२०८२ पुष १०

राजनीति

गठबन्धनका शीर्ष नेताको बैठक जारी

गठबन्धनका शीर्ष नेताको बैठक जारी

राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एक नेताले जानकारी दिए । बैठकमा सरकार गठनलगायत महत्त्वपूर्ण पदहरूमा भागबन्डाका विषयमा छलफल हुने ती नेताले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको समयसीमा भोलि सकिँदै छ । गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताले नयाँ सरकारको नेतृत्व आफैँले पाउनुपर्ने दाबी गरिरहेका छन् । कांग्रेस नेतृत्व विभिन्न विकल्पमा छलफल गर्न समेत लचिलो बनेको बताइएको छ । ...
स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : देउवा

स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : देउवा

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा आयोजना गरेको अभियानको उद्घाटन गर्दै उनले सरल र निस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको अभियानमा सरकारको सधैँ नै साथ र सहयोग रहने बताए । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अभियान गोदावरी नगरपालिकाबाट सुरु गर्न पाएकामा खुसी व्यक्त गरे । उनले अभियान एक पवित्र र सन्तनेता भट्टराईको आश्रमबाट सुरु भएर प्रविधिका माध्यमबाट मुलुकभर पुग्ने बताए । प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । ...
सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

राजनीति
९ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ । बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको हो । कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् । कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् । सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिसकेक...
कांग्रेस वाग्मती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हुने

कांग्रेस वाग्मती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हुने

राजनीति
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताको निर्वाचन पुस १३ गते हुने भएको छ । प्रदेश कार्य समितिले गठन गरेको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन पुस १२ गते दिउँसो १ बजे गरिने छ । नामावलीउपर दाबी विरोध सोही दिन २ बजे देखि ३ बजेसम्म हुनेछ । दाबी विरोधउपर जाँचबुझ गरी अन्तिम नामावली सोही दिन अपराह्न ४ बजे प्रकाशित गरिने समितिका संयोजक चन्द्र महर्जनले जानकारी दिएका छन् । उनका अनुसार पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उमेदवारहरूको मनोनयन दर्ताको समय तोकिएको छ। उमेदवारको मनोनयनउपर उजुरी गर्न सोही दिन ११ बजेदेखि ११ः३० सम्मको समय तोकिएको छ । दाबी विरोधउपर जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन मध्याह्न १२ बजे गरिने छ । सोही दिन मध्याह्न १२ः३० देखि १ः३० सम्मको समय उमेदवा...
मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेता छान्न समिति गठन

मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेता छान्न समिति गठन

राजनीति
जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता छान्न तीन सदस्य समिति गठन भएको छ । बिहीबार प्रदेश समितिका उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा निर्वाचन समिति गठन भएको हो ।  समितिको सदस्यमा प्रदेश समितिका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री विन्दुकुमारी यादव छन् । यो समितिले प्रदेशसभामा दलको नेता चयनको लागि निर्वाचन गराउने छ ।  तर, पार्टीले प्रदेश सरकार गठन तथा छलफलको लागि प्रदेश सभापति कृष्ण यादवलाई जिम्मेवारी दिइसकेको छ । कांग्रेसले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी गर्ने प्रदेश समितिले जनाएको छ । “माथी छलफल गर्दा मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्नका लागि केन्द्रीय नेतृत्वसँग समन्वय गरी गठबन्धनमा रहेका दल लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने जिम्मेवारी प्रदेश सभापति कृष्ण यादवलाई दिन...
प्रदेशमा पनि गठबन्धन सरकार निरन्तर हुन्छ : मुख्यमन्त्री राई

