२०८३ असार १३

सामाजिक

‘नक्कली डाक्टर’: एलएलसीको मार्कसिट किर्ते गरेर बंगलादेशमा एमबीबीएस !

‘नक्कली डाक्टर’: एलएलसीको मार्कसिट किर्ते गरेर बंगलादेशमा एमबीबीएस !

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार भक्तपुर, ललितपुर र मोरङ लगायतका ठाउँबाट ७ जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुमाथि लगाएको आरोप छ– ‘लिखत सम्बन्धी कसुर ।’  नक्कली भनिएका चिकित्सकहरुले प्रवेशका परीक्षा (एसएलसी)को मार्कसिट फेरबदल गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए । एसएलसीको मार्कसिट, सर्टिफिकेटमा नाम, जन्म मिति र प्राप्ताङ्क सच्याएर उनीहरुले विदेश पढ्न जाने अनुमति लिएका थिए ।  ब्यूरोको टोलीले त्यसरी मार्कसिट सच्याउने मध्येका धेरैलाई कार्यरत अस्पतालबाट नै पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम, न्युरो अस्पताल विराटनगरमा कार्यरत मोहम्मद सिद्धिकी, जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत सुवास प्रसाद शाह र काठमाडौंको चावहिलस्थित दीर्घायु गुरु अस...
मन्त्रिपरिषद् बैठक बोलाइयो, विद्यालय बन्दबारे होला निर्णय ?

मन्त्रिपरिषद् बैठक बोलाइयो, विद्यालय बन्दबारे होला निर्णय ?

देश, शिक्षा, समाचार, सामाजिक
मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले बताए ।  ती मन्त्रीका अनुसार मुख्यतः बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुनेछ ।  Advertisement शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो ।  तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसीको सर्त छ ।  सो प्रस्तावबारे आजको बैठकमा छलफल हुनेछ । चौतर्फीरुपमा विद्यालय बन्द गर्न दवाव बढेको बेला आजको बैठकले के निर्णय गर्छ भन्नेमा चासो बढेको छ । ती मन्त्रीका अनुसार विद्यालय तत्काल बन्द गर्दा नै उचित हुने आफूलाई लागेपनि बैठकले के निर्णय गर्छ भन्नेमा निश्चित नरहेको बताए ।  बैठकबाट स्वास्थ्यसम्बन्धी ...
आज र भोलि पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

आज र भोलि पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
आज र भोलि देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।   भिटामिन ‘ए’ वितरण केन्द्रमा यसरी स्वास्थ्य सुरक्षा अपनाऔं —वितरण केन्द्रमा भिडभाड नगर्ने । —कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने । —आफनो र बालबालिकाको सुरक्षाको लागि अनिवार्य रुपमा मास्कको सही तरिकाले प्रयोग गर्ने ।  —साबुनपानीले हात धुने वा सेनिटाइजरले हात सफा गर्न स्वास्...
भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

देश, समाचार, सामाजिक, स्वास्थ्य
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ । जनरल वार्डमा रहेका २१ जनालाई पनि अक्सिजन दिइएको छ । “हाम्रो क्षमता २५ जनाको हो, त्यसमा पाँच जना आइसीयु शय्या छन्”, उनले भने, “तर अहिले हामी २६ जना राख्न बाध्य छौँ ।” Advertisement पछिल्लो  समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको वलीले बताउनुभयो । अहिले अस्पतालमा घोराहीका १५, तुलसीपुरका आठ, शान्तिनगरका दुई र रोल्पाका एक रहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा कोर...
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

देश, समाचार, सामाजिक
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ ।  बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।  Advertisement खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । शवको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ ।  साभार: रातोपाटी ...
नाबालकसँग यौन सम्पर्क गरेमा वयस्क महिलामाथि मुद्दा चलाउने निर्णय

नाबालकसँग यौन सम्पर्क गरेमा वयस्क महिलामाथि मुद्दा चलाउने निर्णय

देश, समाचार, सामाजिक
काठमाडौं । वयस्क महिलाले १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग यौन सम्पर्क राखेमा मुद्दा चलाउने निर्णय गरिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिले सो निर्णय गरेर त्यस्ता घटनामा वयस्क महिलाविरुद्ध मुद्दा अगाडी बढाउन सबै सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बालकलाई बलात्कारको मुद्दा चलाउने गरिन्थ्यो । Advertisement मुलुकी अपराध संहित–०७५ र बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार महान्यायाधिवक्ताको कार्यालयले त्यस्तो निर्णय गरेको हो । निर्णय अनुसार १८ वर्ष पुगेकी युवतीले नाबालकसँग जबर्जस्ती करणी गरेमा उनीबिरुद्ध यौन दुरुपयोगको मुद्दा लाग्छ । महान्यायाधिवक्ताको कार्यालयको सो निर्णयसँग केटाले मात्रै बलात्कार गर्छन् भन्ने मान्यतामा ट्वीस्ट आएको छ...
शिक्षण संस्था बन्द नगर्न सुझाव, सरोकारवालाले भने–आतंक सिर्जना गर्न खोजियो

शिक्षण संस्था बन्द नगर्न सुझाव, सरोकारवालाले भने–आतंक सिर्जना गर्न खोजियो

देश, शिक्षा, समाचार, सामाजिक
काठमाडौँ, । कोभिड–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् ।  नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकोले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरुको थियो ।  Advertisement सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले  आजबस्ने मन्त्रिपरिषद्मा पेश गर्ने भएका छन् ।  मन्त्री श्रेष्ठले यो विषयमा मन्त्रिपरिषदको बैठकमा छलफल गरिने जानकारी दिए । ...
राष्ट्र बैंककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

राष्ट्र बैंककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

देश, समाचार, सामाजिक
काठमाडौं । राष्ट्र बैँककी निर्देशक  सुष्मा रेग्मी रिजाल पूर्पक्षको लागि कारागार चलान भएकी छिन् ।  Advertisement शोभा रिजालको जाहेरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो ।  जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्धामा उनलाई काठमाडौ जिल्ला अदालतको सोमबार  पूर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृहमा थुना पठाएको काठमाडौं प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
मोटरसाइकलबाट खसेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

मोटरसाइकलबाट खसेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । आइतबार तनहुँको म्याग्दे ठाँटीटारमा मोटरसाइकलबाट खसेर घाइते भएपछि उपचारका लागि पोखराको फेवासिटी अस्पतालमा भर्ना गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।  Advertisement मोटरसाइकलबाट खसेर घाइते भएकी म्याग्दे गाउँपालिका ६ छबिसे की ५५ वर्षीया सानुमाया सार्कीको फेवा सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । ग ७ प ५३२३ नम्वरको मोटरसाइकलको पछाडी बसेर थर्पुबाट छबिसेतर्फ जाँदै गर्दा अकस्मात खसेर घाइते भएकी सानुमायाको फेवासीटीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए  उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
कैलालीमा कोरोना संक्रमितको निधन

कैलालीमा कोरोना संक्रमितको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।  Advertisement मृतक फागुनको पहिलो साता भारतबाट आएको र आईतबार निमोनिया कारण अस्पताल भर्ना भइ कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको उनले बताए । उनको आज बिहान ७ बजे मृत्यु भएको श्रेष्ठले बताए ।        साभार: रातोपाटी ...