२०८१ बैशाख २७

एमाले सचिवालय बैठक : नेम्वाङ बस्दै आएको कुर्सीमा राखियो माला




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ ।


Advertisement


संविधानसभा अध्यक्ष, पार्टीका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनपछि आकस्मिक रूपमा बसेको बैठकमा नेम्वाङ बस्दै आएको कुर्सीमा माला राखिएको छ ।

सचिवालय बैठकमा नेम्वाङ बस्ने गेरेको कुर्सीमा माला राखिएको सार्वजनिक तस्बिरमा देखिन्छ । यसअघिका बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको हो ।



ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकबाट शोक प्रस्ताव पारितलगायत निर्णय गरिनेछ ।

आज बिहान निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिँदै छ ।

Copy link
Powered by Social Snap