एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
१ भदौ,बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो ।
बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेलगत्तै एमाले सांसदहरु उठेर होहल्ला र नाराबाजी शुरु गरेका थिए । उनीहरुले सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त नगरेको भन्दै विरोध जनाएपछि ६ मिनेटमै सभामुखले बैठक स्थगित गरेका हुन् ।
Advertisement
एमालेको अवरोधपछि प्रदेश सभा बैठक भदौ २ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए । शाही र वलीलाई आफ्नो दलका सांसद दावी गर्दै एमालेले उनीहरुलाई पदमुक्त गर्न एमालेले मंगलबार (आज) नै सभामुखलाई पत्र बुझाएको थियो ।
मंगलबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्ब...









