२०८२ पुष ८

सामाजिक

१० दिनदेखि माइतीघर मण्डलामा धर्ना, आयोगको ध्यानाकर्षण

१० दिनदेखि माइतीघर मण्डलामा धर्ना, आयोगको ध्यानाकर्षण

देश, समाचार, सामाजिक
पहिचान नखुलेका शवहरूको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यास अनुरूप अद्यावधिक गर्नुपर्नेलगायतका मागहरू राखी डा. सुगम के.सी., सुनील महर्जन र रोहित श्रेष्ठ विगत १० दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।  पहिचान नखुलेका शवहरूको व्यवस्थापन सम्बन्धमा मानव अधिकार आयोगबाट भएको सिफारिस कार्यान्वयन हुनुपर्ने, सबै बेवारिसे शवको प्रष्ट मुखाकृति देखिने फोटो र संक्षिप्त विवरण राष्ट्रिय र स्थानीय सञ्चार माध्यममार्फत सार्वजनिक गरिनुपर्ने, नेपाल सरकारले बेवारिसे र हराएका मानिसको लागि अन्य देशहरुको जस्तै छुट्टै वेबसाइट खोली बेवारिसे शवको पहिचान गर्न पाउने हक सुनिश्चित गर्नुपर्ने जस्ता मागहरू राखी उनीहरु धर्नामा बसेका हुन् ।  Advertisement तर धर्नामा बसेको १० दिन बित्दा पनि राज्य बेखबर जस्तै बनेको छ । यसैगरी मानवअधिकार आयोगले मंगलबार...
रोल्पामा एक महिलामाथि गोली प्रहार

रोल्पामा एक महिलामाथि गोली प्रहार

देश, समाचार, सामाजिक
रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो । Advertisement जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली हानेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । टाउकोमा गोली लागेको बरुको अवस्था गम्भीर रहेको डिएसपी सुबेदीले बताए । घाइतेलाई मंगलवार विहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका पुनले प्रहरी समक्ष आफूले हरिन ठानेर ती महिलालाई गोली चलाएको दावीसहितको बयान गरेका छन् । हरिणले गहुँबाली खाए...
नागरिक आन्दोलनको फेरिँदो अनुहार

नागरिक आन्दोलनको फेरिँदो अनुहार

देश, समाचार, सामाजिक
६ माघ, काठमाडौं । २०६२/०६३ को जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको नागरिक समाज त्यसपछि सुस्तायो । विभाजित बन्यो र तिरवितर भयो । अहिले डेढ दशकपछि कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सडकमा फेरि नागरिक अभियन्ताहरु देखा परेका छन्, तर पहिलेको भन्दा फरक अनुहारमा । Advertisement अहिलेको नागरिक आन्दोलनले सामान्यतः २०६२/०६३ सालको नागरिक आन्दोलनकै झल्को दिन खोजेको देखिन्छ । तर, यसको अग्रमोर्चामा पुरानो नेतृत्व भने खासै देखिएको छैन । एजेण्डाको हिसाबले २०६२/०६३ सालमा सक्रिय नागरिक समाजका अगुवाहरु अहिले पनि एकै ठाउँमा छन् । तर, डेढ दशक अगाडि सडकमा निकै जोश र जाँगरका साथ सक्रिय अगुवाहरु अहिले स्वास्थ्यको कारण देखाउँदै सडकमा आउन असमर्थ छन् । र, उनीहरुले नयाँ पुस्तालाई अगाडि आउन र जिम्मेवारी लिन आग्रह गरिरहेका छन् । डेढ दशक अगाडि ज...
पिउने पानी दूषित भेटेपछि अदालतमा मुद्दा दायर

पिउने पानी दूषित भेटेपछि अदालतमा मुद्दा दायर

देश, समाचार, सामाजिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।  Advertisement पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिएको जानकारी दिँदै कार्यालय प्रमुख शिवजी बरालले शुक्रबार अदालतमा मुद्दा दायर गरिएको बताए । लामो प्रक्रिया एवं परीक्षणका लागि लुम्बिनी प्रदेशको भैरहवामा पठाउनु पर्ने बाध्यता रहेको बताउँदै उनले छिटोछरितो परीक्षण गरी जनस्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न गण्डकी प्रदेशमा प्रयोगशाला स्थापना गरी सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । भैरहवामा समेत जनशक्तिको अभावका कारण रिपोर्ट आउन ढिलो हुने गरेको स्पष्ट पार्दै प्रमुख बरालले खाद्य ...
अन्तर्वार्ता दिन हिँडेका युवकको मृत्यु

अन्तर्वार्ता दिन हिँडेका युवकको मृत्यु

देश, समाचार, सामाजिक
४ माघ, विराटनगर । वैदेशिक रोजगारीका लागि अन्तर्वार्ता दिन इटहरी आउँदै गरेका युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मोरङ बेलबारी नगरपालिका– ६ का २४ वर्षीय तीर्थकुमार राईको मृत्यु भएको हो । दुबई प्रहरीका लागि जाने तयारीमा रहेका उनलाई शनिबार इटहरीमा अन्तर्वार्ताका लागि बोलाइएको थियो । माइत जान हिँडेकी भाउजु डोल्मा राई र भतिजी स्वर्णिमा राईलाई सँगै मोटरसाइकलमा लिएर इटहरी आउँदै गरेका तीर्थलाई पूर्व पश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिका १० सुकुना खण्डमा भारतीय ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट उनको मृत्यु भयो । उनका भाउजु डोल्मा र भतिजी स्वर्णिमा घाइते छन् । Advertisement शनिबार बिहान करिब साढे १० बजे राई सवार बा ८८ प ४६९६ नम्बरको मोटरसाइकललाई तीब्रगतिमा आउँदै गरेको बीआर ०६ जीडी ५५५२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भ...
जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते : पोखरा–बाग्लुङ राजमार्ग

जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते : पोखरा–बाग्लुङ राजमार्ग

देश, समाचार, सामाजिक
पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए । Advertisement पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ । दुर्घटनामा...
सितलहरका कारण विद्यालय बन्द

सितलहरका कारण विद्यालय बन्द

देश, शिक्षा, समाचार, सामाजिक
रौतहट । एक सातादेखि चलेको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालय ३ दिन बन्द गर्ने निर्णय भएको छ ।  गरुडा नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढेकाले आजदेखि मंसिर ६ गतेसम्म सबै सामुदायिक विद्यालयमा बिदा दिइएको हो । Advertisement लगातार एकसाता देखिको शीतलहरको कारण रौतहटका साथै बारा,पर्सा,सर्लाही लगायत तराईको जनजीवन प्रभावित बनेको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ । साभार: रातोपाटी ...
जिपमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

जिपमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

देश, समाचार, सामाजिक
२ माघ, काठमाडौं । झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्तिगाँउपालिका-४ बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको जिपको पछाडि मे. ७ प. ९४६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । Advertisement झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ का २१ वर्षीय कमल चौधरी र मोटरसाइकलको पछाडी सवार १८ वर्षीया हेमा महत रहेका छन् । उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि बीएण्डसी हस्पिटल विर्तामोड पठाइएकोमा चलक कमलको बाटोमै मृत्यु भएको हो भने हेमाको उपचारको क्रममा मृत्यु भएको हो । जिप चालक बुद्धशान्ति गाँउपालिका-७ का २६ वर्षीय संजय गदाल हाल फरार रहेका छन् । Credit: OnlineKhabar ...
नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

देश, समाचार, सामाजिक
भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् । Advertisement आज बिहानै नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ । टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, धोती चोलीलगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछ...
नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
काठमाडौं । भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि प्रयोग भइरहेको ‘पेट्रोलियम पाइपलाइन’ बाट इन्धन चोरी भएको रहस्योद्घाटन भएको छ । भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य प्रकाशमा आएको हो । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन । Advertisement भारतीय अखबार नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ । नवभारत टाइम्सका अनुसार बिहारमा यस प्रकारको चोरीको यो पहिलो घटना हो । पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले...