नाबालकसँग यौन सम्पर्क गरेमा वयस्क महिलामाथि मुद्दा चलाउने निर्णय
काठमाडौं । वयस्क महिलाले १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग यौन सम्पर्क राखेमा मुद्दा चलाउने निर्णय गरिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिले सो निर्णय गरेर त्यस्ता घटनामा वयस्क महिलाविरुद्ध मुद्दा अगाडी बढाउन सबै सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बालकलाई बलात्कारको मुद्दा चलाउने गरिन्थ्यो ।
Advertisement
मुलुकी अपराध संहित–०७५ र बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार महान्यायाधिवक्ताको कार्यालयले त्यस्तो निर्णय गरेको हो । निर्णय अनुसार १८ वर्ष पुगेकी युवतीले नाबालकसँग जबर्जस्ती करणी गरेमा उनीबिरुद्ध यौन दुरुपयोगको मुद्दा लाग्छ । महान्यायाधिवक्ताको कार्यालयको सो निर्णयसँग केटाले मात्रै बलात्कार गर्छन् भन्ने मान्यतामा ट्वीस्ट आएको छ...









