चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार
२२ जेठ, वीरगञ्ज । मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरका ठाकुरलाई शनिबार उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले ठाकुरलाई उद्धार गरेर वीरगञ्ज ल्याएको छ । उद्धार गर्नु अघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो काटेर उनको शरीरको सरसफाइ गरिएको थियो । ठाकुरलाई मानव सेवा शाखा वीरगञ्जमै राखेर औषधि उपचार गरिने सामाजिक अभियन्ता एवं आश्रमका संरक्षक प्रकाश थारुले जानकारी दिए ।
Advertisement
‘चार वर्षभन्दा लामो समयदेखि साङ्लोले बाँधेर राखिएको थियो, कपडा च्यातेर फाल्ने गरेकोले शरीरमा एकसरो कपडा पनि थिएन,’ उनले भने, ‘सरसफाइपछि नयाँ कपडा लगाइदिएर उद्धार गरी वीरगञ्ज आश्रममा ल्याएका छौं । औषधि उपचार गरेर निको नभएसम्...









