२०८२ पुष ७

सामाजिक

नवलपरासीमा मोटरसाईकल दुर्घटनाः दुई जनाको मृत्यु

नवलपरासीमा मोटरसाईकल दुर्घटनाः दुई जनाको मृत्यु

देश, समाचार, सामाजिक
बुटवल । नवलपरासी (पूर्व) को कावासोतीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  नवलपुरका  प्रहरी प्रमुख एसपी प्रकाश मल्लका अनुसार गए राति राजमार्गको भित्री सडकमा उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल  अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जना युवाको ज्यान गएको  हो ।  Advertisement ज्यान गुमाउनेमा कावासोती नगरपालिका वडा नम्वर ३ का  २४ बर्षीय हेमराज थापा र सोही नगरपालिका वडा नम्बर  ८ का २६ बर्षीय सुनिल जैसवाल रहेको एसपी मल्ले जानकारी दिए । मध्यविन्दु जिल्ला अस्पताल पुराएपछि दुर्घटनामा परेका दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।  साभार: रातोपाटी ...
नागरिक समाजले सोमबार बालुवाटारमै मार्चमास गर्ने

नागरिक समाजले सोमबार बालुवाटारमै मार्चमास गर्ने

देश, समाचार, सामाजिक
१० माघ, काठमाडौं । नागरिक समाजले आगामी सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ । संसद विघटनको विरोधमा सुरु भएको बृहत नागरिक आन्दोलनले यसअघि नै बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो । सोहीअनुसार प्रदर्शन कार्यक्रम सोमबारका लागि तय गरिएको नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले जानकारी दिए । Advertisement दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ । मार्चपासका क्रममा कलात्मक प्रस्तुति पनि हुने छन् । संसद विघटन र सबै प्रकारका प्रतिगमनको विरुद्ध कार्यक्रममा सहभागिताका लागि कवि, लेखक, कलाकार,संगीतकर्मी, बौद्धिक, पेशाकर्मी उवम् नागरिक अभियन्तालाई अनुरोध गरिएको छ । Credit: OnlineKhabar ...
मन्त्री साहद्वारा सहिद परिवारलाई जागिर दिने घोषणा

मन्त्री साहद्वारा सहिद परिवारलाई जागिर दिने घोषणा

देश, राजनीति, समाचार, सामाजिक
रौतहट ।  शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका साथै सबै  आन्दोलनहरूका शहिद परिवारलाई जागिर दिने घोषणा गरेका छन् । शुक्रवार रौतहटको माधव नारायण नगरपालिका वडा ५  मिठुअवामा जनयुद्धका शहिद परिवारहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा प्रदेश दुईका अध्यक्ष समेत रहेका मन्त्री साहले ईन्जिनियर र सब ईन्जिनियर पढेका शहिद परिवारका सदस्यलाई योग्यता अनुसार आफ्नो मन्त्रालयमा जागिर दिने उदघोष गरेका हुन ।  Advertisement आफू बहाल रहेको शहरी विकास मन्त्रालय निर्माणसंग सम्बन्धित रहेकोले शहिद परिवारमा सिभिल ईन्जिनियर तथा सब(ईन्जिनियर पढेकालाई जागिरको व्यवस्था गर्ने मन्त्री साहले बताएका थिए । मन्त्री साहले योग्यताका आधारमा सबै शहिद परिवारलाई रोजगारी प्रदान गर्ने उद्देश्य राखेको प्रतिबद्धता जनाएका छन्  । ...
पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट

पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट

देश, समाचार, सामाजिक
९ माघ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ समेत गरेको थियो । इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेपछि पनि कुटपिट गरिरहेको देखिन्छ । भिडियोमा उनीहरूले गुहार मागिरहेको सुनिन्छ । Advertisement नयाँ बसपार्कबाट पक्राउ गरिएका १३ जना र पछि महाराजगञ्जबाट पक्राउ गरिएका ३ गरी १६ जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र सोह्रखुट्टेमा राखिएको छ । उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए । प्रहरीले भने अ...
पाँच वर्षकै उमेरमा बलात्कृत भएपछि अस्पतालमा छटपटाउँदै बालिका (पूरा भित्र)

