२०८१ बैशाख २७

ओलीको प्रश्न : नाम लिएरै खुकुुरी हान्छु भन्दा सरकार कानमा तेल हालेर बसेको थियो ?




काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकरी हान्नेलाई पहिले नै नियन्त्रणमा नलिएको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित एसिड आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पहिले नै खुकुरी हान्छुभन्दा सरकार कानमा तेल हालेर बसेको थियो भन्दै प्रश्न गरे ।


Advertisement


“अस्ति यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त,” ओलीले भने, “पहिले नै खुकुरी हान्छु भनेको थियो । लात्ती हान्छु भनेर खुट्टा उचालेको थियो । मान्छेहरुको नाम लिई लिई काट्छु भन्दा सरकार कानमा तेल हालेर बसेको थियो ?”



त्यस्तै, उनले कांग्रेसको कोसी प्रदेशका सांसद खगेनसिंह हाङगामले प्रहरीविरुद्ध दिएको अभिव्यक्तिलाई आतंककारी क्रियाकलापको संज्ञा दिए । उनले सरकारले नियन्त्रणमा नलिएकोमा आपत्ति जनाए ।

“बालबच्चा, घरपरिवार माछौंँ भन्ने आतंककारी क्रियाकलापबाहेक केही होइन,” ओलीले भने, “सरकार आफैँले यस्ता क्रियाकलाप बढाइरहेको छ । मार्छु भनेको छ । सरकार नियन्त्रणमा लिन्न ।”

Copy link
Powered by Social Snap