२०८२ पुष ६

सामाजिक

करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

देश, समाचार, सामाजिक
२१ चैत, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । Advertisement स्थानीय ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने नरसिंह चौधरीको घरमा मिटर जडान क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि युनिक अस्पताल सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साभार: रातोपाटी ...
घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

देश, समाचार, सामाजिक
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।  १४ र १५ वर्षीय किशोरी दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए ।  Advertisement घर्तीका अनुसार उनीहरु बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए ।   दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए । घर्तीले भने, ‘स्थानीयले दुई बालिकालाई झ...
राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाए

राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाए

देश, समाचार, सामाजिक
काठमाडौं । तौलमा ठगी गरेको आरोपमा बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाएका छन् ।  प्रति १ सय किलो सामान किन्दा १० किलो ठगेको भेटेपछि उपभोक्ताले हार्डवेयर सञ्चालक कमल शर्मालाई प्रहरीको जिम्मा लगाएका हुन् । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर परीक्षण गर्ने सरकारी प्रतिनिधि पनि महानगरीय प्रहरी वृत बालाजुमा पुगेका छन् ।  Advertisement ‘ग्रीलजन्य फलाम र स्टिल पाइपमा हार्डवेयरले ठगी गरेको उपभोक्ताको आरोप छ ।  कम तौलको सामान दिएर धेरै बिल काट्ने गरेको भेटिएको छ’ ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष राजेन्द्र अर्यालले भने– ‘सरकारी निकायले अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनुपर्छ ।’  महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले उपभोक्ताले हार्डवेयर सञ्चालकलाई प्रहरी कार्यालयमा ...
बागलुङ ग्याङ फाइट : घटनामा संलग्न ८ जना सार्वजनिक

बागलुङ ग्याङ फाइट : घटनामा संलग्न ८ जना सार्वजनिक

देश, समाचार, सामाजिक
पोखरा । बागलुङको वडिगाडमा फागु पूर्णिमाको दिन दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय बागलुङले शुक्रबार पत्रकार सम्मेलन गरी सो घटनामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो । चैत १५ गते होली खेल्ने क्रममा बल्देधुरीमा झडप हुँदा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दामाई मारिएका थिए । Advertisement प्रहरीले घटनामा संलग्न वडिगाड १० का २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढा मगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा मगर, तिर्थलाल बुढा मगर, ३१ वर्षीय सूर्य बुढा मगर र ४६ वर्षीय ढालबहादुर बुढा मगरलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दुईजनालाई गुल्मीको मदानेबाट, एकजनालाई रुपन्देही,...
पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रवार बा.१० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । Advertisement मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर सडकको बारमा ठोेक्किएको थियो । कार चालक  विरेन्द्र राज श्रेष्ठलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको छ ।  उनलाई सवारी ज्यान अन्तर्गतको कसुरमा मुद्दा चलाइने महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ । डितमको शव ट्रमा सेन्टरमा राखिएको छ ।  साभार: रातोपाटी ...
आइएमई लुटेरासँग लागुऔषध खान आएका ३ जना पक्राउ

आइएमई लुटेरासँग लागुऔषध खान आएका ३ जना पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । न्युरोडस्थित खिचापोरीमा रहेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामको आइएमई लुटमा संलग्न तिलक राउत र दिपुन श्रेष्ठ बानेश्वरस्थित दक्षिणकाली होस्टलमा बस्छन् । बुधवार राति उनीहरुहलाई खोज्दै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली होस्टलमा पुगेको थियो । प्रहरी पुगेपछि त्यहाँ अरु ३ जना आइपुगे । उनीहरु थिए, रोल्पा घर भएका प्रशन्न मल्ल ठकुरी, सफल आचार्य  र बुटवलका मिलन ढकाल । Advertisement उनीहरु पनि त्यहि होटलको अर्को कोठामा बस्थे । उनीहरुको साथमा ११ चक्की नाइट्रोभेट, १७० चक्की ट्रामाडोल, २० चक्की स्पास्मो र गाँजा फेला परेको छ । लागुऔषध भेटिएपछि उनीहरुलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । महानगरीय प्रहरी वृत नयाँबानेश्वरले उनिहरुमाथी लागु औषध मुद्दामा अनुसन्धान गरिरहेको छ । खुकुरी देखाएर आईएमई लुट्ने तिलक र ...
किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा ५ जना पक्राउ

किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा ५ जना पक्राउ

देश, समाचार, सामाजिक
१९ चैत, काठमाडौं । किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीया मिना थापा मगर र काठमाडौं गगालफेदीका ४७ वर्षीय राजकुमार सुनार छन् । Advertisement महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आफ्नी १८ वर्षकी छोरीलाई कपडा पसलमा काम लगाईदिने भन्दै सुहानाले लगेको र श्यामकुमारसँग मिलेर जवरजस्ती यौनजज्य कार्य गर्न लगाएको भन्दै बुधबार उजरी परेको थियो । त्यसआधारमा प्रहरीले सुहाना र श्यामकुमारलाई पक्राउ गर्नुका साथै उनीहरुले बालिका तथा किशारीहरुलाई राख्न माकलबारीमा लिएको फ्याटमा छापा मार्‍यो । त्यहा...
सुशील यादव हत्या प्रकरण: मध्यरातमा गाँजा र ट्याब्लेटको नशाले लठ्याएर हत्या

सुशील यादव हत्या प्रकरण: मध्यरातमा गाँजा र ट्याब्लेटको नशाले लठ्याएर हत्या

देश, समाचार, सामाजिक
काठमाडौं । सर्लाहीमा सुशील यादवको हत्या आरोपमा पक्राउ गरिएका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।  चैत १२ मा २५ वर्षीय यादवको शव मलंगवास्थित खेतमा भेटिएको थियो । हत्या आरोपमा प्रहरीले कमल पण्डित उर्फ विमलकान्त पाठक र अशोक झालाई पक्राउ गरेको थियो ।  Advertisement मलंगवा–९ का स्थानीय ४५ वर्षीय कमल पण्डित ‘बाबा’ हुन् । ४० वर्षीय अशोक भारतीय नागरिक हुन् । अशोक उनका भाञ्जा हुन् ।  मामा–भाञ्जा मिलेर सुशीलको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवरले रातोपाटीलाई बताए ।  चैत ११ मा साँझ मलंगवा नगरपालिका–१० स्थित विमलकान्त पाठकको घरमा लगेर गाँजा र नाइट्रोभेट ट्याब्लेट खुवाएर लठ्याएपछि सुशीलको हत्या गरिएको थियो ।   मलंगवाको जिविस चोकमा रहेको शिवम् होटलमा मदिरा र मासु खाएर निस्केका मामा–भाञ्जाले साइकलमा आएका सुश...
दमकमा वेश्यावृत्ति गराउने दुई जना पक्राउ, ८ युवतीको उद्धार

दमकमा वेश्यावृत्ति गराउने दुई जना पक्राउ, ८ युवतीको उद्धार

देश, समाचार, सामाजिक
१८ चैत, दमक । झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । Advertisement दमक नगरपालिका वडा नं. ६ नयाँ सब्जीमण्डीस्थित एक घर भाडामा लिई वेश्यावृत्ति गराइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताए । साथै इलाका प्रहरी कार्यालय दमकले सो भाडाको घर खानतलासी गरी १७ देखि ३९ वर्ष उमेर समूहका आठजना महिला तथा युवतीहरुलाई उद्धारसमेत गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरुलाई आफन्तको जिम्मा लगाई छाडिएको पनि प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
हेटौंडाका निजी विद्यालय भोलिदेखि खुल्ने, उपमहानगरको असहमति

हेटौंडाका निजी विद्यालय भोलिदेखि खुल्ने, उपमहानगरको असहमति

देश, शिक्षा, समाचार, सामाजिक
१७ चैत, हेटौंडा । प्रतिकूल मौसम भएको भन्दै सरकारले देशभरका विद्यालय चारदिन बन्द गर्न भनेपनि हेटौंडाका निजी विद्यालय बुधबारदेखि नै सञ्चालन हुने भएका छन् । केही दिनयता बढेको प्रदूषणका कारण रोगको संक्रमण देखिनसक्ने भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्न सरकारले आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का उपमहानगर अध्यक्ष राजकुमार नहर्की र कार्यवाहक जिल्ला अध्यक्ष विनोद सुवेदीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै बुधबारबाट सबै विद्यालय सञ्चालन गर्न आव्हान गरेका छन् । Advertisement ‘हेटौंडा उपमहानगरपालिकाद्वारा सरोकारवालाहरुबीच गरिएको छलफल पश्चात उपमहानगरभित्र घाम लागेर अनुकूल वातावरण बन्दै गएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त रहेकाले पठनपाठन नियमित गराउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।’ सरकारले सामुदायिक तथा न...