२०८१ जेष्ठ ६

चितुवा मृतावस्थामा फेला

दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ । चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले आज जानकारी दिए  ।


Advertisement


उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने  जनाइएको छ  । चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनले जानकारी दिए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap