२०८० चैत्र १६

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२३ जेठ, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धादिङ, चितवन, गोरखा, रौतहट र रामेछापमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।

धादिङको धुनिवेशी नगरपालिका–९ काफलचौरमा ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । ना १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सोही ठाउँ बस्ने ४० वर्षीय रामकुमार तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको समाज अस्पताल सतुङ्गल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisement


यसैगरी धादिङकै गल्छी गाउँपालिका–७ भलटारमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय नवराज घिमिरेको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बुढीगण्डकी अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो । शंकास्पद एक ट्रकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा ना ५ ख ८१५५ नम्बरको ट्रक र बा ४८ प ८८३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ३५ वर्षीय विनोद अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–२९ जुगेडी बस्ने २८ वर्षीय  मनोज थापा क्षेत्रीलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएको छ । हाल फरार ट्रक चालकको खोजी गरिरहेको प्रहरीको भनाइ छ ।

यस्तै गोरखाको पालुङटार नगरपालिका–९ मसानठाँटीमा ग १ त ४२७८ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने धादिङ दार्खा–३ खनिया घर भएका २० वर्षीय याकुब तामाङको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको गौर नगरपालिका–४ मा बीआर ०५ एएच ७५४४ नम्बरको मोटरसाइकललाई ज १ त ४४१४ नम्बरको ट्याक्टरले शनिबार राति ठक्कर दिंदा मोटरसाइकल चालक वौधीमाई नगरपालिका–७ बंकुल बस्ने ३२ वर्षीय मुकेश जयसवालको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय शिवकुमार यादवलाई थप उपचारको लागि वीरगञ्ज पठाइएको छ । ट्याक्टर चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामेछापको मन्थली नगरपालिका–१ बसपार्कमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । ना ६ त ४५८५ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार दैलेख नौमुले गाउँपालिका–२ बस्ने २० वर्षीय कृष्ण शाहीको शनिबार साँझ मृत्यु भएको हो ।

ट्याक्टरबाट अचानक खस्दा गम्भीर घाइते भएका उनको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap