२०८१ बैशाख १७

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता, के भयो छलफल ?




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्री रविको सचिवालयले जनाएको छ । 


Advertisement


भेटमा मन्त्रालय बाँडफाँट तथा अन्य पद भागबण्डाका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ । 



मन्त्रिपरिषद् गठन भएको एक हप्ता हुन लागे पनि प्रधानमन्त्रीबाहेक तीन मन्त्रीको मात्रै मन्त्रालय तोकिएको छ । भागबण्डा नमिल्दा नवनियुक्त अन्य मन्त्रीको जिम्मेवारी तोकिएको छैन भने मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन । 
 

Copy link
Powered by Social Snap