![](https://www.symnetwork.com/wp-content/uploads/2020/11/lagani_board_meeting_pm_oli_DwcKDSAlb6-1024x595.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Ratopati_875x90_3-21-9.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594872993-53.gif)
लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।
सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि रु १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए । उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि रु १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत् परियोजनाका लागि रु दश अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Sanima-Share-Loan_gif_250x250px-55.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596010711-52.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594981462-55.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596727893-61.gif)
यसैगरी उक्त बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको थियो । लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा ‘नलेज म्यानेजमेन्ट पोर्टल’ को स्थापना तथा उपयोग गर्ने विषयमा समेत छलफल भएको मिश्रले जानकारी दिए ।
बोर्डको अध्यक्ष ओलीले बैठकमा कोभिड–१९ ले याँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको विलम्बलाई हटाउन नयाँ प्रविधिको आवश्यकता भएको बताएका थिए । उनले कोरोनाका कारण बोर्डको बैठक नियमित बस्न असहज भए पनि आगामी दिनमा नियमित हुने जानकारी दिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत प्रवद्र्धन र सहजीकरण भएका परियोजनाहरु कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए । भट्ट सिइओ नियुक्ती भएपछि बोर्डको पहिलो बैठक मङ्गलबार बसेको हो ।
साभार: रातोपाटी
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)