२०८२ पुष १०

राजनीति

चीनले काबुल दूतावासको काम जारी राख्ने, रूसी दूतले भोलि तालिबानलाई भेट्ने

चीनले काबुल दूतावासको काम जारी राख्ने, रूसी दूतले भोलि तालिबानलाई भेट्ने

राजनीति
गत महिना चीन पुगेका तालिबान प्रतिनिधिसँग विदेश मन्त्री वाङ यी। संयुक्त राज्य अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लैजान सैनिक पठाइरहेका बेला चीनले भने काबुलस्थित आफ्नो राजदूतावासले सामान्य अवस्थामा झैं काम गरिरहने बताएको छ। सोमबार विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अफगानिस्तानमा  रहेका आफ्ना नागरिकहरू केही फर्किसकेको र केही फर्किन नचाहेर उतै बसिरहेको बताइन्। Advertisement ‘हाम्रो दूतावासले सामान्य अवस्थामा जसरी काम गरिरहेको छ। धेरै चिनियाँहरूलाई यसअघि नै स्वदेश फर्किने व्यवस्था भइसकेको छ। केहीले उतै बस्ने निर्णय गरेका छन्। दूतावास उनीहरूसँग नियमित सम्पर्कमा छ र उनीहरू सुरक्षित छन्,’ प्रवक्ता हुआले भनिन्। चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले...
अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिइसकेको छु: प्रधानमन्त्री देउवा

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिइसकेको छु: प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीलाई अत्यावश्यक स्थितिमा उद्धार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएका छन्। Advertisement आफूले आइतबार उक्त निर्देशन दिइसकेको प्रधानमन्त्री देउवाको भनाइ छ। अफगानिस्तानमा रहेका नेपालको स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन गरिसकेको प्रधानमन्त्री देउवाको भनाइ छ। ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,’ प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै भनेका छन्, ‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछl’ ...
पेट्रोल पम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड

पेट्रोल पम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड

देश, राजनीति, समाचार
प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ ।  Advertisement अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ । पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानि नोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिए । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  साभार: रातोपाटी ...
सभापति देउवाद्वारा २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता

सभापति देउवाद्वारा २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता

देश, राजनीति, समाचार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २२ आमन्त्रित केन्द्रीय सदस्यले दिएको राजीनामा फिर्ता गरिएका छन् । आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलका अनुसार सभापति देउवालाई राजीनामा फिर्ता गरिदिएको बताए । देउवाको भनाइ उद्धृत गर्दै आमन्त्रित केन्द्रीय सदस्य पौडेलले भने, 'तपाईंहरुको मागको सम्बोधन गर्नु । मैले तपाईंहरुको राजीनामा मैले फिर्ता भयो । मैले फिर्ता गरिदिए भन्नुभयो ।' शुक्रबारको केन्द्रीय समिति बैठकमा स्वतः महाधिवेशनको प्रतिनिधि हुने व्यवस्थाको माग आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिनेमा आमन्त्रित सदस्यहरू नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी  र मनोहरनारायण श्रेष्ठ  थिए । ...
भदौ १८ मै वडा अधिवेशन गरेपछि पार्टी वैधानिकतामा प्रश्न उठ्दैन: रामचन्द्र पौडेल

भदौ १८ मै वडा अधिवेशन गरेपछि पार्टी वैधानिकतामा प्रश्न उठ्दैन: रामचन्द्र पौडेल

राजनीति
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १८ गते वडा अधिवेशन गरेपछि पार्टी वैधानिकताबारे समस्या नआउने बताएका छन्। कांग्रेसले छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने कार्यतालिका ल्याएको छ। Advertisement तर कांग्रेसको विधान र संविधानको व्यवस्थाअनुसार सभापति शेरबहादुर देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। चार वर्ष नियमित कार्यकाल सकेपछि सभापति देउवाले विधानअनुसार एक वर्ष र संविधानअनुसार थप छ महिना गरी कूल पाँच वर्ष छ महिनाको कार्यकाल पुर्‍याएका थिए, जुन भदौ २३ गते सकिँदैछ। यसअघि वरिष्ठ नेता पौडेलले नै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आफूपक्षका नेताहरूसँग बैठक गरेपछि भदौ २३ पछि अहिलेको कार्यसमिति नरहने अभिव्यक्ति दिएका थिए। ...
स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षीलाई बधाई

