२०८२ पुष ६

सामाजिक

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

देश, समाचार, सामाजिक
गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ  । लु २३ प ५०५७ नम्बरको मोटरसाइकल  गुल्मीदरबार  गाउँपालिका  वडा नम्बर  ७ को  घुम्ती भन्दा  भित्री  सडकमा  दुर्घटना हुँदा सोही वडा निवासी ठुलापोखरा माविका ४५ वर्षीय प्रधानाध्यापक राम बहादुर  खत्रीको ज्यान गएको हो  ।  Advertisement गौँडाकोटस्थित  गुल्मी दरवार  गाउँ पालिकाको  सार्वजनिक सुनुवाइ कार्यक्रममा  सहभागी  भइ साँझ घर  फर्किने  क्रममा  घुम्तीदेखि  भित्री  सडकमा  मोटरसाइकल दुर्घटना भएको  र  गम्भीर  घाइते  खत्रीलाई  जिल्ला  अस्पताल तम्घासमा साढे  ९  बजे  मृत  घोषणा गरिएको  जिल्ला  प्रहरी  कार्यालयका  प्रवक्ता डिएसपी  पुरुषोतम  प्रसाद  पाण्डेले  जानकारी  दिए ।  साभार: रातोपाटी ...
पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement पछिल्लो २४ घण्टामा ७९ जना कोरोना मुक्त भएका छन् ।  हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार ६०८ रहेको छ । अहिलेसम्म संक्रमणका कारण ३ हजार ३८ जनाको मृत्यु भएको छ । साभार: रातोपाटी ...
रातोपुलमा भारतीय नागरिक मृत फेला

रातोपुलमा भारतीय नागरिक मृत फेला

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । काठमाडौं महानगरपालिका–३० रातोपुलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् ।  Advertisement रातोपुलमा डेरा गरेर बस्ने कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डल मृत फेला परेका हुन् । दरबारमार्ग स्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्ने मण्डलको शव डेरामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुसन्धान गरिरहेको छ ।  साभार: रातोपाटी ...
भारतमा पहिलो पटक १ लाख १५ हजार बढी संक्रमित भेटिए

भारतमा पहिलो पटक १ लाख १५ हजार बढी संक्रमित भेटिए

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
भारतमा एकैदिन १ लाख १५ हजार नयाँ संक्रमित भेटिएका छन् । यसका साथै ४ अप्रिलमा भेटिएको १.०३ लाख बिरामीको रेकर्ड तोडिएको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ७ सय बिरामी निको भएका छन् भने ६ सय ३० को मृत्यु भएको छ । यससँगै सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २४ घण्टाभित्र सर्वाधिक ५४,७९५ को वृद्धि भएको छ । यसअघि अप्रिल ४ मा ५०,४३८ सक्रिय संक्रमित बढेका थिए । त्यतिबेला यो सबैभन्दा धेरै थियो । Advertisement नयाँ संक्रमितमा सधैं झैँ सबैभन्दा बढी ५५,४६९ संक्रमित महाराष्ट्रमा भेटिए । ९,९२१ नयाँ संक्रमितसहित छत्तिसगढ दोस्रो नम्बरमा रह्यो । कूल सक्रिय संक्रमितमा पनि यो दुई राज्य शीर्ष २ मा छन् । महाराष्ट्रमा ४.७२ लाख, जबकी छत्तिसगढमा ५२,४४५ बिरामीको उपचार चलिरहेको छ । भारतमा हालसम्म करिब १.२८ करोड मानिस यो महामारीको चपेटमा आइसकेका छन् । यी...
वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

देश, समाचार, सामाजिक, स्वास्थ्य
वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् ।  झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् । उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए । Advertisement “वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ”, उनले भने, “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो समस्या लिएर बढी पुग्न थालेका छन् ।” वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन् । वायु प्रदूषणबाट ...
भोलिदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइने (अस्पतालको नामसहित)

भोलिदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइने (अस्पतालको नामसहित)

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप भोलिदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।   यी अस्पतालमा...
माइतीमा छोरी रोकेको निहुँमा सासु–ससुरामाथि खुकुरी प्रहार

माइतीमा छोरी रोकेको निहुँमा सासु–ससुरामाथि खुकुरी प्रहार

देश, समाचार, सामाजिक
सुर्खेत । माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।  गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो । Advertisement घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई नौमूले गाउँपालिका–५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको छ ।  सासु–ससुरामाथि खुकुरी प्रहरी गरी भागेर नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई सादा पोशाकका प्रहरीले विहान ५ बजे नै पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । साभार: रातोपाटी ...
नशालु पदार्थ मिसाएको फ्रुटी खुवाएर सुन र पैसा लुटपाट

नशालु पदार्थ मिसाएको फ्रुटी खुवाएर सुन र पैसा लुटपाट

देश, समाचार, सामाजिक
काठमाडौं । नशालु पदार्थ मिसाएको फ्रुटी खान दिएर पैसा र सुन लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–६ घर भएका अर्जुनबहादुर केसीलाई पक्राउ गरेको हो ।  Advertisement केसीले काठमाडौं उपत्यकामा एक दर्जन ठाउँमा फ्रुटी खान दिएर लुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए ।  ३८ वर्षीय केसी नशालु पदार्थ मिसाएको फ्रुटी बोकेर हिँड्थे । सुन लगाएको मानिस देखेपछि बैंक अथवा कुनै ठाउँ कहाँनिर पर्छ भन्ने सोधेर धन्यवाद भन्न छुटाउँदैन थिए ।  ‘ठेगाना भनिदिनु भएकोमा धन्यवाद भनेपछि फ्रुटी दिएर फलो गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ’ एसपी बस्नेत भन्छन्–‘नशालु पदार्थ मिसाएको फ्रुटी खाएर मानिस गलेपछि लुटेर भाग्ने ग...
भारतमा एकैदिन ९२ हजार ९९४ जनामा कोरोना पुष्टि

भारतमा एकैदिन ९२ हजार ९९४ जनामा कोरोना पुष्टि

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
२२ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् । भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । Advertisement भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यसअघि गत शुक्रबार ७१३ जनाको ज्यान गएको थियो । भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् । Credit: OnlineKhabar ...
देशभर थपिए १२८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

देशभर थपिए १२८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ७२७ जनाको नमुना परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । उनीहरुमध्ये गत २४ घण्टामा १६१ जनासहित २ लाख ७३ हजार १२३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१३ रहेको मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...