पाँच वर्षकै उमेरमा बलात्कृत भएपछि अस्पतालमा छटपटाउँदै बालिका (पूरा भित्र)

देश, समाचार, सामाजिक
काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जको बालरोग कक्षभित्र जनरल वार्डभित्र बेड नं ९१४ मा छट्पटाइरहेकी ५ वर्षीया बालिका निर्मला मल्लाह (नाम परिवर्तन) को जीवन कोपिलामै चुडिएको छ । दाइने गालामा धारिलो हतियारले छाला र मासु निकालेजस्तो गहिरो चोट छ । देब्रे आँखाको तल्लो भाग काटिएको छ । उनी देब्रे आँखा खोलेर हेर्न सक्दिनन् । घाँटीमा गहिरो निलो दाग छ । ओठको माथिल्लो भागको एउटा चोक्टा नै निकालिएको छ । योनाङ्गमा गहिरो घाउ लागेको छ । अनुहार पूरै सुन्निएको छ । दिशा पिसाबका लागि कोखाबाट पाइप लगाइएको छ ।  निर्मला रुपन्देहीको तिलोत्तमा–१५ स्थानीय बासिन्दा हुन् । स्थानीय विद्यालयमा कक्षा एकमा पढ्दै गरेकी उनी माघ १ गते बलात्कारको शिकार भइन् । घर नजिकै हिरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्दै आएका कपिलवस्तु बाणगंगा–१२ का २८ वर्षीय होमबहादुर विकलाई प्रहरीले घटनास्थलबाट नै पक्राउ गर्यो ।  पसलमा...
नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप

नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज बिहीबार काठमाडौं आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । Advertisement विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई सो खोप हस्तान्तरण गर्नेछ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ । साभार: रातोपाटी ...
विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।  बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् ।  Advertisement जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।  उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान,  म्याग्जिनमा लोड गरेको  अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ । प्रहरी अनुसन्धानमा ...
फेसबुक म्यासेन्जरमा महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

फेसबुक म्यासेन्जरमा महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । २० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस–२ घर भई हाल कुमख गाउँपालिका–४ बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवी शाहीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जनाएका छन् । Advertisement शाहीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएको ब्यूरोले जनाएको छ । शाहीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ प्रहरी कार्यालय सल्यानको सहयोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।  साभार: ...
जग्गाधनीलाई थाहै नदिइ नामसारी गराउने थप दुईजना पक्राउ

जग्गाधनीलाई थाहै नदिइ नामसारी गराउने थप दुईजना पक्राउ

देश, समाचार, सामाजिक
सुर्खेत । दलाल र मालपोत कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई थाहै नदिइ जग्गा नामसारी गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । वीरेद्रद्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा किनबेचका लागि सिफारिस गरेको आरोपमा वीरेन्द्रनगर वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष रामप्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  Advertisement यसअघि मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप सावत र आवश्यक कागजात लिखित गर्ने अम्मरसिंह कटुवाल पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान गरिएको छ । प्रहरीका अनुसार उक्त घटनाका बारेमा छानविन भइरहेको छ । सो घटनामा अन्य पनि संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ । साभार: रातोपाटी ...
सिन्धुली बोलेरो दुर्घटना : एक महिलाको मृत्यु

सिन्धुली बोलेरो दुर्घटना : एक महिलाको मृत्यु

देश, समाचार, सामाजिक
सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । Advertisement दुर्घटनामा दुधौली नगरपालिका–४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका–३ कालापानी बस्ने ५३ वर्षीय  पृथ्वीनारायण श्रेष्ठ, दुधौली–६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका–१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिए । घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धु...