हुम्लामा शिक्षकद्वारा स्वास्थ्यकर्मी कुटिए
२१ जेठ, सुर्खेत । कोरोना संक्रमित श्रीमतीको उपचारमा लाप्रवाही गरेको भन्दै हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मीमाथी हातपात गरेका छन् ।
चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेको हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले जानकारी दिए ।
Advertisement
‘शिक्षकले नै स्वास्थ्यकर्मीमाथी हातपात गरेको उजुरी हामीकहाँ आएको छ,’ डीएसपी शर्माले भने, ‘हाम्रो टिम घटना स्थलमा गैसकेको छ, महामारीमा खटिने स्वास्थ्यकर्मीमाथीको हातपात शैय हुँदैन् ।’ चंखेली पुग्न सदरमुकामबाट दुई दिन पैदल हिड्नुपर्छ ।
शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढामाथि हातपात गर्नुका साथै शरिरमा सेनिटाइजर छरेर आगो लगाउने प्रयास गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
‘सेनिटाइजर टाउकोमा खन्याएर आगो लगाउने प...









