२०८३ असार १२

सामाजिक

महोत्तरीमा बालकको शव भेटियो, बाबुआमा पक्राउ

महोत्तरीमा बालकको शव भेटियो, बाबुआमा पक्राउ

देश, समाचार, सामाजिक
१४ साउन, जनकपुरधाम । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए । Advertisement बालकको घाँटीमा सानो दाग देखिएको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बुवा र सौतेनी आमा पक्राउ स्थानीयलाई उधृत गर्दै प्रहरीले जानकारी दिए अनुसार बालक आफ्ना सौतेनी आमासँगै बुधबार साँझ निस्केका थिए । तर, राति अबेरसम्म घर नआउँदा बालकको खोजी शुरु भएको थियो । खोजी गर्ने क्रममा बालकको शव फेला परेको डीएसपी विष्टल...
झापामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु

झापामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो । Advertisement कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चापागाईँले बताए । झापामा कोरोना सङ्क्...
गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशमा थप ६२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०७ जनाको नमुना परीक्षण गरिएकामा ६२५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २९० महिला र ३३५ जना पुरुष रहेका छन् । Advertisement प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की २५५, बागलुङ ६३, स्याङ्जा ५०, म्यादी ३२, पर्वत २१, गोरखा ४७, लमजुङ २०, तनहुँमा ६० र नवलपुरमा ७७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार २८९ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१७ का ७९ वर्षीय ...
नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए । Advertisement गए राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए । राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाही...
मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या

मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या

देश, समाचार, सामाजिक
मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । फुटबल खेल्ने क्रममा भएको विवादको रिसिबीका साँधेर भएको छुरा प्रहारबाट मोरङ उर्लाबारी –८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवं झगडा भएकोमा आज दिउँसो उनीमाथि छुरा प्रहार भएको थियो । दिउँसो १ः १५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते भएका थिए । ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुर्याइएको थियो । तर झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका चिकित्सकले उनलाई अस्पताल पुर्याउने बित्तिकै मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए । Advertisement प्रहरीका अनुसार  स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला ६–७ जनाको समूहमा रहेका युवाहरूले अभिषेकमाथि छुरा...
पोखरामा एक महिला मृत भेटिइन्

पोखरामा एक महिला मृत भेटिइन्

देश, समाचार, सामाजिक
पोखरामा एक महिला मृत फेला परेकी छन् । पोखरा महानगरपालिका–१५ अमिनतहरास्थित सेती नदी किनारमा अन्दाजी २५÷३० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । सोमबार बिहान मृत अवस्थामा भेटिएकी महिलाको पहिचान नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । Advertisement घटनाको जानकारी लगत्तै विशेषज्ञ सहितको प्रहरीको टोलीले शव निकालेर अनुसन्धान कार्य शुरु गरेको जनाएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।  घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।  साभार: रातोपाटी ...
सङ्क्रमण बढेपछि इलाममा निषेधाज्ञामा कडाइ

सङ्क्रमण बढेपछि इलाममा निषेधाज्ञामा कडाइ

देश, समाचार, सामाजिक
इलाम जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि त्यहाँ जारी निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ । प्रमुख बजार तथा घनावस्तीहरुमा कोभिड–१९ को सङ्क्रमण बढेको पाइएकोले त्यसलाई नियन्त्रण गर्न स्थानीय तहहरूको निर्णय र अनुरोधअनुसार निषेधाज्ञामा कडाइ गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । Advertisement प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार साउन १५ गतेसम्म थप गरिएको निषेधाज्ञामा जिल्लाका प्रमुख बजार र घनावस्तीहरुका तरकारी, खाद्यान्न र फलफूल पसलबाहेकका पसलहरू पूर्णरुपमा बन्द रहनेछन् । तरकारी, खाद्यान्न र फलफूल पसलहरू बिहान ११ बजेसम्म मात्र खुल्ला रहनेछन् । विभिन्न परीक्षाका परीक्षार्थीहरुले आफ्नो निवासबाट सोझै परीक्षा केन्द्रमा र परीक्षा केन्द्रबाट सोझै आफ्नो निवासमा आउन पाउनेछन् । अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा बाटो...
परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ

परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ परेका छन् । ललितपुर महानगरपालिका वडा नं २ का ३६ वर्षीय विजय श्याम रंजितलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो ।  Advertisement काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्रको प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा कीर्ते गरेर काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत गरेको उजुरी परेको थियो ।  सोबारे छानबिनपछि उनले कीर्ते गरेको पाइएसँगै ब्युरोको टोलीले उनलाई महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई  कानून बमोजिम “लिखत सम्वन्धि कसूर अपराधमा” कारवाहीको लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।  साभार: रातोपाटी ...
अब विद्युतीय दर्ता नम्बर देखाएर मात्रै खोप लगाउन पाइने

अब विद्युतीय दर्ता नम्बर देखाएर मात्रै खोप लगाउन पाइने

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौंमा १८ वर्ष देखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय दर्ता नम्बर भएमात्रै कोरोनाभाइरस (कोभिड—१९) बिरुद्धको खोप लगाउँन पाउने भएका छन् ।  Advertisement स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप लगाउनका लागि अब www.vaccine.mohp.gov.np मा गएर फारम भर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्ष देखि ५० वर्षका नागरिकले विद्युतीय दर्ता नम्बर लिएर खोप केन्द्रमा गएको खण्डमा मात्रै खोप लगाउन पाइने छ ।  ५० वर्ष माथिका नागरिकले पनि अनलाइन दर्ता गरी खोप लगाउँन खोप केन्द्रमा पुग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अनुरोध गरेको छ । जनस्वास्थ्य कार्यालयले सबै पालिका र वडाका नागरिकलाई यस बारे जानकारी गराउन आग्रह गरेको छ ।  साभार: रातोपाटी ...
निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न ढकालको आग्रह

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न ढकालको आग्रह

देश, समाचार, सामाजिक
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट सङ्कटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन् । शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गर्नुभयो । “सङ्कटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिहरूलाई चलायमान बनाउन जरुरी हुन्छ । यसका लागि अहिलेलाई खोप नै प्रमुख उपाय देखिएको छ । त्यसैले नयाँ सरकारसँग मेरो अनुरोध छ छिटोभन्दा छिटो सबै जनतालाई खोपको व्यवस्था गरौँ, ” उनले भने । Advertisement कोभिडपछि नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको बताउँदै, ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले हालै मात्र बैङ्कले वार्षिक÷अनिवार्...