२०८२ मंसिर २७

सामाजिक

सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
५ साउन, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जना पूजारीको मृत्यु भएको छ । बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठका पुजारी बिष्णु गाउँपालिका ८ बत्रौल निवासी किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेका ६० बर्षीय बैरागीको घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उक्त मठमा पूजारीको रुपमा विगत ४५ बर्षदेखि काम गर्दै आएका बैरागीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
चिकित्सा शिक्षा आयोगले परिक्षार्थीलाई बाड्यो चुच्चे नक्सा नभएको छाप लगाएर प्रवेश पत्र:

चिकित्सा शिक्षा आयोगले परिक्षार्थीलाई बाड्यो चुच्चे नक्सा नभएको छाप लगाएर प्रवेश पत्र:

देश, शिक्षा, समाचार, सामाजिक
आयुष बडाल विगत लामो समयदेखि रोकिएको स्नातक तह अध्ययनको लागी लिइने प्रवेश परीक्षा क्रमश:यहि महिनाको नौ गतेदेखि सुरु हुँदै छ।परिक्षामा सामेल हुने परिक्षार्थीलाई चिकित्सा शिक्षा आयोगले प्रवेश पत्र समेत अन्लाईन मार्फत वितरण गर्न थालीसकेको छ।थाल्न त थाल्यो,तर प्रवेश पत्रमा चुच्चे नक्सा भएको छाप लगाइएन बरु उहीँ पुरानो नक्सा भएको छाप लगाइयो।किन यस्तो गरियो? किन हटाइयो छापबाट चुच्चे नक्सा? जनजनको मनमा प्रश्न चिन्ह खडा भएको छ। Advertisement प्रवेश पत्र प्राप्त भए संगै हर कोहि सचेत विद्यार्थीको मन मा हर्ष र पीडा दुवैले स्थान पाएको छ। त्यो कसरी थाहा छ? एकातिर परिक्षा दिन पाउने खुसी र हर्ष त अर्को तिर आफ्नै भुभाग समेटिएको चुच्चे नक्सा गायब भएको छाप लगाइएको प्रवेश पत्र देख्दा पीडा र वेदनाले स्थान पाएको छ। यो विषयमा परिक्षार्थीले के भन्छन् त...
काठमाडौंमा फेरि बढ्यो कोरोना सङ्क्रमण दर

काठमाडौंमा फेरि बढ्यो कोरोना सङ्क्रमण दर

देश, समाचार, सामाजिक, स्वास्थ्य
 -शर्मिला पाठकपछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ता अघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो ।  निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा सङ्क्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या पनि बढेको हो । सङ्क्रमण दर बढ्दा महानगरले ३२ वडामा १६ केन्द्र बनाएर परीक्षण गरेको थियो । विगतका दैनिक एक हजार ५०० सम्म परीक्षण गर्दै आएको महानगरले परीक्षणलाई पनि घटाएर १५० मा झारेको छ ।  जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले भने, “पछिल्लो समय कामपामा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने अवस्थामा छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था फेरि जटिल बन्न सक्छ, त्यसैले सबैले ...
सिर्जना मृत्यु प्रकरण : ५ दिन बितिसक्दा पनि रहस्य खुलेन

सिर्जना मृत्यु प्रकरण : ५ दिन बितिसक्दा पनि रहस्य खुलेन

देश, समाचार, सामाजिक
झापा । सिर्जना बस्नेत आफू बस्ने घर सामुन्ने अर्धनग्न अवस्थामा मृत फेला परेको पाँच दिन बितिसक्दा पनि उनको मृत्युसँग सम्बन्धित रहस्य पत्ता लाग्न सकेको छैन । असार २७ गते बेलुका परिवारसँगै खाना खाएर सुतेकी बिर्तामोड–५, झापाकी सिर्जना बस्नेतको असार २८ गते बिहान आफू बस्ने घर अगाडि अर्धनग्न अवस्थामा शव फेला परेको थियो । घटना शंकास्पद र समवेदनशील भएको भन्दै प्रहरीले धरानबाट ‘ट्रयाकर डग’ झिकाएर अनुसन्धान अगाडि बढायो । ‘ट्रयाकर डग’ मृतक बस्ने घरकै तीन तल्लासम्म पुगेर फर्किएको प्रहरी अधिकारी बताउँछन । Advertisement प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक टोलीसमेत बोलाएर घटनास्थलमै शवको बाहिरी परीक्षण गरेको थियो । घरका सबै ढोकाहरु भित्रैबाट बन्द हुनु र खाना खाएर सुत्न गएकी सिर्जना बिहान घर बाहिर अर्धनग्न अवस्थामा मृत भेटिनुले ...
विराटनगरबाट कटुवा पेस्ताेलसहित जोगबनीका लागूऔषध कारोबारी पक्राउ

