२०८० चैत्र १५

चिकित्सा शिक्षा आयोगले परिक्षार्थीलाई बाड्यो चुच्चे नक्सा नभएको छाप लगाएर प्रवेश पत्र:

आयुष बडाल


विगत लामो समयदेखि रोकिएको स्नातक तह अध्ययनको लागी लिइने प्रवेश परीक्षा क्रमश:यहि महिनाको नौ गतेदेखि सुरु हुँदै छ।परिक्षामा सामेल हुने परिक्षार्थीलाई चिकित्सा शिक्षा आयोगले प्रवेश पत्र समेत अन्लाईन मार्फत वितरण गर्न थालीसकेको छ।थाल्न त थाल्यो,तर प्रवेश पत्रमा चुच्चे नक्सा भएको छाप लगाइएन बरु उहीँ पुरानो नक्सा भएको छाप लगाइयो।किन यस्तो गरियो?

किन हटाइयो छापबाट चुच्चे नक्सा?

जनजनको मनमा प्रश्न चिन्ह खडा भएको छ।


Advertisement


प्रवेश पत्र प्राप्त भए संगै हर कोहि सचेत विद्यार्थीको मन मा हर्ष र पीडा दुवैले स्थान पाएको छ। त्यो कसरी थाहा छ? एकातिर परिक्षा दिन पाउने खुसी र हर्ष त अर्को तिर आफ्नै भुभाग समेटिएको चुच्चे नक्सा गायब भएको छाप लगाइएको प्रवेश पत्र देख्दा पीडा र वेदनाले स्थान पाएको छ।

यो विषयमा परिक्षार्थीले के भन्छन् त?

हाम्रो प्रश्नमा एक परिक्षार्थीको यस्तो जवाफ आयो: “हतारको काम लतरपतर भयो या मन्त्री प्रधानमन्त्री कै आदेश मा यस्तो गरियो थाहा छैन।यो घटनाको बारेमा निष्पक्ष छानबिन गरेर,दोषी उपर कार्वाही होस् र प्रवेश पत्रको छाप सच्चाइयोस्।हामी जस्तो पढे लेखेको विद्यार्थीले यस्तो अवैधानिक प्रवेश पत्र बोकेर परीक्षा स्थलमा जान सकिँदैन र हाम्रो अस्तित्वले नि यस्तो राष्ट्रघाटी काम गर्न दिदैन।” साथै नागरिक अगुवा तथा बुद्धिजिविको राय पनि हामीले लिएका छौं। “सरकार परिवर्तन भए संगै रातारात चुच्चे नक्सा गायब पारियो।छिमेकीहरुलाई कमफर्टेबल बनाउने एउटा तरिका सरकारले अपनाएको देखीयो।संसदबाट सर्वसम्मत पास भएको नक्सा हटाउन पाइदैन।पुराना छाप भएका प्रवेश पत्रलाई जलाएर चुच्चे नक्सा भएको छाप लगाएको प्रवेश पत्र वितरण गर्न सरोकारवालालाई आग्रह गर्न चाहन्छु।”एकजना नागरिक अगुवा तथा बुद्धिजिविले हाम्रो प्रश्नमा यस्तो जवाफ फर्काए।

देशको नक्सा र सरकारी कार्यलयले प्रयोग गर्ने छाप जस्तो संवेदनशिल चिजमा भएको यो कार्य प्रती सबै चिन्तित छन् र सबैले यो विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने समेत जानकारी दिएका छन्।

Copy link
Powered by Social Snap