बाँकेमा थप ७ जना संक्रमितको मृत्यु
२० जेठ, काठमाडौं । बाँकेको विभिन्न अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार ७:३० बजे साँझदेखि बिहीबार दिउँसो २:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १/१ जना दाङ, दैलेख, सल्यान र रूकुम का छन् ।
Advertisement
भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-२ बर्दियाका ३४ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र बढैयाताल गाउँपालिका-३ बर्दियाकै ५५ वर्षीय पुरूषको बुधबार राति ११: ४० बजे मृत्यु भएको छ ।
यस्तै बाँसगढी गाउँपालिका- ६ बर्दियाका ६६ वर्षीय पुरूषको बिहीबार दिउँसो २:३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिका-६ दाङकी ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बुधबार राति ...









