२०८३ असार १९

राजनीति

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले खटायो विज्ञ टोली

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले खटायो विज्ञ टोली

देश, राजनीति, समाचार
काठमाडौँ — सार्वजनिक सेवा लिन दिक्दारलाग्दो लाइनमा बस्नुपर्ने बाध्यता हटाउनका लागि गृह मन्त्रालयले विज्ञको टोली परिचालन गरेको छ । राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकतालगायतका अत्यावश्यक कागजपत्र लिने क्रममा वर्षौंदेखि सर्वसाधारणले सास्ती खेप्दै आएको गुनासोपछि गृह मन्त्रालयले अग्रसरता देखाएको हो ।  गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलले बाहिरबाट विज्ञहरू ल्याएर परिचालन गरिएको जानकारी दिए । लामा लाइन देखिएका विभिन्न निकायमा विज्ञहरूको टोली खटिइसकेको पनि प्रवक्ता पोखरेलले बताए । उनले भने, 'बाहिरबाट विज्ञहरूको टोली ल्याइएको छ। उहाँहरूले विभिन्न निकायमा देखिएका समस्याको अनुगमन र निरीक्षण गर्दै हुनुहुन्छ । उहाँहरूले दिएको सुझावका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्नेछ । यथास्थितिबाटै सुधार हुने भए सोहीबमोजिम र सेवा विस्तार गर्नुपर्ने भएमा त्यसैअनुसार गरिने छ ।'...
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता, के भयो छलफल ?

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता, के भयो छलफल ?

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्री रविको सचिवालयले जनाएको छ ।  भेटमा मन्त्रालय बाँडफाँट तथा अन्य पद भागबण्डाका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ ।  मन्त्रिपरिषद् गठन भएको एक हप्ता हुन लागे पनि प्रधानमन्त्रीबाहेक तीन मन्त्रीको मात्रै मन्त्रालय तोकिएको छ । भागबण्डा नमिल्दा नवनियुक्त अन्य मन्त्रीको जिम्मेवारी तोकिएको छैन भने मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन ।   ...
सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

राजनीति
अत्तरिया । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् ।   आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन् । एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।  ...
प्रदेश-१ कांग्रेस संसदीय दलको चुनावमा अमृत अर्याललाई समर्थक र प्रस्तावकले नै मत नदिएपछि …

प्रदेश-१ कांग्रेस संसदीय दलको चुनावमा अमृत अर्याललाई समर्थक र प्रस्तावकले नै मत नदिएपछि …

राजनीति
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको शुक्रबार भएको चुनावको नतिजा पहिलो चरणमा नतिजा नआउने अनुमान कांग्रेस वृत्तमै थियो। संस्थापन पक्षबाटै दुई जना उम्मेदवार भएको र संस्थापनइतर समूहका उम्मेदवारका पक्षमा बहुमत पुग्ने अवस्था नदेखिएका कारण चुनाव दोस्रो चरणमा जाने अनुमान थियो। तर, नतिजा पहिलो चरणमै आयो। संस्थापन पक्षका कृष्णप्रसाद सिटौलानिकट झापाका उद्धव थापा १८ मत पाएर दलको नेता चुनिए। शेखर कोइरालानिकट केदार कार्कीले आफ्नो समूहको शतप्रतिशत अर्थात् ९ मत पाएर दोस्रो भए। संस्थापन पक्षमा पनि सभापति शेरबहादुर देउवानिकट मानिने मोरङका अमृत अर्याल भने आफ्नै समर्थक र प्रस्तावकको मत पाउनबाटै विफल देखिएका छन्। संसदीय दलको नेताका लागि उम्मेदवारी दिने क्रममा अर्यालको प्रस्तावक डोल्मा तामाङ र समर्थक सुनिताकुमारी चौधरी थिए। समर्थक र प्रस्तावकको मत आएको भए उनले आफूसहितको ३ मत पाउने सम्भाव...
प्रधानमन्त्रीलाई चिनियाँ समकक्षीको बधाई

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षीको बधाई

राजनीति
काठमाडौं । नेपालका लागि चिनियाँ ‘चार्ज डी अफेयर्स’ वाङ जिनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शिष्टाचार भेटवार्ता गरेका छन् । वाङले प्रधानमन्त्रीलाई भेटेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री दाहालसँग यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरिसकेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएसँगै दाहाललाई छिमेकी देश भारत र चीनले बधाई दिएका थिए । ...
सुदूरपश्चिममा एकीकृत समाजवादीको संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन

सुदूरपश्चिममा एकीकृत समाजवादीको संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन

राजनीति
धनगढी । नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी सर्वसम्मत रूपमा चयन भएका छन् । दलको उपनेतामा प्रकाश रावल र प्रमुख सचेतकमा नरेश शाही चयन भए । दुवैजना दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।प्रदेश सभा सदस्य माया पन्तलाई सचेतकको जिम्मेवारी दिइएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसद छन् ।सोडारी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री छन् भने रावल आर्थिक मामिला मन्त्री छन् । ...
लुम्बिनीमा राप्रपाको संसदीय दलको नेतामा चौधरी चयन

लुम्बिनीमा राप्रपाको संसदीय दलको नेतामा चौधरी चयन

राजनीति
राप्रपा लुम्बिनीको संसदीय दलको नेतामा चयन भएका आशिषकुमार चौधरी । बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ । शुक्रबार संसदीय दलको बैठकले रूपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले जानकारी दिए । सचेतकमा बाँकेकी मीनाकुमार श्रेष्ठ चयन भएकी छन् ।लुम्बिनीमा राप्रपाका प्रत्यक्षबाट दुई र समानुपातिकबाट दुई गरी ४ सांसद छन् । लुम्बिनीमा प्रमुख दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतले दलको नेता चयन गर्न बाँकी छ । प्रदेश सभाको अधिवेशन यही पुस १८ गतदेखि दाङको भालुवाङमा सुरु हुँदै छ । ...
मधेस प्रदेशसभा : १०४ सदस्यले लिए शपथ, कर्ण र हैदरको रोकियो

मधेस प्रदेशसभा : १०४ सदस्यले लिए शपथ, कर्ण र हैदरको रोकियो

राजनीति
जनकपुरधाम । मधेस प्रदेशसभाका १०४ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानले सदस्यहरुलाई शपथ खुवाएका हुन् । तर, प्रदेशसभा सदस्यमा निर्वाचित सप्तरीकी माला कर्ण र महोत्तरीका रजी हैदरले भने आज शपथ ग्रहण गरेका छैनन् । दुवैजना समानुपातिक सांसद हुन् ।  सर्वोच्च अदालतको आदेशअनुसार कर्ण र हैदरको शपथ रोकिएको प्रदेशसभा सचिव रञ्जित यादवले जानकारी दिए । ...
सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले लिए पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले लिए पद तथा गोपनीयताको शपथ

राजनीति
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेशसभा हलमा ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराएका हुन् ।  त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएका हुन् । शपथमा ६ जनाले मातृभाषामा शपथ लिएका थिए ।  ...
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

राजनीति
१५ पुस, काठमाडौं । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो । संसदीय दलको नेतामा शेखर कोइराला निकट केदार कार्की र संस्थापन पक्षका अमृत अर्याल प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको नेता चुनिए । कार्कीले ९ र अर्याल २ मत पाए । संसदीय दलको नेता चुनिएका थापा पार्टीको प्रदेश १ सभापति एवम् झापा जिल्लाको पूर्व सभापति पनि हुन् । ...