२०७९ मंसिर १२
Advertisement

Advertisement

ओलीले सरकारको नेतृत्व गर्ने नैतिकता समाप्त भइसक्योः उपेन्द्र यादव

रौतहट । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहने नैतिकता समाप्त भएको बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो टिप्पणी गरेका हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले भने– ‘प्रदेश सरकारको आफ्नो शासन, आफ्नो प्रशासन र आफनै नियम कानुन हुन्छ तर संघीय सरकारले सबै अधिकार कटौती गरेको छ । मधेसी जनताको अधिकार र पहिचानको लागि फ़ेरि अर्को आन्दोलनको आवश्यकता देखिँदै गएको छ ।’ उक्त आन्दोलनको नेतृत्व  जनता समाजवादी पार्टीले लिन तयार रहेको समेत उनले बताए ।


Advertisement


कार्यक्रममा अर्का नेता राजकिशोर यादवले इतिहासका हरेक आन्दोलनमा रौतहटका जनताको अग्रणी भूमिका रहेको बताउदैं अधिकारको लडाइँमा साथ दिन आग्रह गरे । कार्यक्रममा प्रदेश २ का भूमी ब्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले नेकपा सरकारले मधेसी जनताको आँखामा छारो हालिरहेकाले सजग रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सांसद रामकिसोर यादव , जसपाका केन्द्रीय सदस्य बिन्देश्वर यादव लगायतले बोलेका थिए । सोही अवसरमा काँग्रेस नेकपा परित्याग गरि दर्जनौं नेता कार्यकर्ता राजपामा प्रवेश गरेका थिए  । पार्टी अध्यक्ष यादवले नवप्रवेसिलाई माला र टीका लगाई स्वागत गरेका थिए  ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap