२०८३ असार १२

सामाजिक

थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।  Advertisement सोही अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने १२८८ जना निको भएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ७४ हजार ७२७ र एन्टिजेन विधिबाट ५२ हजार ४४३ जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ।   यस्तै मृतकको कुल संख्या ९ हजार ६६१ पुगेको छ।   साभार: रातोपाटी ...
बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

देश, समाचार, सामाजिक
बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो ।  उक्त नगरपालिका वडा नम्वर ११ स्थित  श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का  अरिब जसगढ,  सोही स्थानका बर्ष  १७ का  अरमान जसगढ र सदरलाईन  टोल बस्ने  वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो । Advertisement बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाउना साथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुको शव फेला पारेको हो । उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ । साभार: रातोपाटी ...
मकवानपुरमा ८१ किलो गाँजासहित ट्रक चालक पक्राउ

मकवानपुरमा ८१ किलो गाँजासहित ट्रक चालक पक्राउ

देश, समाचार, सामाजिक
६ साउन, काठमाडौं । मकवानपुरमा प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । Advertisement इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेगीलाई मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो । सडकमा शंकास्पद अवस्थामा रोकिराखेको ट्रकलाई चेकजाँच गर्दा पछाडि ढालामा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

देश, समाचार, सामाजिक
५ साउन, गोरखा । रोपाईं सकेर घर फर्कने क्रममा पोखरीमा डुवेर मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–८ मुलावारीका वुधबहादुर नेपालीकी १३ बर्षकी छोरी ऋचा रहेको प्रहरीले जनाएको छ । Advertisement प्रहरीका अनुसार रोपाइ सकेर घर फर्कदै गर्दा स्थानीय रनबहादुर गुरुङले खेतमा पानी लगाउन बनाएको पोखरीमा हात खुट्टा धुन गएकी उनी चिप्लिएर त्यही पोखरीमा खसेकी थिइन् । अचेत अवस्थामा स्थानीयले उनलाइ उद्धार गरेर धुवाकोट स्वास्थ्य चौकी पुर्‍याएका थिए । उपचारको क्रममा चिकित्सकले दिउँसो साढे दुई बजे बालिकालाई मृत घोषणा गरेको डिएसपी प्रकाश दाहालले बताए । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ । Credit: OnlineKhabar ...
रकम असुलेको आरोप लागेपछि पथलैयाका सबै ११ प्रहरी तानिए

रकम असुलेको आरोप लागेपछि पथलैयाका सबै ११ प्रहरी तानिए

देश, समाचार, सामाजिक
५ साउन, वीरगञ्ज । रकम असुलीमा संलग्न रहेको आशंकामा बाराको पथलैयास्थित प्रहरी चौकीमा कार्यरत सबै प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय तानिएका छन् । प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादव सहित त्यहाँ कार्यरत ११ जनाको टोलीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको हो । Advertisement उनीहरुको ठाउँमा ११ जनाको नयाँ टोली खटाइएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए । ‘रकम नै उठाएको प्रमाण त भेटिएको छैन, गाईंगुईं हल्ला भने सुन्न थालियो’ उनले भने ‘ कारबाही गर्न होइन, धेरै जनाको परिवर्तन गर्ने समय पनि पुगिसकेको थियो । सोधपुछका लागि पुरै टोलीलाई झिकाएका छौं ।’ प्रदेश ट्राफिक कार्यालय माथि पनि छानबिन सुरु भएको प्रहरी स्रोतले जनाएको छ । प्रदेश ट्राफिक कार्यालय पथलैयामा भने केन्द्रीय प्रहरी विभागका टोलीले अनुसन्धान गर्ने भएको छ । राजम...
सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
५ साउन, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जना पूजारीको मृत्यु भएको छ । बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठका पुजारी बिष्णु गाउँपालिका ८ बत्रौल निवासी किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेका ६० बर्षीय बैरागीको घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उक्त मठमा पूजारीको रुपमा विगत ४५ बर्षदेखि काम गर्दै आएका बैरागीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
चिकित्सा शिक्षा आयोगले परिक्षार्थीलाई बाड्यो चुच्चे नक्सा नभएको छाप लगाएर प्रवेश पत्र:

चिकित्सा शिक्षा आयोगले परिक्षार्थीलाई बाड्यो चुच्चे नक्सा नभएको छाप लगाएर प्रवेश पत्र:

