२०८३ असार १२

सामाजिक

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

देश, समाचार, सामाजिक
३० असार, वीरगञ्ज । पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् । Advertisement प्रहरीका अनुसार उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाको अभिभावकको दावी छ । पक्राउ परेका धर्मराजविरुद्ध अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । Credit: OnlineKhabar ...
नारायणी अस्पताललाई सूर्य नेपालको सहयोग

नारायणी अस्पताललाई सूर्य नेपालको सहयोग

देश, समाचार, सामाजिक, स्वास्थ्य
३० असार, वीरगञ्ज । सूर्य नेपाल प्रालि सिमराले वीरगञ्जस्थित नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सूर्य नेपालले कोभिड–१९ को उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण गरेको हो । Advertisement सूर्य नेपालले ५ थान मोनिटर, १० थान, एक थान एबीजी मेसिन र १२ थान ह्वील चियर हस्तान्तरण गर्नुका साथै २६० मिटर अक्सिन एण्ड सक्सन कपर पाइपलाइन इन्स्टालेसन गरिदिएको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए । सूर्य नेपाल प्रालिले मात्रै ४० लाख मूल्य बराबरको सहयोग गरेको उनले बताए । Credit: OnlineKhabar ...
आयल निगमको थानकोट डिपोमा पाँच विद्यार्थी संगठनको धर्ना

आयल निगमको थानकोट डिपोमा पाँच विद्यार्थी संगठनको धर्ना

देश, समाचार, सामाजिक
३० असार, काठमाडौं । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले थानकोटस्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेताहरु बुधबार बिहान साढे नौ बजेदेखि धर्नामा बसेका हुन् । Advertisement असार २९ गतेसम्मको अल्टिमेटमभित्र पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरिएकाले थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि धर्नामा बसेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनहरुले आजबाट देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । पेट...
नदीमा डुबेर बालिकाको मृत्यु

नदीमा डुबेर बालिकाको मृत्यु

देश, समाचार, सामाजिक
२८ असार, वीरगञ्‍ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो । Advertisement उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन् । नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । Credit: OnlineKhabar ...
मानसिक अस्पतालका डाक्टर मृत भेटिए

मानसिक अस्पतालका डाक्टर मृत भेटिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
२७ असार, काठमाडौं । मानसिक अस्पताल, पाटनका चिकित्सक गेष्ट हाउसमा मृत भेटिएका छन् । डा. सुदीप अर्याल आइतबार बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका हुन् । Advertisement गेष्ट हाउसका कर्मचारीहरुले बताएअनुसार उनले आइतबार बिहान मात्र कोठा लिएका थिए । कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा खोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । उनको झोलामा ‘सल्फस’ नामक विषादी भेटिएको र शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । Credit: OnlineKhabar ...
एक महिनादेखि बेपत्ता सुजिताको शव गाडिएको अवस्थामा भेटियो

एक महिनादेखि बेपत्ता सुजिताको शव गाडिएको अवस्थामा भेटियो

देश, समाचार, सामाजिक
२७ असार, जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् । उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए । Advertisement सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको छ,’ उनले भने, ‘तर शवको डीएनए परीक्षण गर्न बाँकी छ ।’ शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताए । सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । Credit: OnlineKhabar ...
कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
२७ असार, काठमाडौं । कतारले खोपको मात्रा पुरा गरेका यात्रुलाई क्वारेन्टिन बस्नु नपर्ने नियम ल्याएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार अब कतारमा दुबै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन । कतारमा कोभिड संक्रमण निको भएको १२ महिनाभित्र कतार प्रवेश गर्ने यात्रुलाई समेत अनिवार्य क्वारेन्टिनको प्रावधान हटाइएको छ । यो नियम सोमबारबाट लागू हुने दूतावासले जनाएको छ । Advertisement खोपको मात्रा पुरा नगरेका वा नलगाएका यात्रुले भने अनिवार्य रुपमा ‘डीस्कोभर कतार’ वेवसाइटबाट बुकिङ गरि १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाईनिस क्वारेन्टिन बस्नु पर्नेछ । तोकिएको शर्त पुरा गर्ने यात्रुले पारिवारिक भ्रमण, व्यवसाय र पर्यटक भिसा समेत पाउने छन् । यात्रा गर्नुअघि कम्तिमा १२ घण्टा अगाडी अनिवार्य एहतराज वेवसाइटमा अनलाइन...
थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ ।  Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै बितेको २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार ३६७(पीसीआर) र ३८ हजार ९९४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ जना पुगेको छ भने मृतकको संख्या ९ हजार २४८ पुगेको छ।   साभार: रातोपाटी ...
बैंकिङ कसुरमा निर्देशक शिशिर राणा पक्राउ

बैंकिङ कसुरमा निर्देशक शिशिर राणा पक्राउ

देश, समाचार, सामाजिक
कलाकार तथा निर्देशक शिशिरशमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो । बैंकिङ कसुरमा राणालाई पक्राउ गरिएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिएकी छन् । Advertisement बैंकिङ कसुरमा फरार रहेका राणालाई आज प्रहरीले पक्राउ गर्न सफल भएको हो । राणालाई उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएको सीआईबीले जनाएको छ । तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो । फिल्म क्षेत्रमा प्रोडक्सन म्यानेजरका रुपमा भित्रिएका राणा पछिल्लो समय कलाक...
काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमान ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । Advertisement मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका अम्बिकालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले वेलबारी नगरपालिका-७ स्थित खाली ग्वालीमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साभार: रातोपाटी ...