२०८२ पुष ४

सामाजिक

कोरोनाले श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या

कोरोनाले श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या

देश, समाचार, सामाजिक
१६ जेठ, धनगढी । कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् । Advertisement वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताए । ‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो,’ वडाध्यक्ष रावतले अनलाइनखबरसँग भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृ...
२० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिवन्ध

२० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिवन्ध

देश, समाचार, सामाजिक
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि २० माइक्रोन भन्दा कम क्यालिटिका सबै खाले प्लास्टिकजन्य वस्तुहरुको उत्पादन आयात तथा प्रयोगलाई प्रतिवन्ध लगाएको छ । त्यस्ता सामान प्रयोग गर्न र आयात गर्न समेत नपाइने बताएको छ ।  Advertisement पोलिथिनका झोलाहरूको सट्टा जुट, कपडा लगायतका झोलाहरु प्रयोग गर्नु पर्ने सरकारको भनाई छ । साभार: रातोपाटी ...
कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

देश, समाचार, सामाजिक
१४ जेठ, धनगढी । कैलालीमा युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान धनगढी बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका पहिचान हुन नसकेका युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । Advertisement जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाहीलाई पक्राउ गरेको जानकारी दिए । टाउकोमा चोटपटक लागेको अवस्थामा बसपार्कमा मृत भेटिएका अपरिचित व्यक्तिको हत्या गरेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी...
बारपाकका ७२२ एन्टिजेन परीक्षणमा ५८ जनामा कोरोना पुष्टी

बारपाकका ७२२ एन्टिजेन परीक्षणमा ५८ जनामा कोरोना पुष्टी

देश, समाचार, सामाजिक, स्वास्थ्य
१४ जेठ, गोरखा । बारपाकमा शुत्रबार ७ शय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार कोरोना पुष्टी हुनेमा ४० महिला र १८ पुरुष रहेका छन् । ‘३ शय ९८ जना महिला र ३ शय २४ जना पुरुषको एन्टिजेन परीक्षण गर्‍यौं’ उनले भने, ‘उनीहरुमध्ये ५८ जनामा कोरोना देखियो ।’ संक्रमितमध्ये तीन जनामा अक्सिजन लेवल कम देखिएको छ । उनीहरुलाई शनिबार ‘फलो अप’ का लागि बोलाइएको दानीले बताए । Advertisement ‘भोलि पनि परीक्षण जारी रहन्छ, फलो अप गर्न आउँदा अक्सिजन लेवल घटेको पाइएमा उहाँहरुलाई थप उपचारका लागी गोरखा अस्पताल पठाउछौं,’ उनले भने । परीक्षणका लागि आएका अन्य बिरामीलाइ आवश्यक उपचारसहित औषधी उपलब्ध गराइएको उनले बताए । ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गण्डकी स्वा...
रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

देश, समाचार, सामाजिक
१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । Advertisement शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी रहने कार्यक्रम संयोजक एवं पार्टीका जिल्ला उपाध्यक्ष टेकबहादुर गुरुङले बताए । ‘निषेधाज्ञाका कारण होटेलहरु र यातायात सेवा समेत बन्द हुँदा अस्पताल भर्ना भएका विरामी तथा उपचारमा खटिने डाक्टर–नर्सलाई खाना र खाजा खान समस्या भएकाले अभियान चलाइएको हो’–गुरुङले भने । पार्टी नेता कार्यकर्ताबाट करिब दुई लाख रुपैयाँ संकलन गरेर एक हप्ताका लागि खाना तथा खाजा अभियान सञ्चालन गरिएको जनमुक्ति युवा मह...
भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या ४४ दिनयताकै कम

भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या ४४ दिनयताकै कम

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
१४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या ४४ दिनयताकै सबैभन्दा कम देखिएको छ ।' भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका एक लाख ८६ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । Advertisement उक्त अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६६० जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७५ लाख ५५ हजार नाघेको छ । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३ लाख १८ हजार ८९५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै केरला र कर्नाटकमा नयाँ संक्रमितको संख्या २४ हजारभन्दा धेरै छ । महाराष्ट्रमा पनि २१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोनाका सक्रिय स...
धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान, असई घाइते

धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान, असई घाइते

देश, समाचार, सामाजिक
१३ जेठ, विराटनगर । धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् । Advertisement जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । उनले भने, पछिपछि आएको अर्काे समूहले चौकी भित्र आक्रमण गर्न खोज्यो । त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज घाइते भएका छन् ।’ अस्थायी प्रहरी चौकी, धरान-१५ मा छ । ७-८ जनाको समूहको आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । उनीमाथि खुकुरी प्रहार भएको थियो । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए । घटनामा सात जना संलग्न रहेको भन्दै उनले भने, ‘नाका सिल गरेर खोजी गरिरहेका छौं ।’ ...
काठमाडौंका सिडिओ भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिँदैनौ

काठमाडौंका सिडिओ भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिँदैनौ

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबार देखि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने गरि निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो । बिहिबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरूसँग छलफल गरि आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरि व्यवस्था मिलाउन निर्देशन दिएको हो । ...
निषेधाज्ञा उल्लंघन गर्ने १५ सय ३८ वटा सवारी साधन होल्ड

निषेधाज्ञा उल्लंघन गर्ने १५ सय ३८ वटा सवारी साधन होल्ड

देश, समाचार, सामाजिक
काठमाडौं । प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञा नमान्ने १५ सय ३८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार देशभरबाट ४ सय ५६ वटा चारपाङ्ग्रे र १ हजार ८२ वटा दुईपांग्रे सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । Advertisement नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले होल्ड गरेर चालकलाई कोभिड–१९ बारे सचेत गराएर छाड्ने गरेको छ । मास्क नलगाई हिँड्ने ९ सय ४० जनालाई प्रहरीले बुधवार मास्क वितरण गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ मापदण्ड पालना नगर्ने १ सय ९८ जनालाई प्रहरीले जरिवाना गरेको छ । संक्रामक रोग ऐन–२०२० अनुसार बुधवार मात्रै २२ हजार जरिवाना असुल गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  साभार: रातोपाटी ...
मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौती थप पाँच दिन

मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौती थप पाँच दिन

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् । दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जनाएको हो । “औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ”, नगरप्रमुख टोकबहादुर तामाङले भने । नगरमा हाल ११८ पुरुषसहित १६९ सङ्क्रिय सङ्क्रमित रहेका छन् । Advertisement जिल्लामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि आजदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा ...