२०८१ जेष्ठ २

मोटरसाइकलबाट खसेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

पोखरा । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । आइतबार तनहुँको म्याग्दे ठाँटीटारमा मोटरसाइकलबाट खसेर घाइते भएपछि उपचारका लागि पोखराको फेवासिटी अस्पतालमा भर्ना गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो । 


Advertisement


मोटरसाइकलबाट खसेर घाइते भएकी म्याग्दे गाउँपालिका ६ छबिसे की ५५ वर्षीया सानुमाया सार्कीको फेवा सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।

ग ७ प ५३२३ नम्वरको मोटरसाइकलको पछाडी बसेर थर्पुबाट छबिसेतर्फ जाँदै गर्दा अकस्मात खसेर घाइते भएकी सानुमायाको फेवासीटीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए  उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap