२०८३ असार १३

सामाजिक

बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धि फेलोसिप लागि आवेदन माग

बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धि फेलोसिप लागि आवेदन माग

देश, समाचार, सामाजिक
काठमाडौं । भारतको ईन्प्रस्थ अपोलो हस्पिटल नयाँदिल्लीमा हुने ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरेपी’ को  एक वर्षे कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ ।  Advertisement स्वास्थ्य सेवाको स्थायी  दरबन्दीमा कार्यरत बालरोग विशेषज्ञहरूले ३ दिन भित्र अर्थात माघ १५ देखि १७ गतेसम्म निवेदन दिन सूचना जारी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी गरिएको सूचनामा फेलोसिप तालिम लिन चाहने बालरोग विशेषज्ञले पीडियाट्रिक हेमाटोलोजि अंकोलोजि तालिम लिएको हुनुपर्ने उल्लेख गरिएको छ ।  तीन दिनको अवधिमा निवेदन दिएका मध्येबाट१ जना विशेषज्ञलाई उक्त फेलोसिप तालिमका लागि छनोट गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  साभार: रातोपाटी ...
प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पतालको खोप केन्द्र अवलोकन

प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पतालको खोप केन्द्र अवलोकन

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरेन्द्र अस्पतालस्थित कोभिड १९ रोग विरुद्धको खोप केन्द्र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार खोप केन्द्रको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा सेनाका वलाधिकृत रथी प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो । Advertisement अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले सैनिक अस्पतालमा कार्यरत  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरेका थिए । सो केन्न्द्रमा आज १४० जना र उपत्यका बाहिरका अन्य सैनिक अस्पतालहरुमा ३७ जना गरी जम्म १७७ जनाले खोप लगाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । साभार: रातोपाटी ...
मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

देश, समाचार, सामाजिक
काठमाडौँको दक्षिणकालीमा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–९ हनुमानेस्थित सडकमा बा ३ ख ६१९९ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछामका २८ वर्षीय गोमबहादुर बुढाको मङ्गलबार राति मृत्यु भएको हो ।  Advertisement दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै उनीहरुलाई उपचारका लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ लगिएको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
रुपन्देहीमा आगो लगाई हत्या गरेको आरोपमा ६ जना पक्राउ

रुपन्देहीमा आगो लगाई हत्या गरेको आरोपमा ६ जना पक्राउ

देश, समाचार, सामाजिक
बुटवल । रुपन्देहीको मर्चवारमा गतहप्ता एक युवकलाई आगो लगाई हत्या गरेको अभियोगमा  ६ जना पक्राउ परेका छन् ।  माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै शव भेटिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले राजेन्द्र यादवका भाई, काका र काकाको सम्धिले सम्पत्तिका लागि हत्या गरेको आरोप लगाएको छ । Advertisement जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले सम्पत्तिका लागि घटना भएको अनुसन्धानबाट पुष्टि भएको बताए । प्रहरीले बुधबार मुख्य योजनाकार सियारी २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकका भाई वीरेन्द्र यादव, काकाका सम्धि सन्तकुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई सार्वजनिक गरेको छ । साभार: रातोपाटी ...
निजी स्कुलमा विद्यार्थी घटे, सरकारीमा खचाखच

निजी स्कुलमा विद्यार्थी घटे, सरकारीमा खचाखच

देश, शिक्षा, समाचार, सामाजिक
१३ माघ, काठमाडौं । कोरोना महामारीकाबीच यसवर्ष निजी स्कुलबाट आएका ६०० विद्यार्थीले बुटवलको कान्ति माध्यमिक विद्यालयमा नयाँ भर्ना भए । विद्यालयले करिब ६०० विद्यार्थीलाई भर्ना लिन नसकेर फर्कायो । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार कोरोनाकालमा आर्थिक स्थिति कमजोर भएर निजी विद्यालयमा पढ्न मुस्किल परेका विद्यार्थी सामुदायिकमा भर्ना हुन आएका हुन् । Advertisement यो समस्याले आएका सबै विद्यार्थीलाई विद्यालयको भौतिक पूर्वाधार र शिक्षक अभावका कारण भर्ना लिन नसकेको उनले बताए । विद्यालयमा अहिले विद्यार्थी संख्या करिब ३८०० पुगेको छ । अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने र आफ्नै स्कुल बस भएकाले पनि बुटवलको कान्ति मावि विद्यार्थी र अभिभावकको रोजाइमा परेको हो । यो विद्यालय लुम्बिनी प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा गनिन्छ । उता डो...
सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते (बारा)

सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते (बारा)

देश, समाचार, सामाजिक
१३ माघ, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डेको मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा भित्री सडकखण्डबाट वीरगञ्ज–पथलैया सडकखण्डस्थित छातापिपरा निस्कने क्रममा बा.३ क ३७३६ नम्बरको मिनी ट्रकले पैदल यात्रु पाण्डेलाई ठक्कर दिएको थियो । Advertisement मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको थियो । उपचारको क्रममा उनको राति ८ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ । त्यसैगरी वीरगञ्ज–कलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । कलैया उपम...
गृहमन्त्री बादल विरुद्ध प्रदर्शन : कालीकोट

गृहमन्त्री बादल विरुद्ध प्रदर्शन : कालीकोट

देश, समाचार, सामाजिक
१२ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले कालीकोटमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेकपा ओली समूहले आयोजा गरेको आमसभालाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । Advertisement कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला समेत रहेको कालिकोटमा गृहमन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन समेत प्रदर्शन गरिएको छ । उनिहरुले कार्यक्रमस्थलदेखि १०० मिटर टाढा टायर बालेका थिए । आधा घण्टापछि सशस्त्र प्रहरी बल र प्रहरीको टोलीले प्रदर्शनस्थल नियन्त्रण लिएको थियो । Credit: OnlineKhabar ...
एसपीमा बढुवाका लागि १६ को नाम सिफारिस (सूचीसहित)

एसपीमा बढुवाका लागि १६ को नाम सिफारिस (सूचीसहित)

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) पदका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को नाम सिफारिस गरिएको छ । सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । Advertisement यस्तो छ बढुवा सिफारिसको सूची  साभार: रातोपाटी
इलामका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल

इलामका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल

देश, समाचार, सामाजिक
कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे । बन्दाबन्दीका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो ।  पर्यटकीय क्षेत्र उठ्न धेरै समय लाग्ने र लामो सङ्घर्ष गर्नुपर्ने चर्चा चल्योे । यसको विपरीत बन्दाबन्दीपछि स्थानीय पर्यटकको चहलपहल अत्यन्तै बढ्यो । स्थापित पर्यटकीय क्षेत्रमा मात्र नभई नयाँ क्षेत्रमा समेत पर्यटक ह्वात्तै बढे ।  Advertisement चार महिना घरमै थुनिएका मानिसलाई बन्दाबन्दीपछि घुम्ने क्षेत्र आवश्यक पर्यो । त्यसैले आन्तरिक पर्यटकीय क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिन थाल्यो । घर वरपरका सामान्य चर्चा हुने पर्यटकीय क्षेत्रमा पर्यटक रम्न पुगे । जिल्लाका सन्दकपुर,...
टेलिकमको उपकरण चोरी : आरोपी ४ पक्राउ

टेलिकमको उपकरण चोरी : आरोपी ४ पक्राउ

समाचार, सामाजिक
११ माघ, सप्तरी । सप्तरी प्रहरीले नेपाल टेलिकमको बीटीएस साइटबाट विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा चारजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सिराहाको लहान नगरपालिका-१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, वडा नम्वर ३ ढगराहाका ३५ वर्षीय सूर्य नारायण महतो, ३५ वर्षीय पवन जयसवाल र सिराहाकै गोलबजार नगरपालिका-४ का ४१ वर्षीय दिपक अग्रवाल छन् । Advertisement प्रहरीका अनुसार पक्राउ परेका चारैजना मिलेर सप्तरीको सुरुङ्गा नगरपालिका-२ हर्दियास्थित टेलिकमको बीटीएस साइटबाट गत पुस २३ गते लाखौं मूल्य बराबरको उपकरण चोरेर लगेका थिए । पक्राउ परेकाहरु मध्ये राकेशले टेलिकमकै कर्मचारी भन्दै गत पुस २३ गते नेपाल टेलिकमको जीएसएम टावरमा प्रयोग भएको करिब १० लाख मूल्य पर्ने २४ थान ब्याट्री र ३५ एमएमको २० मिटर र अर्थिङ केवलको २५ मिटर तार लगेका थिए । पक्राउ ...