![](https://www.symnetwork.com/wp-content/uploads/2022/06/FINAL-GENALPHA-GIF.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/09/UML-Yemale-Sachiwalaya-1694499826-1-1024x581.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
काठमाडौँ — उपाध्यक्ष सुवास नेम्वाङको निधनमा एमालेले देशभर रहेका आफ्ना कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने भएको छ । मंगलबार बिहान आकस्मिक रूपमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै उक्त निर्णय गरेको हो ।
Advertisement
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालयहरू र उनको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राखिने निर्णय गरेको जानकारी दिए ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
त्यस्तै उनले एमालेसम्बद्ध सबै संगठनहरूको औपचारिक कार्यक्रम स्थगित गर्ने र आगामी असोज २ गते नेम्वाङको सम्मानमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको पनि जानकारी दिए । मंगलबार बिहान बसेको सचिवालय बैठकमा सुवास नेम्वाङ बस्ने कुर्सीमा माला र फूल राखिएको थियो ।
![](https://www.symnetwork.com/wp-content/uploads/2023/09/image.png)
संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)