निवर्तमान मुख्यमन्त्री पौडेलले भने : एमालेमा कुनै गुट छैन
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले साढे ३ वर्षको अवधिमा जनताप्रति उत्तरदायी भएर उल्लेख्य काम गरेको बताएका छन् ।
बिहीबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले सरकारले साढे ३ वर्षे कार्यकालमा शिर उच्च राख्ने गरी काम गरको बताएका हुन् ।
Advertisement
उनले आफ्नो नेतृत्वमा अन्य प्रदेशको तुलनामा बागमती प्रदेशका १३ जिल्लामा विकास निर्माण, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने गरी काम गरेको बताए ।
‘हामीले साढे ३ वर्ष सरकारको नेतृत्व गर्दा नागरिकहरुलाई प्रत्यक्ष लाभ हुने गरी काम गरेका छौं । शिक्षा, स्वास्थ्य तथा विकास निमार्णको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । आगामी केही समयमा नै ती सवै कामको नतिजा देखिने छ । त्यसैले सरकारले सफलतापूर्वक आफ्नो शिर उच्च राखेर सफल भएको गर्भ गर्ने अवस्था ...









