२०८२ चैत्र १४

राजनीति

सुदूरपश्चिममा एकीकृत समाजवादीको संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन

सुदूरपश्चिममा एकीकृत समाजवादीको संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन

राजनीति
धनगढी । नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी सर्वसम्मत रूपमा चयन भएका छन् । दलको उपनेतामा प्रकाश रावल र प्रमुख सचेतकमा नरेश शाही चयन भए । दुवैजना दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।प्रदेश सभा सदस्य माया पन्तलाई सचेतकको जिम्मेवारी दिइएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसद छन् ।सोडारी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री छन् भने रावल आर्थिक मामिला मन्त्री छन् । ...
लुम्बिनीमा राप्रपाको संसदीय दलको नेतामा चौधरी चयन

लुम्बिनीमा राप्रपाको संसदीय दलको नेतामा चौधरी चयन

राजनीति
राप्रपा लुम्बिनीको संसदीय दलको नेतामा चयन भएका आशिषकुमार चौधरी । बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ । शुक्रबार संसदीय दलको बैठकले रूपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले जानकारी दिए । सचेतकमा बाँकेकी मीनाकुमार श्रेष्ठ चयन भएकी छन् ।लुम्बिनीमा राप्रपाका प्रत्यक्षबाट दुई र समानुपातिकबाट दुई गरी ४ सांसद छन् । लुम्बिनीमा प्रमुख दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतले दलको नेता चयन गर्न बाँकी छ । प्रदेश सभाको अधिवेशन यही पुस १८ गतदेखि दाङको भालुवाङमा सुरु हुँदै छ । ...
मधेस प्रदेशसभा : १०४ सदस्यले लिए शपथ, कर्ण र हैदरको रोकियो

मधेस प्रदेशसभा : १०४ सदस्यले लिए शपथ, कर्ण र हैदरको रोकियो

राजनीति
जनकपुरधाम । मधेस प्रदेशसभाका १०४ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानले सदस्यहरुलाई शपथ खुवाएका हुन् । तर, प्रदेशसभा सदस्यमा निर्वाचित सप्तरीकी माला कर्ण र महोत्तरीका रजी हैदरले भने आज शपथ ग्रहण गरेका छैनन् । दुवैजना समानुपातिक सांसद हुन् ।  सर्वोच्च अदालतको आदेशअनुसार कर्ण र हैदरको शपथ रोकिएको प्रदेशसभा सचिव रञ्जित यादवले जानकारी दिए । ...
सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले लिए पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले लिए पद तथा गोपनीयताको शपथ

राजनीति
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेशसभा हलमा ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराएका हुन् ।  त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएका हुन् । शपथमा ६ जनाले मातृभाषामा शपथ लिएका थिए ।  ...
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

राजनीति
१५ पुस, काठमाडौं । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो । संसदीय दलको नेतामा शेखर कोइराला निकट केदार कार्की र संस्थापन पक्षका अमृत अर्याल प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको नेता चुनिए । कार्कीले ९ र अर्याल २ मत पाए । संसदीय दलको नेता चुनिएका थापा पार्टीको प्रदेश १ सभापति एवम् झापा जिल्लाको पूर्व सभापति पनि हुन् । ...
मधेश प्रदेशमा स्वतन्त्र जितेका कुशवाहा माओवादी केन्द्र प्रवेश

मधेश प्रदेशमा स्वतन्त्र जितेका कुशवाहा माओवादी केन्द्र प्रवेश

राजनीति
१४ पुस, जनकपुरधाम । मधेेश प्रदेश सभामा सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराए । उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका नवनिर्वाचित सांसद भरत प्रसाद साहले जानकारी दिए । अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । लोसपाका पनि ९ जना सांसद छन् । ...
सरकारमा जाने बाटो खोल्नुअघि पूर्वराजासँग लिङ्देनको भेट

सरकारमा जाने बाटो खोल्नुअघि पूर्वराजासँग लिङ्देनको भेट

राजनीति
१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको राप्रपा सरकारमा सहभागी भएको छैन । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजानेबारे निर्णय गर्न बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठकको अघिल्लो दिन लिङ्देनले सुटुक्क बाराको सिमरा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । लिङ्देनले ज्ञानेन्द्रसँग भएको भेट बाहिर ल्याउन चाहेका थिएनन् । तर पार्टीकै बैठकमा नेताहरुले प्रश्न उठाएका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग के कुरा गर्नुभयो ?’ स्रोतका अनुसार झण्डै ६ घण्टासम्म चलेको बैठकमा नेताहरुले अध्यक्ष लिङ्देनलाई सरकारलाई दिएको समर्थनको अवस्था ३० दिनभित्र के हुन्छ ? र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेको कुरा के हो ? भनेर प्रश्न गरेका छन् । उच्च स्रोतका अनुसार सिमरामा ज्ञाने...
लुम्बिनी प्रदेश सभा सदस्यको शपथ १६ गते हुने

लुम्बिनी प्रदेश सभा सदस्यको शपथ १६ गते हुने

राजनीति
रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाका सदस्यलाई पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अधिवेशन पुस १८ गते बोलाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यलाई दाङको देउखुरीमा रहेको प्रदेशसभाको भवनमा शपथ गराउने तयारी गरिएको छ । ...
पुरानो घेरा तोडेर काम गर्न प्रधानमन्त्रीलाई आग्रह

पुरानो घेरा तोडेर काम गर्न प्रधानमन्त्रीलाई आग्रह

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुरानो घेरा तोडेर काम गर्न सांसद राजेन्द्र बजगाइँले आग्रह गरेका छन् । उनले आज प्रधानमन्त्री कार्यालयमा भेट गरेर यस्तो आग्रह गरेका हुन् । “प्रधानमन्त्री भइसकेपछि पोलिसीमा खेल्ने व्यापारीहरु फेरि हावी हुन सक्छन्,” उनको भनाई थियो, “पुरानो घेरा तोडेर नयाँ बनाउनुहोला ।” बजगाइँले उत्तर दक्षिण ३२ चक्के लरी चल्ने पाँचवटा सडक निर्माण गरिनुपर्ने, दुई घण्टामा वीरगन्ज पुग्ने सडक बनाउन पहल गर्न पनि आग्रह गरेका थिए । बजगाइँले २०४८ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अमेरिकाबाट ८ जना विज्ञ आमन्त्रण गरेर रोड कम्स फस्ट अवधारणा र निजीकरण अघि बढाएको प्रसँग उठाउँदै अहिले फेरि त्यस्तै निर्णयको आवश्यकता रहेको बताएका थिए ।  ...
वाग्मती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी, बानियाँ ५ मतले हारे

वाग्मती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी, बानियाँ ५ मतले हारे

राजनीति
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् ।  बुधबार भएको निर्वाचानमा लामाले इन्द्र बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरे । प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा भएको मतदानमा ३७ जनाले मतदान गरेका थिए । उनीहरू दुवैजना संस्थापन पक्षका हुन् । लामा सभापति शेरबहादुर देउवा निकट हुन् भने बानियाँ नेताहरू पूर्णबहादुर खड्का र प्रकाशमान सिंह निकट मानिन्छन् । ...