२०८१ बैशाख १४

सात महिना पश्च्यात प्रधानमन्त्री राजधानी बाहिर : ५ घंटे भ्रमण

काठमाडौं । केही आयोजनाको निरीक्षण तथा अनुगमनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी पहाडी जिल्ला संखुवासभा पुगेका छन् । गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली बुधबार केही घण्टाका लागि संखुवासभा पुगेका हुन् ।

झण्डै ७ महिनापछि उपत्यका बाहिर निस्किएका प्रधानमन्त्री ओलीले बुधबार संखुवासभा जिल्लामा करिव साढे ५ घण्टा विताउने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार प्रधानमन्त्री ओली सडक र जलविद्युत आयोजनाको निरीक्षण अनुगमनसहित ३ वटा कार्यक्रममा सहभाभगी बन्नेछन् । साथै स्थानीय जनप्रतिनिधिसँग पनि प्रधानमन्त्री ओलीले छलफल गर्नेछन् ।


Advertisement


‘प्रधानमन्त्री ओलीले मुख्य तीनवटा कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम तय भएको छ’ प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ । 

प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण, स्थानीय जनप्रतिनिधिसँग छलफल र सोही जिल्लाको च्याम्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थलको निरीक्षण र स्थानीय जनप्रतिनिधिसँग छलफल सकेर नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत बुधबारै साढे ३ बजे काठमाडौं फर्कनेछन् । 

प्रधानमन्त्री ओलीको टोलीमा भौतिक पूर्वाधार मन्त्री बषन्त नेम्वाङ, राष्ट्रिय सभा बिधायन समितीका पर्शुराम नेगी, सासंद राजेन्द्रप्रसाद गौतम, प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक दिब्यासिंह शाह तथा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागी छन् । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap