२०८१ बैशाख २१

कलाकार एकाराम सिंहको कोरोना संक्रमणबाट निधन

२५ जेठ, काठमाडौं । संस्कृतिविद् एवं‌ कलाकार एकाराम सिंहको निधन भएको छ । बाल साहित्य एवं‌ चित्रकलामा ख्याति कमाएका उनको ५३ वर्षको उमेरमा सोमबार ज्यान गएको हो ।


Advertisement


उनी कपनस्थित करूणा अस्पतालको आइसियुमा उपचाररत थिए । काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका उनले राणा प्रधानमन्त्री एवं‌ राजपरिवारका सदस्यहरूको समेत कैयौं चित्र कोरेका छन् ।

उनले लिच्छविदेखि मध्यकालसम्मका संस्कृति झल्किने विभिन्न चित्रकला समेत उतारेका छन् ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap