२०८२ पुष ८

सामाजिक

चितवनको टाँडीमा ‘मल्टिप्लेक्स सिटी सेन्टर’ निर्माण हुने : १५ करोड लगानी हुने अनुमान

चितवनको टाँडीमा ‘मल्टिप्लेक्स सिटी सेन्टर’ निर्माण हुने : १५ करोड लगानी हुने अनुमान

देश, समाचार, सामाजिक
काठमाडौं । १५ करोड लगानीमा चितवको टाँडीमा मल्टिप्लेक्स सिटी सेन्टर निर्माण हुने भएको छ । सौराहाका आधा दर्जन पर्यटन व्यवसायीहरुको सक्रियतामा सौराहा भेन्चर प्रालिको नाममा सिटी सेन्टर निर्माण हुने भएको हो । बिहिबार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सिटी सेन्टरको शिलान्यास गरेका हुन् ।  Advertisement कुल १५ करोड लगानीमा बन्ने उक्त सिटी सेन्टरमा दुईवटा थिएटर सहितको मल्टिप्लेक्स सिटी रहने सौराहा भेन्चरले जनाएको छ ।  गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेको ९ कठ्ठा ७ धुर जग्गामा बन्ने सिटी सेन्टर २ वर्ष भित्र सम्पन्न हुने कम्पनीले बताएको छ । उक्त जग्गा कम्पनी २५ वर्षका लागि लिज (भाडा) मा लिएको हो । उक्त सिटी सेन्टरमा पर्यटन व्यवसायी तथा सौराहा भेन्चरमा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे, पूर...
दोलखामा भूकम्पको धक्का महसुस

दोलखामा भूकम्पको धक्का महसुस

देश, समाचार, सामाजिक
१ माघ, काठमाडौं । दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। Advertisement दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको उनले बताए । Credit: OnlineKhabar ...
मालपोतकै कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा पास

मालपोतकै कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा पास

देश, समाचार, सामाजिक
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा पास गरिएको खुलासा भएको छ । Advertisement रावतको वीरेन्द्रनगर–८, शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिइ अरुको नाममा पास गरिदिएको पाइएको हो । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेको तथ्य प्रकाशमा आएको छ । यद्यपि, रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ । जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र पूर्वतिर घर बताउने सन्तोष ठाकुरको मिलेमतोमा रावतको जग्गा अरुलाई बेचेको आरोप लागेको छ । आरोपित सावदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जनाएको छ । उनलाई बुधबार साँझ नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको...
ब्राउन सुगरसहित श्रीमान-श्रीमती पक्राउ : झापा

ब्राउन सुगरसहित श्रीमान-श्रीमती पक्राउ : झापा

देश, समाचार, सामाजिक
२९ पुस, काठमाडौं । झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी १८ वर्षीय श्रीमती पुजा राजपुत (मगर) रहेका छन् । मेचीनगर नगरपालिका-१३ चारआली बजारबाट दुवै जनालाई नियन्त्रणमा लिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । Advertisement थापाका अनुसार जिल्ला प्रहरी कार्यालय झापा, प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए । Credit: OnlineKhabar ...
बाघको छालासहित एकजना तस्कर पक्राउ

बाघको छालासहित एकजना तस्कर पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । Advertisement पक्राउ पर्नेमा मनमैजु बस्ने बृशराज घले छन् । प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको डेराबाट ६ फिट २ इन्च लम्बाई र १ फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद गरेको छ ।  साभार: रातोपाटी ...
रहेनन् कांग्रेस नेता भक्तिप्रसाद तिमिल्सिना, कोरोना सङ्क्रमणबाट निधन

रहेनन् कांग्रेस नेता भक्तिप्रसाद तिमिल्सिना, कोरोना सङ्क्रमणबाट निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।  Advertisement कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उहाँको निधन भएको हो ।  कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो ।  उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गरेका थिए । सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर  पार्टीमा क्रियाशील थिए । उनी रेडियो देवघाटको अध्यक्ष  सम...
भक्तपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट, १२ लाख बराबरको क्षति

भक्तपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट, १२ लाख बराबरको क्षति