देश, शिक्षा, समाचार, सामाजिक
आयुष बडाल विगत लामो समयदेखि रोकिएको स्नातक तह अध्ययनको लागी लिइने प्रवेश परीक्षा क्रमश:यहि महिनाको नौ गतेदेखि सुरु हुँदै छ।परिक्षामा सामेल हुने परिक्षार्थीलाई चिकित्सा शिक्षा आयोगले प्रवेश पत्र समेत अन्लाईन मार्फत वितरण गर्न थालीसकेको छ।थाल्न त थाल्यो,तर प्रवेश पत्रमा चुच्चे नक्सा भएको छाप लगाइएन बरु उहीँ पुरानो नक्सा भएको छाप लगाइयो।किन यस्तो गरियो? किन हटाइयो छापबाट चुच्चे नक्सा? जनजनको मनमा प्रश्न चिन्ह खडा भएको छ। Advertisement प्रवेश पत्र प्राप्त भए संगै हर कोहि सचेत विद्यार्थीको मन मा हर्ष र पीडा दुवैले स्थान पाएको छ। त्यो कसरी थाहा छ? एकातिर परिक्षा दिन पाउने खुसी र हर्ष त अर्को तिर आफ्नै भुभाग समेटिएको चुच्चे नक्सा गायब भएको छाप लगाइएको प्रवेश पत्र देख्दा पीडा र वेदनाले स्थान पाएको छ। यो विषयमा परिक्षार्थीले के भन्छन् त...
काठमाडौंमा फेरि बढ्यो कोरोना सङ्क्रमण दर

काठमाडौंमा फेरि बढ्यो कोरोना सङ्क्रमण दर

देश, समाचार, सामाजिक, स्वास्थ्य
 -शर्मिला पाठकपछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ता अघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो ।  निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा सङ्क्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या पनि बढेको हो । सङ्क्रमण दर बढ्दा महानगरले ३२ वडामा १६ केन्द्र बनाएर परीक्षण गरेको थियो । विगतका दैनिक एक हजार ५०० सम्म परीक्षण गर्दै आएको महानगरले परीक्षणलाई पनि घटाएर १५० मा झारेको छ ।  जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले भने, “पछिल्लो समय कामपामा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने अवस्थामा छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था फेरि जटिल बन्न सक्छ, त्यसैले सबैले ...
सिर्जना मृत्यु प्रकरण : ५ दिन बितिसक्दा पनि रहस्य खुलेन

सिर्जना मृत्यु प्रकरण : ५ दिन बितिसक्दा पनि रहस्य खुलेन

देश, समाचार, सामाजिक
झापा । सिर्जना बस्नेत आफू बस्ने घर सामुन्ने अर्धनग्न अवस्थामा मृत फेला परेको पाँच दिन बितिसक्दा पनि उनको मृत्युसँग सम्बन्धित रहस्य पत्ता लाग्न सकेको छैन । असार २७ गते बेलुका परिवारसँगै खाना खाएर सुतेकी बिर्तामोड–५, झापाकी सिर्जना बस्नेतको असार २८ गते बिहान आफू बस्ने घर अगाडि अर्धनग्न अवस्थामा शव फेला परेको थियो । घटना शंकास्पद र समवेदनशील भएको भन्दै प्रहरीले धरानबाट ‘ट्रयाकर डग’ झिकाएर अनुसन्धान अगाडि बढायो । ‘ट्रयाकर डग’ मृतक बस्ने घरकै तीन तल्लासम्म पुगेर फर्किएको प्रहरी अधिकारी बताउँछन । Advertisement प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक टोलीसमेत बोलाएर घटनास्थलमै शवको बाहिरी परीक्षण गरेको थियो । घरका सबै ढोकाहरु भित्रैबाट बन्द हुनु र खाना खाएर सुत्न गएकी सिर्जना बिहान घर बाहिर अर्धनग्न अवस्थामा मृत भेटिनुले ...
विराटनगरबाट कटुवा पेस्ताेलसहित जोगबनीका लागूऔषध कारोबारी पक्राउ

विराटनगरबाट कटुवा पेस्ताेलसहित जोगबनीका लागूऔषध कारोबारी पक्राउ

देश, समाचार, सामाजिक
३१ असार, विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्ला जोगबनी नगरपञ्चायत–९ टिकुलियाका ४१ वर्षीय पप्पुकुमार पटेललाई प्रहरीले गरेको हो । बुधबार राति साढे १० बजे थोत्रो बोरामा लागूऔषध र हतियार बोकेर पैदल आउने क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल प्रवेश गर्दा उनको हुलिया प्लास्टिकका सामग्री टिप्नेको जस्तै थियो । शंकास्पद देखिएपछि चेकजाँच गर्दा बोराबाट एउटा कटुवा पेस्तोल, लागूऔषध एभिल २९२ र लुपिजेसिक २९५ एम्पुल, एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ । Advertisement विराटनगर महानगरपालिका–१६ को सीमावर्ती क्षेत्रबाट पक्राउ परेका पटेललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । हतियार र लागूऔषध करोबारी पटेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी...