२०८३ असार १३

सामाजिक

नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप

नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज बिहीबार काठमाडौं आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । Advertisement विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई सो खोप हस्तान्तरण गर्नेछ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ । साभार: रातोपाटी ...
विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।  बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् ।  Advertisement जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।  उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान,  म्याग्जिनमा लोड गरेको  अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ । प्रहरी अनुसन्धानमा ...
फेसबुक म्यासेन्जरमा महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

फेसबुक म्यासेन्जरमा महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । २० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस–२ घर भई हाल कुमख गाउँपालिका–४ बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवी शाहीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जनाएका छन् । Advertisement शाहीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएको ब्यूरोले जनाएको छ । शाहीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ प्रहरी कार्यालय सल्यानको सहयोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।  साभार: ...
जग्गाधनीलाई थाहै नदिइ नामसारी गराउने थप दुईजना पक्राउ

जग्गाधनीलाई थाहै नदिइ नामसारी गराउने थप दुईजना पक्राउ

देश, समाचार, सामाजिक
सुर्खेत । दलाल र मालपोत कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई थाहै नदिइ जग्गा नामसारी गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । वीरेद्रद्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा किनबेचका लागि सिफारिस गरेको आरोपमा वीरेन्द्रनगर वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष रामप्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  Advertisement यसअघि मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप सावत र आवश्यक कागजात लिखित गर्ने अम्मरसिंह कटुवाल पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान गरिएको छ । प्रहरीका अनुसार उक्त घटनाका बारेमा छानविन भइरहेको छ । सो घटनामा अन्य पनि संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ । साभार: रातोपाटी ...
सिन्धुली बोलेरो दुर्घटना : एक महिलाको मृत्यु

सिन्धुली बोलेरो दुर्घटना : एक महिलाको मृत्यु

देश, समाचार, सामाजिक
सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । Advertisement दुर्घटनामा दुधौली नगरपालिका–४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका–३ कालापानी बस्ने ५३ वर्षीय  पृथ्वीनारायण श्रेष्ठ, दुधौली–६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका–१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिए । घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धु...
१० दिनदेखि माइतीघर मण्डलामा धर्ना, आयोगको ध्यानाकर्षण

१० दिनदेखि माइतीघर मण्डलामा धर्ना, आयोगको ध्यानाकर्षण

देश, समाचार, सामाजिक
पहिचान नखुलेका शवहरूको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यास अनुरूप अद्यावधिक गर्नुपर्नेलगायतका मागहरू राखी डा. सुगम के.सी., सुनील महर्जन र रोहित श्रेष्ठ विगत १० दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।  पहिचान नखुलेका शवहरूको व्यवस्थापन सम्बन्धमा मानव अधिकार आयोगबाट भएको सिफारिस कार्यान्वयन हुनुपर्ने, सबै बेवारिसे शवको प्रष्ट मुखाकृति देखिने फोटो र संक्षिप्त विवरण राष्ट्रिय र स्थानीय सञ्चार माध्यममार्फत सार्वजनिक गरिनुपर्ने, नेपाल सरकारले बेवारिसे र हराएका मानिसको लागि अन्य देशहरुको जस्तै छुट्टै वेबसाइट खोली बेवारिसे शवको पहिचान गर्न पाउने हक सुनिश्चित गर्नुपर्ने जस्ता मागहरू राखी उनीहरु धर्नामा बसेका हुन् ।  Advertisement तर धर्नामा बसेको १० दिन बित्दा पनि राज्य बेखबर जस्तै बनेको छ । यसैगरी मानवअधिकार आयोगले मंगलबार...
रोल्पामा एक महिलामाथि गोली प्रहार

