२०८२ पुष १

सामाजिक

एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना पक्राउ

एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना पक्राउ

देश, समाचार, सामाजिक
Modern metal handcuffs. Vector illustration in flat style १४ असार, मोरङ। बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो. ईम्तियाज रहेका छन् । Advertisement उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले १ थान ताला फोड्न प्रयोग भएको हथौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल बरामद गरेको हो । साथै उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ । Credit: OnlineKhabar ...
मालु कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात, तीनजना पक्राउ

मालु कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात, तीनजना पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ असार, दोलखा। दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गयराति हातपात भएको छ । राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए । Advertisement गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार अस्पताल परिसरमा प्रवेश गरी कोभिडबाहेक अन्य बिरामीको समेत उपचार गर्नका लागि दवाव दिँदै चिकित्सकमाथि हातपात भएको थियो । बन्द ढोका नाघेर प्रवेश गरेका ती युवालाई अस्पतालमा कोरोनाका बिरामी रहेको कारण भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिड बिरामीभन्दा छुट्टै परीक्षण गराउने बताउँदा पनि एक्कासि आफूमाथि हातपात गरेको डा. कार्कीले बताए । चार युवाले आफूहरुम...
रोपाइँ सकिएका क्षेत्रको गणना स्याटेलाइटबाट हुँदै

रोपाइँ सकिएका क्षेत्रको गणना स्याटेलाइटबाट हुँदै

देश, समाचार, सामाजिक
१३ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तराईका २१ जिल्लामा स्याटेलाइटबाट धान रोपाइँको क्षेत्रफल गणना गररिहेको छ । नेपालमा उत्पादन हुने कुल धान उत्पादनको ७४ प्रतिशत उत्पादन ओगट्ने उक्त क्षेत्रमा दोस्रोपटक यसरी गणना सुरु गरिएको मन्त्रालयले जनाएको छ । पूर्वमा झापादेखि पश्चिमको कन्चनपुरसम्मका धेरै धान खेती हुने २१ जिल्लामा गतवर्षबाट सूरु भएको पाइलट परियोजना यस वर्ष पनि निरन्तर रहेको मन्त्रालय प्रवक्ता डा.श्रीराम घिमिरेले जानकारी दिए । Advertisement जिल्लाबाट पहिले जसरी आउने नियमित तथ्याङ्कका अलवा प्रविधिमा आधारित विवरणहरु संकलन र प्रशोधनको काम थालिएको प्रवक्ता घिमिरेले बताए । ‘मन्त्रालयको कृषि भौगोलिक सूचना शाखा, नार्क र इसीमोडको सहकार्यमा यस प्रविधिमा काम थलिएको हो,’ सहसचिव एवम् प्रवक्ता डा घिमिरेले भने । यसअघि पालिका र जिल्ला हु...
गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु

गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु

देश, समाचार, सामाजिक
१२ असार, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । Advertisement शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको  छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक सन्तोष चन्दसहित ५ जनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । Credit: OnlineKhabar ...
मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन मुश्किल

मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन मुश्किल

देश, समाचार, सामाजिक
१२ असार, मनाङ । जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुल बाढीबाट जोगाउन हम्मे हम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो । अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका काठ पुलमा अड्किदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ । Advertisement वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा जेसिबी प्रयोग गर्न मुश्किल भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । ‘नदीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ, त्यसैले मेसिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो । तेल त आइपुग्यो । काम गर्न सकिएको छैन’ उनले भने, ‘पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल बचाउन र बस्ती बचाउन साह्रै ग...
सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु

सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु

देश, समाचार, सामाजिक
१२ असार, सप्तरी । सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । Advertisement पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करले स.११ प २५८५ नम्बरको मोटरसाइकलमा सबार रुपनी गाउँपालिका ३ कि ८ बर्षकी यशोधा देवीको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्धिवेदीले बताए । यो मोटरसाइकल मृतक बालिकाको मामा कुसुमलाल मण्डलले चलाइरहेका थिए । मोटरसाइकलमा मण्डलसहित उनकी दिद...
कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए

कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ असार, काठमाडौं । २०७६ सालको चैतदेखि ०७८ सालको जेठसम्म विभिन्न कारणले २६८ जना गर्भवतीले ज्यान गुमाएका छन् । ०७७ सालको चैतदेखि ०७८ को जेठसम्म मात्रै ४५ जना गर्भवतीले ज्यान गुमाएको परीवार कल्याण महाशाखाले जनाएको छ । Advertisement महाशाखाको अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ३३ जना गर्भवतीको ज्यान गएको छ । महाशाखामा आएको तथ्यांकहरु मध्ये अस्पतालमा भर्ना भएपछि ज्यान गुमाउने संख्या रहेको मातृ तथा शिशु स्वास्थ्य शाखा प्रमुख डा.पुन्य गौतमले जानकारी दिइन् । उनले भनिन् ‘ढिलो गरी अस्पताल भर्ना हुँदा बचाउन नसकिएको देखिएको छ ।’ महाशाखाले जनाए अनुसार अत्यधिक रक्तश्राव, बच्चा जन्माउन नसकेको कारण भन्दा ‘नन अब्सटेट्रिक कन्डिसन’ अन्य स्वास्थ्य समस्याको कारण ज्यान गुमाउने गर्भवतीहरुको संख्या बढी छ । समुदायमा नै ज्यान गुमाउने गर्भवतीको ज्यान जानुको कारण स्पष्ट नआ...
बागलुङमा दुई जना कोरोना संक्रमितको मृत्यु

बागलुङमा दुई जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ असार, बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो । ६८ वर्षीयको मंगलबार बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । Advertisement कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना भएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाउनुभएका बागलुङ–२ का पुरुषमा भने आजै कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाको लक्षण देखिएपछि उनको सोमबार साँझ मात्रै स्वाबको नमुना संकलन गरिएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको जनाइएको छ । ज...
ललितपुरमा दुई हजार ५०० जनालाई  कोभिशिल्डको दोस्रो डोज लगाइँदै

ललितपुरमा दुई हजार ५०० जनालाई कोभिशिल्डको दोस्रो डोज लगाइँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ असार, काठमाडौं । ललितपुर महागरपालिकामा कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो । यसअघि पहिलो डोज लगाएका ७० वर्षमाथिका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले खोप लगाउन पाउनेछन् । Advertisement खोप लगाउनेले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्रसमेत लिएर उपस्थित हुनु पर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । खोप लगाउनका लागि लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा केन्द्र तोकिएको छ ...
बलात्कार प्रयासको पोल खुल्ने डरले बालिकाको हत्या

बलात्कार प्रयासको पोल खुल्ने डरले बालिकाको हत्या

देश, समाचार, सामाजिक
७ असार, सप्तरी । सप्तरीमा चार दिनअघि मृत फेला परेकी बालिकाको जबर्जस्ती करणीको प्रयासपछि हत्या भएको खुलेको छ । असार ४ गते डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो । प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले बालिकाकै गाउँका १९ वर्षका युवक रोहितकुमार यादवलाई पक्राउ गरेको छ । Advertisement यादवलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा आइतबार राति पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए । यादवविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दरखास्त परेको उनले बताए । प्रहरीका अनुसार गत शुक्रबार शिवानी र उनकी बहिनी बाख्रा चराउन र घाँस काट्न सँगै घरबाट निस्केका थिए । बहिनी बाख्रा हेर्न गएका बेला शिवानी आँप लिने छिमेकीक...