स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षीलाई बधाई

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्। Advertisement आइतबार प्रधानमन्त्री देउवाले ट्विटरमार्फत् मोदीलाई बधाई तथा शुभकामना दिएका हुन्। उनले लेखेका छन्,'भारतको ७५ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई बधाई! उत्तरोत्तर प्रगति र समृद्धिको लागि शुभकामना।' On the occasion of the 75th Independence Day of #India, Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India. Best wishes for the continued progress and prosperity. https://twitter.com/SherBDeuba/status/1426793183732588546 तत्कालीन ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको उपलक्ष्य...
माओवादीको विधानबाट जिल्ला डिलिट !

माओवादीको विधानबाट जिल्ला डिलिट !

देश, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ । Advertisement काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा... ।’ अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए । जिल्ला कमिटीको साटो जिल्ला समन्वय कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन् । साभार: रातोपाटी ...
हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन सुरु

हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन सुरु

देश, राजनीति, समाचार
सम्झौता भएको करिव तीन महिनापछि हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना सम्पन्न भई उत्पादन सुरु गरिएको छ ।  उद्योग संघ मकवानपुरको आर्थिक सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा प्लान्ट स्थापना गर्न गत जेठ ४ गते अस्पताल प्रशासनसँग सम्झौता गरेको थियो । Advertisement जिल्लामा एउटा पनि अक्सिजन प्लान्ट नहुँदा संक्रमितको उपचारमा समस्या उत्पन्न भएको र अक्सिजनको चरम अभाव रहेको तत्कालिन समयमा कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा दैनिक ५ जनाको हाराहारीमा संक्रमितहरुको मृत्यु हुने गरेको र १ सयका दरले संक्रमित थपिरहेका कारण बिरामीहरुको उपचारमा सहजता प्रदान गर्न अस्पतालसँग उद्योग संघ मकवानपुरले प्लान्ट खरिद र जडानको सम्झौता गरेको थियो ।  निजी क्षेत्रका उद्योग व्यावसायीहरुसंगको समन्वयमा संघले प्लान्ट खरिद गरी आइतबार एक समारो...
कांग्रेसले थप्यो ९ भातृ संघको म्याद, खुलाएन कानुनी आधार

कांग्रेसले थप्यो ९ भातृ संघको म्याद, खुलाएन कानुनी आधार

राजनीति
नेपाली कांग्रेसले ९ वटा भातृ संघहरूको म्याद फेरि थप्ने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको छ। म्याद सकिएका भातृ संघसंस्थाको अधिवेशन गराउनुपर्नेमा कांग्रेसले पटकपटक म्याद थप गर्दै आएको छ। Advertisement यसपटक कुन विधान र कानुनअनुसार ती भातृ संघसंस्थाका म्याद थपियो भन्नेबारे कांग्रेस केन्द्रीय समितिको शनिबारको निर्णय मौन छ। नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको म्याद छ महिना थप गरिएको हो। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदावधी सकिएको मितिले भातृ संस्थालाई छ महिना म्याद थप गर्ने निर्णय भएको छ।...
जसपा हाम्रो आधिकारिक पार्टी हो : महन्थ ठाकुर

जसपा हाम्रो आधिकारिक पार्टी हो : महन्थ ठाकुर

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा आफूहरुको आधिकारिक पार्टी भएको दाबी गरेका छन् । पछिल्लो समयमा जसपा थप बलियो भएको बताउँदै उनले अरुले केही संख्या देखाउँदैमा आधिकारिकताको दावी गर्न नमिल्ने धारणा राखे । Advertisement शनिबार जसपा महन्थ ठाकुर पक्षको वागमती प्रदेशले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पहिचानका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिए । अहिलेको संघीयता पहिचानको आधारमा नरहेको उल्लेख गर्दै उनले त्यसलाई सच्याउनका लागि संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे । यसअघि आफूहरु विशेष परिस्थितिमा सरकारमा गएको बताउँदै उनले सरकारलाई चाँडो पूर्णता दिएर कोभिड–१९ का लागि खोप उपलब्ध गराउन पनि माग गरे । ठाकुरले जसपा नेपाल उत्पीडनमा परेका जनताको पहिचानका लागि संघर्ष गरिरहेको हुनाले त्यसलाई कमजोर नठान्न पनि आग्र...