२०८१ बैशाख ७

संसदको चौथो शक्ति बन्यो माधव नेपालको पार्टी

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी संसदको चौथो शक्ति बन्ने भएको छ । 

बुधबार राति आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएसँगै सो पार्टीलाई संसदीय दल निर्माणको बाटो खुलेको छ भने आवश्यक प्रक्रिया पुरा गरेपछि सो दलले संसदमा आफ्नो आधिकारिक हैसियत प्राप्त गर्नेछ । 


Advertisement


नेपाल नेतृत्वको पार्टीमा ३० सांसद रहेका छन् । आयोगमा बुधबार सनाखत गराउन तत्कालीन एमालेका ३० सांसद माधव नेपालको पक्षमा खुलेका थिए । 

यससँगै संसदको सबैभन्दा ठुलो पार्टी एमाले विभाजित भएपनि पहिलो दलको हैसियत भने कायमै रहेको छ । यस्तै दोस्रो ठूलो पार्टी काँग्रेस र माओवादी केन्द्र तेस्रो ठूलो पार्टी कायम छ । 

यसअघि चौथो हैसियतमा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा अब पाँचौ ठूलो दल हुने भएको छ भने आजै आयोगबाट आधिकारिकता पाएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छैटौं ठूलो दल बन्ने भएको छ ।

यी दल नै संघीय संसदमा राष्ट्रिय हैसियत प्राप्त गर्ने दल बनेका छन् भने थ्रेसहोल्ड नकटाएका राप्रपा, जनमोर्चा र नेमकिपाको संसदमा प्रतिनिधित्व रहेपनि स्वतन्त्र हैसियत रहेको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap