२०८२ पुष ९

राजनीति

महान्यायाधीवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

महान्यायाधीवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

राजनीति
काठमाडौं । महान्यायाधीवक्ता खम्मबहादुर खातीले राजीनामा दिएका छन् । खातीले सोमबारदेखि लागु हुनेगरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । खातीले नेपालको संविधानको धारा १५७ को उपधारा ४ बमोजिम राजीनामा दिएका हुन् ।
भ्रष्टाचारको अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित

भ्रष्टाचारको अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित

राजनीति
काठमाडौं । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ । संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागेसम्म गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको जनाएको हो । गुरुङ बिहीबार सांसद पदको शपथमा सहभागी भएका थिए ।  तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ । उनी मनाङबाट निर्वाचित भएका हुन् । ...

राष्ट्रपतिद्वारा पुस २५ का लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा पुस २५ का लागि संसद् अधिवेशन आह्वान

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को पहिलो बैठकबाट संसद्को अधिवेशनका लागि भएको सिफारिसअनुरूप राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । अब नवनिर्वाचित संसद्को पहिलो बैठक पुस २५ गते दिउँसो १ बजे बस्नेछ ।
निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो बैठक

निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो बैठक

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनको समीक्षा गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पुस २२ गते बीपी नगर सानेपामा बैठक बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीतिका सन्दर्भमा र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको सो पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । ...
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्दै

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्दै

राजनीति
काठमाडौँ — नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् । एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालय...
तीनजनाले लिए बिनाविभागीय मन्त्रीको शपथ

तीनजनाले लिए बिनाविभागीय मन्त्रीको शपथ

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्मा तीन मन्त्रीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।  नेकपा (एमाले)का राजेन्द्र राई, दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् ।  मन्त्री बन्ने सूचीमा एमाले सांसद ज्वाला कुमारी साहको नाम भए पनि उनी भने शपथ ग्रहणमा उपस्थित भइनन् । ...
रवि लामिछानेसहित तीन उपप्रधानमन्त्रीलाई विभागीय जिम्मेवारी

रवि लामिछानेसहित तीन उपप्रधानमन्त्रीलाई विभागीय जिम्मेवारी

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री नियुक्त भएका छन् ।  रवि लामिछाने उपप्रधानसहित गृह, विष्णु पौडेल उपप्रधानसहित अर्थ र नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन् ।
प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।  उनले ईश्वरका नाममा नभएर जनताका नाममा सपथ लिएका छन् । सपथलगत्तै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पद हस्तान्तरण गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघिका दुई पटक दौरा सुरुवालसहितको राष्ट्रिय पोशाक नलगाए पनि यसपटक भने सेतो दौरा सुरुवालमा खैरो कोट र कालो टोपी लगाएका छन् । ...
शिक्षा र स्वास्थ्यको बिलसहित भ्रष्टाचार छानबिन गर्न बलियो आयोग बनाउने सहमति छ : लामिछाने

शिक्षा र स्वास्थ्यको बिलसहित भ्रष्टाचार छानबिन गर्न बलियो आयोग बनाउने सहमति छ : लामिछाने

राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरु सरकारमा सहभागि हुन लागेको बताएका छन् ।  सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने साझा सहमति भएपछि सरकारमा सहभागि हुन लागेको बताए । उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरु सहमत भएको उल्लेख गरे । त्यस्तै, शिक्षा र स्वास्थ्यको बिलमा पनि साझा प्रतिवद्धता रहेको लामिछानेले बताए । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरुका लागि विशेष कार्यक्रम ल्याउनेलगायतको विषयमा सत्तारुढ दलहरुका बीचमा साझा सहमति बनेको बताए ।  “शिक्षा र स्वास्थ्यको बिलमा साझा प्...
लोसपा लुम्बिनी संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत

लोसपा लुम्बिनी संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत

राजनीति
बुटवल । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय सर्वसम्मत चयन भएका छन् । सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले पाण्डेयलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले बताए । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् । त्यस्तै, संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा युवा नेता कन्हैया बनिया चयन भएका छन् । संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हेमा बेल्बासे केसी चयन भएकी छन्। उनी समानुपातिक सांसद हुन् । लुम्बिनी प्रदेशमा लोसपाबाट नि...