२०८१ जेष्ठ २

सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल




अत्तरिया । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् ।  


Advertisement


आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन् ।



एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो । 

Copy link
Powered by Social Snap