देश, समाचार, सामाजिक
भक्तपुरको सूर्यविनायकमा रहेको एक मासु पसलबाट सुरु भएको आगलागी अन्यत्र ५ वटा पसलमा फैलिँदा करिव १२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।  आइतबार राति करिब १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोज बहादुर घिसिङले संचालन गरेको मासु पसलबाट आगलागी सुरु भएको थियो । Advertisement प्रहरीको प्रारम्भिक अनुसन्धानमा  अचानक बिजुलीको तार सर्ट भई उक्त आगलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन पुगेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।  आगोलागी हुदाँ बाह्र लाख साठी हजार बराबरको धनमाल जलि नष्ट  भएको छ र  मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।  उक्त मासु पसल गजिकै रहेको रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२...
‘केटी साथी’ को विषयमा झगडा हुँदा चक्कुले हानेर हत्या

‘केटी साथी’ को विषयमा झगडा हुँदा चक्कुले हानेर हत्या

देश, समाचार, सामाजिक
काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आइतबार साँझ बूढानीलकण्ठ–६ का सुशील तामाङले ज्यान गुमाए । उनको मृत्यु स्वभाविक थिएन । चार  दिनअघि बूढानीलकण्ठमा रहेको छैलुङ गुम्बा नजिकै दुई समूहबीचको झडपमा छुरा लागेर सुशील गम्भीर घाइते भएका थिए । उपचार गराउँदै जाँदा उनले ज्यान गुमाए ।  सुशीलको हत्यामा संलग्न आरोपी मकवानपुरको टिष्टुङ घर भएका राज सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न राज सिंहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।  Advertisement सुशील र राज सिंह मिल्ने साथी हुन् । पुस २३ मा साँझ उनीहरु बूढानीलकण्ठ माथि चिसेनी डाँडामा खानपिन गर्न गएका थिए । सँगै थिए, अर्का मिल्ने साथी लाक्पा शेर्पा  । लाक्पाले आफूले दाई भन्ने गरेका उमेश तामाङलाई पनि चिसेनी डाँडामा बोलाए ।  ...
तीन सातामा चार जना मजदुरको  मृत्यु

तीन सातामा चार जना मजदुरको मृत्यु

देश, समाचार, सामाजिक
भक्तपुर । भक्तपुरमा केही दिनयता लगातार मजदूरहरुको मृत्यु भइरहेको छ । निर्माण तथा विद्युतीय क्षेत्रमा काम गर्नेसहित तीन सातामा ४ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।  आइतबार दिउँसो भक्तपुर नगरपालिका–२, कालोपाटीमा निमार्णाधीन घरमा इट्टाको गाह्रो लगाउँदै गर्दा एक मजदूरको लडेर मृत्यु भयो ।  Advertisement पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा महोत्तरी बर्दिबास घर भई हाल सुर्यविनायक नगरपालिका- ५ कटुन्जे बस्ने ३५ वर्षका डम्बर मगर काम गर्ने क्रममा खस्न पुगे । पाँच तला माथिबाट लडी भुइँ तलामा बजारिँदा गम्भिर घाइते भएका मगरलाई तत्कालै स्थानीयहरुको सहयोगमा उपचारका लागी डा.इवामुरा अस्पताल भक्तपुर लगियो । उपचारकै क्रममा आज करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे । यसबारेमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधि...
तस्कर र प्रहरीबीच गोली हानाहान : बारा

तस्कर र प्रहरीबीच गोली हानाहान : बारा

देश, समाचार, सामाजिक
बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति इलाका प्रहरी कार्यालय निजगढ  र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले  निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा गोली फायर गरेको थियो ।  Advertisement प्रतिकार स्वरुप प्रहरी टोलीले पनि ५ राउण्ड गोली फायर गरेकोमा सो क्रममा एक जवनालाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।  पक्राउ पर्नेमा  मकवानपुरको  हेटौडा उपमहानगरपालिका वडा नम्बर  ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् । प्रहरीले घटनास्थलबाट  १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको  साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरेको छ ।  तामाङमाथि हातहतियार खरखजाना र लागु औषध मुद्धा चलाउने प्रहरीको तयारी छ । साभार: रातोप...