२०८२ चैत्र १४

राजनीति

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्दै

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्दै

राजनीति
काठमाडौँ — नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् । एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालय...
तीनजनाले लिए बिनाविभागीय मन्त्रीको शपथ

तीनजनाले लिए बिनाविभागीय मन्त्रीको शपथ

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्मा तीन मन्त्रीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।  नेकपा (एमाले)का राजेन्द्र राई, दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् ।  मन्त्री बन्ने सूचीमा एमाले सांसद ज्वाला कुमारी साहको नाम भए पनि उनी भने शपथ ग्रहणमा उपस्थित भइनन् । ...
रवि लामिछानेसहित तीन उपप्रधानमन्त्रीलाई विभागीय जिम्मेवारी

रवि लामिछानेसहित तीन उपप्रधानमन्त्रीलाई विभागीय जिम्मेवारी

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री नियुक्त भएका छन् ।  रवि लामिछाने उपप्रधानसहित गृह, विष्णु पौडेल उपप्रधानसहित अर्थ र नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन् ।
प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।  उनले ईश्वरका नाममा नभएर जनताका नाममा सपथ लिएका छन् । सपथलगत्तै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पद हस्तान्तरण गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघिका दुई पटक दौरा सुरुवालसहितको राष्ट्रिय पोशाक नलगाए पनि यसपटक भने सेतो दौरा सुरुवालमा खैरो कोट र कालो टोपी लगाएका छन् । ...
शिक्षा र स्वास्थ्यको बिलसहित भ्रष्टाचार छानबिन गर्न बलियो आयोग बनाउने सहमति छ : लामिछाने

शिक्षा र स्वास्थ्यको बिलसहित भ्रष्टाचार छानबिन गर्न बलियो आयोग बनाउने सहमति छ : लामिछाने

राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरु सरकारमा सहभागि हुन लागेको बताएका छन् ।  सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने साझा सहमति भएपछि सरकारमा सहभागि हुन लागेको बताए । उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरु सहमत भएको उल्लेख गरे । त्यस्तै, शिक्षा र स्वास्थ्यको बिलमा पनि साझा प्रतिवद्धता रहेको लामिछानेले बताए । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरुका लागि विशेष कार्यक्रम ल्याउनेलगायतको विषयमा सत्तारुढ दलहरुका बीचमा साझा सहमति बनेको बताए ।  “शिक्षा र स्वास्थ्यको बिलमा साझा प्...
लोसपा लुम्बिनी संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत

लोसपा लुम्बिनी संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत

राजनीति
बुटवल । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय सर्वसम्मत चयन भएका छन् । सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले पाण्डेयलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले बताए । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् । त्यस्तै, संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा युवा नेता कन्हैया बनिया चयन भएका छन् । संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हेमा बेल्बासे केसी चयन भएकी छन्। उनी समानुपातिक सांसद हुन् । लुम्बिनी प्रदेशमा लोसपाबाट नि...
देउवा ओलीको विश्वासमा परे, पार्टी नेताको कुरै सुनेनन् !

देउवा ओलीको विश्वासमा परे, पार्टी नेताको कुरै सुनेनन् !

राजनीति
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच करिब दुईवर्षपछि फेरि सहकार्य भएको छ । आइतबार अपराह्न एकाएक बालुवाटारमा गठबन्धन भत्किएको केहीबेरमै बालकोटमा अर्को गठबन्धन बनेको थियो । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थनसहित प्रचण्डले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए । दाबी पेस गर्नु केहीबेरअघि मात्रै नयाँ गठबन्धन बनेको थियो । भित्री गृहकार्य केही दिनदेखि भइरहेको भए पनि बालकोटमा दिउसोमात्रै चार दलका शीर्ष नेताको बैठक बोलाइएको थियो । त्यसपछि बाँकी दल र स्वतन्त्र सांसदलाई बोलाइएको थियो । कांग्रेस उच्च स्रोतले दिएको जानकारीअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई प्रचण्ड र माधव नेपालसँग अहिलेको अवस्...
बालेनको टिप्पणी– राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा !

बालेनको टिप्पणी– राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा !

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन् । प्रजा भने सधैँ सास्तीमा रहेको उनको टिप्पणी छ । नयाँ सरकार गठनलगत्तै बालेनको यस्तो टिप्पणी आएको हो । उनले सामाजिक सञ्जालमा लेखेका छन्– राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा हामी प्रजा सधैँ सास्तीमा ।”  ...
देउवालाई दबाब थिएन, बाँकी नेताले पनि कुरा फेरे : रामचन्द्र पौडेल

देउवालाई दबाब थिएन, बाँकी नेताले पनि कुरा फेरे : रामचन्द्र पौडेल

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुट्नुमा सभापति शेरबहादुर देउवाकै कमजोरी भएको टिप्पणी गरेका छन् । उनले संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । उनका अनुसार सभापति देउवालाई पार्टीभित्रबाट कुनै त्यस्तो दबाब थिएन जसरी गठबन्धन एकाएक टुट्यो । “सभापतिलाई मैले अन्तिम समयसम्म पनि यो गठबन्धन टुटाउन हुँदैन भनेकै हुँ,” पौडेलले भने, “सभापतिलाई पार्टीभित्रबाट दबाब थिएन, छलफलमै रहेका पार्टीका नेताहरुले पनि हिजो बेलुकासम्म गठबन्धन टुट्न हुँदैन भनेका थिए तर बिहान एकाएक कुरा फेरे ।”  ...
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ भोलि

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ भोलि

राजनीति
काठमाडौं । प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै समर्थनसहित राष्ट्रपति निवास पुगेको थियो । आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलिमात्रै शपथ गर्ने तयारी गरिएको छ । राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालकाअनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरिएको छ भने शपथको तयारी भोलि हुँदैछ । ...