प्रदेशमा पनि गठबन्धन सरकार निरन्तर हुन्छ : मुख्यमन्त्री राई

राजनीति
विराटनगर । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक अहिलेकै सरकारको निरन्तरता पाउने बताएका छन् । राष्ट्रिय परिदृष्य बन्दै गएको उल्लेख गर्दै उनले प्रदेशहरुमा पनि गठबन्धनकै सरकार बन्ने बताएका हुन् ।  बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै राईले सरकार परिवर्तन हुने तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य आफूले देखेको बताए । भने, “निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक हो ।”  उनले कर्मचारी स्थायी सरकार भएको स्मरण गराउँदै आफूले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रुपमा लिएको बताए । भने, “कर्मचारीका सवालमा हिजो हामीले कुनै रंग हेरेनौँ । बिरालो कालो होस्् वा सेतो, मुसा मारे पुग्छ भनेझैं हामीलाई काम चाहिएको छ ।” ...
बालुवाटारमा देउवा,  प्रचण्ड र नेपालबीच छलफल जारी

बालुवाटारमा देउवा,  प्रचण्ड र नेपालबीच छलफल जारी

राजनीति
काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलका लागि दुई पार्टीका अध्यक्ष बालुवाटार पुगेका हुन् ।  स्रोतका अनुसार देउवा, दाहाल र नेपालबीच सरकार गठन लगायतका विषयमा छलफल भइरहेको छ । त्यसअघि बसेको पार्टीको पदाधिकारी र संसदीय दलको बैठकमा प्रचण्डले सरकार गठनबारे छलफल हुने बताएका थिए । ...
सांसदको शपथ खाएपछि सुन्दरीजल पुगे विश्वप्रकाश शर्मा

सांसदको शपथ खाएपछि सुन्दरीजल पुगे विश्वप्रकाश शर्मा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्मा सुन्दरीजल पुगेका छन् ।  बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेसँगै उनी बीपी संग्रहालय सुन्दरीजल पुगेका हुन् । उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै सुन्दरीजल पुगेको पुष्टि गरेका छन् । शर्मा महत्वपूर्ण घटनाक्रमपश्चात् सुन्दरीजल पुग्ने गर्दछन् । उनले पार्टीको १४ औँ महाधिवेशन अघि पार्टी महामन्त्रीमा उमेदवारी घोषणा गर्न पनि सुन्दरीजल नै पुगेका थिए ।  यस्तै, महामन्त्री जितेपश्चात् पनि उनी त्यहाँ पुगेका थिए । उनका समर्थकहरूले उनलाई सानो बीपीको उपमा दिने गर्दछन् । उनका साथमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा सांसद सन्तोष चालिसे पनि सँगै पुगेका थिए । ...
सूर्य थापा भन्छन्– कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ

सूर्य थापा भन्छन्– कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ

राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमाले मिलेर सरकार बनाए उपयुक्त हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीसँगको कुराकानीनमा थापाले मुलुकको राजनीतिक स्थायित्व र दिर्घकालीन हितका लागि पनि दुई ठूला दल मिलेर सरकार बनाउन उपयुक्त हुने बताए । अहिले नै कसको नेतृत्वमा सरकार बन्छ भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए । "अब ठूला शक्ति भएकाले नेपाली कांग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दिर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ," उनले भने ।  सांसद थापाले मुलुकको दिर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरू अघि बढनुपर्ने बताए । थापा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । ...
सरकारको नेतृत्व लिनेगरी ठूला दलसँग छलफल चलाइएको छ : रवि लामिछाने

सरकारको नेतृत्व लिनेगरी ठूला दलसँग छलफल चलाइएको छ : रवि लामिछाने

राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल चलाइएको बताएका छन् । आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौथो ठूलो दलको हैसियतले छलफल चलाएको बताए । प्रतिनिधिसभा सदस्य पदको सपथग्रहण गरेलगत्तै सभापति लामिछानेले बिहीबार सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढ्ने भएकाले आफूहरु सोहीअनुसार अघि बढ्ने पनि स्पष्ट पारेका छन् ।  संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहनेसमेत बताए । “आम नागरिकले विश्वास गरेको जनमतको कदर नगर्ने भन्ने कुरै भएन,” लामिछानेले भने, “हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्ने छैन । तर, कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रुपमा हामीेले पनि नेतृत्व गर्न सक्छौँ कि भन्ने विषयलाई हामीले एकदमै...