२०८१ बैशाख १७

थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 


Advertisement


सोही अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने १२८८ जना निको भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ७४ हजार ७२७ र एन्टिजेन विधिबाट ५२ हजार ४४३ जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ।  

यस्तै मृतकको कुल संख्या ९ हजार ६६१ पुगेको छ।  

साभार: रातोपाटी

Copy link
Powered by Social Snap