२०८३ असार १२

सामाजिक

पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनिल मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् । डलबा चिप्लिएर पोखरीमा डुब्दा बेहोस् भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । मृतक बालिकाको राजविराजस्थित अस्पतालमा पोष्टमार्टम भएको छ ।  Advertisement यसैबीच सवारी दुर्घटनामा घाइते भएका सप्तरीको खडक नगरपालिका–८ ढोलबजा बस्ने बौवालाल चौधरीको छोरा २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–८ पहाडे भदै...
प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी

प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी

देश, समाचार, सामाजिक, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ । केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतमले प्रदेशस्तरमा अहिले सञ्चालन भइरहेका सङ्घ अन्तर्गत अस्पतालाई नै युनिफाइड प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको जानकारी दिए । ती अस्पतालले कोभिड–१९सँगै अन्य बिरामीको पनि उपचार गर्न सक्ने छन् ।  Advertisement केन्द्रीय अस्पतालले नै प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पतालाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने सक्ने व्यवस्था रहेको छ । उनका अनुसार प्रदेश–१ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्...
भक्तपुरका अधिकांश मिनिमार्ट नियम विपरीत सञ्चालन

भक्तपुरका अधिकांश मिनिमार्ट नियम विपरीत सञ्चालन

देश, समाचार, सामाजिक
३१ जेठ, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले सोमबार जिल्लाका विभिन्न खाद्यान्न स्टोर एवं मिनीमार्टमा गरेको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला परेको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा देग ग्रोसरी मार्ट, स्वःनिग मिनिमार्ट, महालक्ष्मी ट्रेडर्स, गोसाई स्टोर, एस आर स्टोर, वेलकम मार्केट दर्ता नगरी सञ्चालन भएको र म्याद गुज्रेको खाद्य पदार्थ बिक्रीमा राखेको पाकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको पाइएको छ । Advertisement खुर्सानीको धुलो, बिस्कुट, पिठो, बिभिन्न खाद्य एवं पेय पदार्थ, ल्याक्टोजेन दुध, वेशन, हाइजेनिक मःमः, पिठो, चाउचाउ, पापड ३२ किलो ८०० ग्राम जफत गरी नष्ट गरिएको समितिका संयोजक गोराले जानकारी दिए । त्यसैगरी साख मल्टी स्टोर मिनिमार्ट दर्ता नगरी सञ्चालन गरेको, म्याद गुज्रेका विभिन्न ब्राण्डका विस्कुट...
दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ

दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ

देश, समाचार, सामाजिक
३० जेठ, सप्तरी । सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आज पक्राउ परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उहाँका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । Advertisement पसलसँगै रहेको घरमा सुतिरहेका व्यापारी दम्पतीको मण्डलसहितका आरोपितहरूले २०७१ जेठ २१ गते राति हत्या गरेको बताइएको छ । यसअघि पक्राउ परेकाहरू सुनसरी हरीपुर गाविस–७ भण्टाबारीका २६ वर्षीय मो कैजुम मियाँलाई सप्तरी जिल्ला अदालतले २०७३ भदौ २६ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले मियाँलाई हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र ...
सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ६ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर २, कैलाली १, अछाम १, डडेल्धुरा १, बाजुरा १  रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।  Advertisement त्यस्तै  पछिल्लो २४ घण्टामा १ हजार ३८  मा  एन्टिजेन परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टी भएको छ त्यसमध्ये  १ जनाको मृत्यु भएको छ । २ सय ८२ मा पिसिआर परीक्षण गर्दा १ सय ३ कोरोना पुष्टी भएको छ भने ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की ले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५१ पुगेको छ  ।  साभार: रातोपाटी ...
स्वास्थ्य मन्त्रालयद्वारा नर्सिङ निरीक्षक तिमिल्सिनासँग सात दिने स्पष्टीकरण माग

स्वास्थ्य मन्त्रालयद्वारा नर्सिङ निरीक्षक तिमिल्सिनासँग सात दिने स्पष्टीकरण माग

देश, समाचार, सामाजिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी नर्सिङ निरिक्षक दिव्य तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी ५ वर्षदेखि बिना सूचना भएकी अस्पताल उपस्थित नभएकी नर्सिङ निरिक्षक  तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण मागेको हो । Advertisement बिना सूचना २९ भदौ २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यालयमा अनुपस्थित भएकी उनलाई मन्त्रालयले स्पष्टीकरण गरेको छ । तिमिल्सिनालाई नेपाल स्वास्थ्य सेवा ऐन, २०७३ को दफा ७४ ९१० (ज) को कसुरमा सोही ऐनको दफा ७२ (ख) (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेतर्फ सजाय गर्नुपर्ने देखिएकोले तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) (ज) को कसुरमा किन विभागीय कारवाही नगर्ने ? भन्दै मन्त्रालयले ७ दिनभि...
कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

देश, समाचार, सामाजिक, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमित शहरी क्षेत्रमा घटे पनि गाउँ गाउँमा फैलिइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए  । पछिल्लो समय कर्णाली प्रदेशको संक्रमण दर उच्च रहेको समेत पौडेलले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका गाउँ गाउँमा कोरोनाका लक्षण भएका बिरामी रहेको सूचना प्राप्त भएको उनले सुनाए । यस्तै सुदूर पश्चिम प्रदेशमा ६१० जनाको परीक्षण गर्दा २२९ जनाको संक्रमण पुष्टि भएको उनले बताए । यहाँ ३७.५ प्रतिशतमा संक्रमण देखिएको जनाइएको छ । Advertisement गत २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार २१ जनाको कोरोना परीक्षण गर्दा ३०२ जनामा संक्रमण भएक...
इलाममा जङ्गली च्याउ खाएर २ जनाको मृत्यु

इलाममा जङ्गली च्याउ खाएर २ जनाको मृत्यु

देश, समाचार, सामाजिक
इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए । Advertisement जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो । वीरमान र उनकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उनीहरु घर फर्किसकेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

देश, समाचार, सामाजिक
२५ जेठ, जाजरकोट । भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो । जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए । गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रमम...
लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

देश, समाचार, सामाजिक
कैलालीमा लागुऔषधसहित तीन पक्राउ परेका छन् । प्रहरीले दुई युवती र एक युवकलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिंह, २० वर्षीया मैना साउँद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । Advertisement जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।  प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार उनीहरूको साथबाट छ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाइट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजुसमेत बरामद गरिएको छ ।  उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...