रोल्पामा एक महिलामाथि गोली प्रहार

देश, समाचार, सामाजिक
रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो । Advertisement जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली हानेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । टाउकोमा गोली लागेको बरुको अवस्था गम्भीर रहेको डिएसपी सुबेदीले बताए । घाइतेलाई मंगलवार विहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका पुनले प्रहरी समक्ष आफूले हरिन ठानेर ती महिलालाई गोली चलाएको दावीसहितको बयान गरेका छन् । हरिणले गहुँबाली खाए...
नागरिक आन्दोलनको फेरिँदो अनुहार

नागरिक आन्दोलनको फेरिँदो अनुहार

देश, समाचार, सामाजिक
६ माघ, काठमाडौं । २०६२/०६३ को जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको नागरिक समाज त्यसपछि सुस्तायो । विभाजित बन्यो र तिरवितर भयो । अहिले डेढ दशकपछि कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सडकमा फेरि नागरिक अभियन्ताहरु देखा परेका छन्, तर पहिलेको भन्दा फरक अनुहारमा । Advertisement अहिलेको नागरिक आन्दोलनले सामान्यतः २०६२/०६३ सालको नागरिक आन्दोलनकै झल्को दिन खोजेको देखिन्छ । तर, यसको अग्रमोर्चामा पुरानो नेतृत्व भने खासै देखिएको छैन । एजेण्डाको हिसाबले २०६२/०६३ सालमा सक्रिय नागरिक समाजका अगुवाहरु अहिले पनि एकै ठाउँमा छन् । तर, डेढ दशक अगाडि सडकमा निकै जोश र जाँगरका साथ सक्रिय अगुवाहरु अहिले स्वास्थ्यको कारण देखाउँदै सडकमा आउन असमर्थ छन् । र, उनीहरुले नयाँ पुस्तालाई अगाडि आउन र जिम्मेवारी लिन आग्रह गरिरहेका छन् । डेढ दशक अगाडि ज...
पिउने पानी दूषित भेटेपछि अदालतमा मुद्दा दायर

पिउने पानी दूषित भेटेपछि अदालतमा मुद्दा दायर

देश, समाचार, सामाजिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।  Advertisement पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिएको जानकारी दिँदै कार्यालय प्रमुख शिवजी बरालले शुक्रबार अदालतमा मुद्दा दायर गरिएको बताए । लामो प्रक्रिया एवं परीक्षणका लागि लुम्बिनी प्रदेशको भैरहवामा पठाउनु पर्ने बाध्यता रहेको बताउँदै उनले छिटोछरितो परीक्षण गरी जनस्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न गण्डकी प्रदेशमा प्रयोगशाला स्थापना गरी सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । भैरहवामा समेत जनशक्तिको अभावका कारण रिपोर्ट आउन ढिलो हुने गरेको स्पष्ट पार्दै प्रमुख बरालले खाद्य ...
अन्तर्वार्ता दिन हिँडेका युवकको मृत्यु

अन्तर्वार्ता दिन हिँडेका युवकको मृत्यु

देश, समाचार, सामाजिक
४ माघ, विराटनगर । वैदेशिक रोजगारीका लागि अन्तर्वार्ता दिन इटहरी आउँदै गरेका युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मोरङ बेलबारी नगरपालिका– ६ का २४ वर्षीय तीर्थकुमार राईको मृत्यु भएको हो । दुबई प्रहरीका लागि जाने तयारीमा रहेका उनलाई शनिबार इटहरीमा अन्तर्वार्ताका लागि बोलाइएको थियो । माइत जान हिँडेकी भाउजु डोल्मा राई र भतिजी स्वर्णिमा राईलाई सँगै मोटरसाइकलमा लिएर इटहरी आउँदै गरेका तीर्थलाई पूर्व पश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिका १० सुकुना खण्डमा भारतीय ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट उनको मृत्यु भयो । उनका भाउजु डोल्मा र भतिजी स्वर्णिमा घाइते छन् । Advertisement शनिबार बिहान करिब साढे १० बजे राई सवार बा ८८ प ४६९६ नम्बरको मोटरसाइकललाई तीब्रगतिमा आउँदै गरेको बीआर ०६ जीडी ५५५२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भ...