![](https://www.symnetwork.com/wp-content/uploads/2020/11/BhanuBhaktaDhakal_20200116190206.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Ratopati_875x90_3-21-9.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594872993-53.gif)
काठमाडौं । सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले विगतमा पनि निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई सेवा दिन सरकार पछि नपर्ने स्पष्ट पारे । खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने र विपन्नसँग शुल्क नलिने निर्णय भएकामा सर्वोच्च अदालतको आदेश र नागरिक क्षेत्रको सुझावपछि सरकारले नयाँ निर्णय गरेको हो ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Sanima-Share-Loan_gif_250x250px-55.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596010711-52.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594981462-55.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596727893-61.gif)
नेपालमा अहिलेसम्म करीब १५ लाखको पिसिआर परीक्षण गर्दा दुई लाखमा सङ्क्रमण पुष्टि भएको छ । शुरुमा कोभिड–१९ को पिसिआर परीक्षणको पुनःपरीक्षण गर्न हङ्कङ पठाइएकामा हाल नेपालमै सरकारी र निजी गरी ७३ प्रयोगशालाबाट पिसिआर परीक्षण गरिन्छ । सरकारले स्वेच्छाले पिसिआर परीक्षण गर्नका लागि परीक्षण शुल्क रु दुई हजार तोकेको छ । ती प्रयोगशालाबाट दैनिक १५ हजारको सङ्ख्यामा परीक्षण भइरहेको छ ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले दुई कल सेन्टरबाट सेवा प्रदान गरिरहेको छ । कोभिड–१९ को रोकथाम र उपचारका लागि मन्त्रालयले करीब दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर बनाएको छ ।
साभार: रातोपाटी
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)