विराटनगरबाट कटुवा पेस्ताेलसहित जोगबनीका लागूऔषध कारोबारी पक्राउ

देश, समाचार, सामाजिक
३१ असार, विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्ला जोगबनी नगरपञ्चायत–९ टिकुलियाका ४१ वर्षीय पप्पुकुमार पटेललाई प्रहरीले गरेको हो । बुधबार राति साढे १० बजे थोत्रो बोरामा लागूऔषध र हतियार बोकेर पैदल आउने क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल प्रवेश गर्दा उनको हुलिया प्लास्टिकका सामग्री टिप्नेको जस्तै थियो । शंकास्पद देखिएपछि चेकजाँच गर्दा बोराबाट एउटा कटुवा पेस्तोल, लागूऔषध एभिल २९२ र लुपिजेसिक २९५ एम्पुल, एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ । Advertisement विराटनगर महानगरपालिका–१६ को सीमावर्ती क्षेत्रबाट पक्राउ परेका पटेललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । हतियार र लागूऔषध करोबारी पटेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी...
बालिका बलात्कारको आरोपमा युवक पक्राउ

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

देश, समाचार, सामाजिक
३० असार, वीरगञ्ज । पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् । Advertisement प्रहरीका अनुसार उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाको अभिभावकको दावी छ । पक्राउ परेका धर्मराजविरुद्ध अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । Credit: OnlineKhabar ...
नारायणी अस्पताललाई सूर्य नेपालको सहयोग

नारायणी अस्पताललाई सूर्य नेपालको सहयोग

देश, समाचार, सामाजिक, स्वास्थ्य
३० असार, वीरगञ्ज । सूर्य नेपाल प्रालि सिमराले वीरगञ्जस्थित नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सूर्य नेपालले कोभिड–१९ को उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण गरेको हो । Advertisement सूर्य नेपालले ५ थान मोनिटर, १० थान, एक थान एबीजी मेसिन र १२ थान ह्वील चियर हस्तान्तरण गर्नुका साथै २६० मिटर अक्सिन एण्ड सक्सन कपर पाइपलाइन इन्स्टालेसन गरिदिएको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए । सूर्य नेपाल प्रालिले मात्रै ४० लाख मूल्य बराबरको सहयोग गरेको उनले बताए । Credit: OnlineKhabar ...
आयल निगमको थानकोट डिपोमा पाँच विद्यार्थी संगठनको धर्ना

आयल निगमको थानकोट डिपोमा पाँच विद्यार्थी संगठनको धर्ना

देश, समाचार, सामाजिक
३० असार, काठमाडौं । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले थानकोटस्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेताहरु बुधबार बिहान साढे नौ बजेदेखि धर्नामा बसेका हुन् । Advertisement असार २९ गतेसम्मको अल्टिमेटमभित्र पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरिएकाले थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि धर्नामा बसेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनहरुले आजबाट देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । पेट...
नदीमा डुबेर बालिकाको मृत्यु

नदीमा डुबेर बालिकाको मृत्यु

देश, समाचार, सामाजिक
२८ असार, वीरगञ्‍ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो । Advertisement उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन् । नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । Credit: OnlineKhabar ...
मानसिक अस्पतालका डाक्टर मृत भेटिए

मानसिक अस्पतालका डाक्टर मृत भेटिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
२७ असार, काठमाडौं । मानसिक अस्पताल, पाटनका चिकित्सक गेष्ट हाउसमा मृत भेटिएका छन् । डा. सुदीप अर्याल आइतबार बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका हुन् । Advertisement गेष्ट हाउसका कर्मचारीहरुले बताएअनुसार उनले आइतबार बिहान मात्र कोठा लिएका थिए । कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा खोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । उनको झोलामा ‘सल्फस’ नामक विषादी भेटिएको र शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । Credit: OnlineKhabar ...