले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा धरापमा परेको बताए ।  उक्त कार्यक्रममा सम्मानित पत्रकार रत्नकृष्ण श्रेष्ठले आफुले पाएको नगद पुरस्कारको रकममा पाँच हजार रुपैयाँ थप गरेर शाखाको भवन निमार्णकालागि दिएको बताए । साधारणसभाले महासंघको संस्थागत विकास र पत्रकारको हकहित र मर्यादित पत्रक...
नवलपरासीमा मोटरसाईकल दुर्घटनाः दुई जनाको मृत्यु

नवलपरासीमा मोटरसाईकल दुर्घटनाः दुई जनाको मृत्यु

देश, समाचार, सामाजिक
बुटवल । नवलपरासी (पूर्व) को कावासोतीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  नवलपुरका  प्रहरी प्रमुख एसपी प्रकाश मल्लका अनुसार गए राति राजमार्गको भित्री सडकमा उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल  अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जना युवाको ज्यान गएको  हो ।  Advertisement ज्यान गुमाउनेमा कावासोती नगरपालिका वडा नम्वर ३ का  २४ बर्षीय हेमराज थापा र सोही नगरपालिका वडा नम्बर  ८ का २६ बर्षीय सुनिल जैसवाल रहेको एसपी मल्ले जानकारी दिए । मध्यविन्दु जिल्ला अस्पताल पुराएपछि दुर्घटनामा परेका दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।  साभार: रातोपाटी ...
नागरिक समाजले सोमबार बालुवाटारमै मार्चमास गर्ने

नागरिक समाजले सोमबार बालुवाटारमै मार्चमास गर्ने

देश, समाचार, सामाजिक
१० माघ, काठमाडौं । नागरिक समाजले आगामी सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ । संसद विघटनको विरोधमा सुरु भएको बृहत नागरिक आन्दोलनले यसअघि नै बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो । सोहीअनुसार प्रदर्शन कार्यक्रम सोमबारका लागि तय गरिएको नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले जानकारी दिए । Advertisement दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ । मार्चपासका क्रममा कलात्मक प्रस्तुति पनि हुने छन् । संसद विघटन र सबै प्रकारका प्रतिगमनको विरुद्ध कार्यक्रममा सहभागिताका लागि कवि, लेखक, कलाकार,संगीतकर्मी, बौद्धिक, पेशाकर्मी उवम् नागरिक अभियन्तालाई अनुरोध गरिएको छ । Credit: OnlineKhabar ...
मन्त्री साहद्वारा सहिद परिवारलाई जागिर दिने घोषणा

मन्त्री साहद्वारा सहिद परिवारलाई जागिर दिने घोषणा

देश, राजनीति, समाचार, सामाजिक
रौतहट ।  शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका साथै सबै  आन्दोलनहरूका शहिद परिवारलाई जागिर दिने घोषणा गरेका छन् । शुक्रवार रौतहटको माधव नारायण नगरपालिका वडा ५  मिठुअवामा जनयुद्धका शहिद परिवारहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा प्रदेश दुईका अध्यक्ष समेत रहेका मन्त्री साहले ईन्जिनियर र सब ईन्जिनियर पढेका शहिद परिवारका सदस्यलाई योग्यता अनुसार आफ्नो मन्त्रालयमा जागिर दिने उदघोष गरेका हुन ।  Advertisement आफू बहाल रहेको शहरी विकास मन्त्रालय निर्माणसंग सम्बन्धित रहेकोले शहिद परिवारमा सिभिल ईन्जिनियर तथा सब(ईन्जिनियर पढेकालाई जागिरको व्यवस्था गर्ने मन्त्री साहले बताएका थिए । मन्त्री साहले योग्यताका आधारमा सबै शहिद परिवारलाई रोजगारी प्रदान गर्ने उद्देश्य राखेको प्रतिबद्धता जनाएका छन्  । ...
पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट

पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट

देश, समाचार, सामाजिक
९ माघ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ समेत गरेको थियो । इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेपछि पनि कुटपिट गरिरहेको देखिन्छ । भिडियोमा उनीहरूले गुहार मागिरहेको सुनिन्छ । Advertisement नयाँ बसपार्कबाट पक्राउ गरिएका १३ जना र पछि महाराजगञ्जबाट पक्राउ गरिएका ३ गरी १६ जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र सोह्रखुट्टेमा राखिएको छ । उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए । प्रहरीले भने अ...
पाँच वर्षकै उमेरमा बलात्कृत भएपछि अस्पतालमा छटपटाउँदै बालिका (पूरा भित्र)

पाँच वर्षकै उमेरमा बलात्कृत भएपछि अस्पतालमा छटपटाउँदै बालिका (पूरा भित्र)

देश, समाचार, सामाजिक
काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जको बालरोग कक्षभित्र जनरल वार्डभित्र बेड नं ९१४ मा छट्पटाइरहेकी ५ वर्षीया बालिका निर्मला मल्लाह (नाम परिवर्तन) को जीवन कोपिलामै चुडिएको छ । दाइने गालामा धारिलो हतियारले छाला र मासु निकालेजस्तो गहिरो चोट छ । देब्रे आँखाको तल्लो भाग काटिएको छ । उनी देब्रे आँखा खोलेर हेर्न सक्दिनन् । घाँटीमा गहिरो निलो दाग छ । ओठको माथिल्लो भागको एउटा चोक्टा नै निकालिएको छ । योनाङ्गमा गहिरो घाउ लागेको छ । अनुहार पूरै सुन्निएको छ । दिशा पिसाबका लागि कोखाबाट पाइप लगाइएको छ ।  निर्मला रुपन्देहीको तिलोत्तमा–१५ स्थानीय बासिन्दा हुन् । स्थानीय विद्यालयमा कक्षा एकमा पढ्दै गरेकी उनी माघ १ गते बलात्कारको शिकार भइन् । घर नजिकै हिरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्दै आएका कपिलवस्तु बाणगंगा–१२ का २८ वर्षीय होमबहादुर विकलाई प्रहरीले घटनास्थलबाट नै पक्राउ गर्यो ।  पसलमा...