२०८२ मंसिर २९

सामाजिक

एक महिनादेखि बेपत्ता सुजिताको शव गाडिएको अवस्थामा भेटियो

एक महिनादेखि बेपत्ता सुजिताको शव गाडिएको अवस्थामा भेटियो

देश, समाचार, सामाजिक
२७ असार, जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् । उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए । Advertisement सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको छ,’ उनले भने, ‘तर शवको डीएनए परीक्षण गर्न बाँकी छ ।’ शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताए । सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । Credit: OnlineKhabar ...
कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
२७ असार, काठमाडौं । कतारले खोपको मात्रा पुरा गरेका यात्रुलाई क्वारेन्टिन बस्नु नपर्ने नियम ल्याएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार अब कतारमा दुबै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन । कतारमा कोभिड संक्रमण निको भएको १२ महिनाभित्र कतार प्रवेश गर्ने यात्रुलाई समेत अनिवार्य क्वारेन्टिनको प्रावधान हटाइएको छ । यो नियम सोमबारबाट लागू हुने दूतावासले जनाएको छ । Advertisement खोपको मात्रा पुरा नगरेका वा नलगाएका यात्रुले भने अनिवार्य रुपमा ‘डीस्कोभर कतार’ वेवसाइटबाट बुकिङ गरि १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाईनिस क्वारेन्टिन बस्नु पर्नेछ । तोकिएको शर्त पुरा गर्ने यात्रुले पारिवारिक भ्रमण, व्यवसाय र पर्यटक भिसा समेत पाउने छन् । यात्रा गर्नुअघि कम्तिमा १२ घण्टा अगाडी अनिवार्य एहतराज वेवसाइटमा अनलाइन...
थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ ।  Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै बितेको २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार ३६७(पीसीआर) र ३८ हजार ९९४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ जना पुगेको छ भने मृतकको संख्या ९ हजार २४८ पुगेको छ।   साभार: रातोपाटी ...
बैंकिङ कसुरमा निर्देशक शिशिर राणा पक्राउ

बैंकिङ कसुरमा निर्देशक शिशिर राणा पक्राउ

देश, समाचार, सामाजिक
कलाकार तथा निर्देशक शिशिरशमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो । बैंकिङ कसुरमा राणालाई पक्राउ गरिएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिएकी छन् । Advertisement बैंकिङ कसुरमा फरार रहेका राणालाई आज प्रहरीले पक्राउ गर्न सफल भएको हो । राणालाई उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएको सीआईबीले जनाएको छ । तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो । फिल्म क्षेत्रमा प्रोडक्सन म्यानेजरका रुपमा भित्रिएका राणा पछिल्लो समय कलाक...
काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमान ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । Advertisement मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका अम्बिकालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले वेलबारी नगरपालिका-७ स्थित खाली ग्वालीमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साभार: रातोपाटी ...
पोखरामा लागू औषधसहित दुई व्यक्ति पक्राउ

पोखरामा लागू औषधसहित दुई व्यक्ति पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरामा अवैध लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । पोखरा–११ तुलसी मार्गमा चेक जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीको टोलीले अपाचे मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । Advertisement प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा –११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन् । पक्राउ परेका विरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
ठोरीका किशोरीमा ‘मास हिस्टोरिया’को समस्या, धामी-झाँक्रीको भरमा उपचार

ठोरीका किशोरीमा ‘मास हिस्टोरिया’को समस्या, धामी-झाँक्रीको भरमा उपचार

देश, समाचार, सामाजिक
१८ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ स्याउली बस्तीमा १७ वर्षीया किशोरीलाई मास हिस्टोरियाको जस्तै लक्षण देखियो । उनी अचानक चिच्याउने, बेहोस हुने, उफ्रने, रुने, हाँस्ने गरिरहेकी थिइन् । तामाङ समुदायका उनीहरुले किशोरीलाई लामालाई देखाए । मकवानपुरको हेटौंडा लगेर धामी-झाँक्री लगाए । निको भएजस्तो भएपछि घर ल्याए । घरमा उनका साथीहरु भेट्न आए । भेट्न आएका साथीहरुमा पनि उनमा जस्तै समस्या देखिन थाल्यो । गाउँमा अहिले मास हिस्टोरियाको जस्तै लक्षण देखिएका बिरामी सात जना पुगिसकेका छन् । ८-९ देखि १७-१८ वर्षका किशोरीहरुमा समस्या देखिएको छ । Advertisement स्थानीय लालबहादुर श्रेष्ठका अनुसार उपचारका लागि अस्पताल लैजान आग्रह गर्दा परिवारका सदस्य मानिरहेका छैनन् । ‘दुई महिना अघि एक किशोरीलाई मास हिस्टोरिया देखिएकोमा अहिले सात जनामा समस्या देखिसकेको रहेछ । कुनैबेल...
कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने

कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने

देश, समाचार, सामाजिक
१८ असार, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत दुई वा सो भन्दा बढी छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीलाई जनही पाँच हजार पुरस्कार दिने निर्णय गरेको हो । Advertisement गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष सुशील बुढाथोकीका अनुसार पालिकाले दुई वा सो भन्दा बढी छोरी भइ स्थायी बन्ध्याकरण गर्ने दम्पतीको सम्मान स्वरुप छोरीहरुका नाममा जनही पाँच हजार दिने निर्णय भएको बताए । पालिकाले गाउँपालिकाभित्र दाइजो नलिने दम्पतीलाई स्वघोषणा गरेर वडा कार्यालयको सिफारिसमा पुरस्कृत गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षका लागि ७६ करोड ९६ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको बजेट ल्याएको पालिकाले दाइजो प्रथा र छोरी माथिको विभेद अन्त्यका लागि पुरस्कृत ग...
४० किलो गाँजासहित पर्साबाट दुईजना पक्राउ

४० किलो गाँजासहित पर्साबाट दुईजना पक्राउ

देश, समाचार, सामाजिक
१६ असार, वीरगञ्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ बस्ने ३९ वर्षीय बिरबहादुर प्रजा र १९ वर्षीय सोनालाल प्रजा रहेका छन् । Advertisement मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागू औषध गाँजा तस्करी भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। मंगलबार बिहान १ बजे पटेर्वासुगौली-२ मकवानी चौरीमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले नियन्त्रणमा लिएर सोधपुछ तथा चेकजाँच गरेको थियो । उनीहरुले पिठ्यूँमा बोकी ल्याएको ३ वटा बोराभित्र लागु औषध गाँजा ४० किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । गाजासह...
थप २,४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

थप २,४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३,८५३ जना संक्रमणमुक्त भएका छन् । कुन जिल्लामा कति संक्रमित थपिए ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३५५, झापामा १९३, मोरङमा ११६, ललितपुरमा ११२, सुनसरीमा ९४, चितवनमा ८०, कास्कीमा ७९, नवलपरासी पूरुवमा ६०, मकवामनपुरमा ४९, भक्तपुरमा ४७, धादिङमा ३८, नुवाकोटमा ३२, काभ्रेपलाञ्चोकमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै धनुषा, महोत्तरीमा १६/१६ जना, धनकुटामा १४, गुल्मी...