२०८२ पुष १०

राजनीति

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

देश, राजनीति, समाचार
६ भदौ, काठमाडौं । विभिन्‍न छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्‍यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका-६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने रोल्पा नगरपालिका–२ धनमुढा निवासी ५५ वर्षीय पुरुषको ज्‍यान गएको छ । Advertisement मृत्‍यु हुनेमा धनगढीमाई नगरपालिका-६ का १७ वर्षीय किशोर र रोल्पा नगरपालिका–२ धनमुढा निवासी ५५ वर्षीय खड्कबहादुर बुढा रहेका रहेका छन् । स१०प ४२४७ नंको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै रोल्पाको सदरमुकाम लिबाङबाट प्यूठान जाँदै गरेको उक्त ...
पेट्रोलियम पदार्थ उत्खननमा चासो दिन अध्यक्ष ओलीको आग्रह

पेट्रोलियम पदार्थ उत्खननमा चासो दिन अध्यक्ष ओलीको आग्रह

देश, राजनीति, समाचार
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन् । उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतीमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्नu नहुने उनको भनाइ छ । Advertisement अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आज भएको भेटघाटमा उनले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ जनतालाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह गरे । अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटीलालगायतका क्षेत्रमा चीन सरकारसँग जिटुजी सम्झौता गराइ सम्भाव्यता अध्ययनको काम थालिएको थियो । भेटमा अध्यक्ष ओलीले कर्णालीले दैलेखमा भएको पेट्रोल खानीको...
मापदण्ड मिचेर सवारीसाधन किन्ने प्रतिस्पर्धामा प्रदेश सरकार, प्रदेश १ सबैभन्दा अगाडि

मापदण्ड मिचेर सवारीसाधन किन्ने प्रतिस्पर्धामा प्रदेश सरकार, प्रदेश १ सबैभन्दा अगाडि

देश, राजनीति, समाचार
प्रदेश सरकारहरू प्रदेशको सरकारी पैसामा कसले सबैभन्दा धेरै सवारी साधन किन्ने भन्ने प्रतिस्पर्धा उत्रिएको देखिएको छ । आफ्नो कार्यकालमा प्रदेशको आर्थिक तथा भौतिक विकास र जनजीवन सुधारमा भन्दा बढी सवारी किन्नमै बल गरेको देखिएको हो । Advertisement महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५८औँ वार्षिक प्रतिवेदनमा पाँच प्रदेशको ध्यान सवारी किन्नमै देखिएको छ । प्रदेश १ र २ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेश यो दौडमा देखिएका हुन् । जसमध्ये मापदण्ड नै मिचेर सबैभन्दा धेरै सवारीसाधन किन्ने दौडमा प्रदेश १ ले अन्य ६ वटै प्रदेशलाई उछिनेको छ । प्रदेशले १ ले ३४ करोड १३ लाख ८ हजार रुपैयाँको सवारी साधन खरिद गरेको छ । यसपछि बागमती, गण्डकी  र लुम्बिनी प्रदेशले नियम मिचेर सबैभन्दा धेरै सवारी किनेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सब...
दाइसँग झगडा गरिरहेका युवकबाट पेस्तोल बरामद

दाइसँग झगडा गरिरहेका युवकबाट पेस्तोल बरामद

देश, राजनीति, समाचार, सामाजिक
५ भदौ, जनकपुरधाम । सर्लाहीमा आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन्. । सदरमुकाम मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । Advertisement समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झै–झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । ‘दुबै दाजुभाइको झै–झगडा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भयो’ बुढाथोकीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेका छौं ।’ साभार: रातोपाटी ...
एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

देश, राजनीति, समाचार
१ भदौ,बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो । बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेलगत्तै एमाले सांसदहरु उठेर होहल्ला र नाराबाजी शुरु गरेका थिए । उनीहरुले सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त नगरेको भन्दै विरोध जनाएपछि ६ मिनेटमै सभामुखले बैठक स्थगित गरेका हुन् । Advertisement एमालेको अवरोधपछि प्रदेश सभा बैठक भदौ २ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए । शाही र वलीलाई आफ्नो दलका सांसद दावी गर्दै एमालेले उनीहरुलाई पदमुक्त गर्न एमालेले मंगलबार (आज) नै सभामुखलाई पत्र बुझाएको थियो । मंगलबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्ब...
लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न सीमाविद् बुद्धिनारायण श्रेष्ठको आग्रह

लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न सीमाविद् बुद्धिनारायण श्रेष्ठको आग्रह

देश, राजनीति, समाचार
सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।  शुक्रबार आफ्नो पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै उनले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भु–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भुभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।  चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए ।  Advertisement उनले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि. थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।  ...
सुदूरपश्चिमकाे विकासका सन्दर्भमा प्रधानमन्त्री देउवालाई बुझाइयो ज्ञापनपत्र

सुदूरपश्चिमकाे विकासका सन्दर्भमा प्रधानमन्त्री देउवालाई बुझाइयो ज्ञापनपत्र

देश, राजनीति, समाचार
सत्तारुढ नेपाली काँग्रेसका सुदूरपश्चिमका जनप्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउन नेतृत्वको टोलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई सुदूरपश्चिमका विकासका सन्दर्भमा ज्ञापनपत्र बुझाएको हो । Advertisement डडेल्धुरा स्वास्थ विज्ञान प्रतिष्ठान, मेडिकल कलेज स्थापना, पश्चिम सेती जलविद्युत आयोजनाको कार्य प्रारम्भ, धनगढी एयरपोर्टको स्तरउन्नती र भीमदत्त राजमार्ग, के आइ सिंह राजमार्गको स्तर उन्नतीका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । साउद नेतृत्वको टोलीले डडेलधुरादेखि गोठालापानी सडक, खोड्पेदेखि चैनपुर सडक महामाली राजमार्गको सत्बाझदेखि दार्चुला खलंगा सडक र सिलगढीदेखि अछाम मंगलसेन सडकको स्तर उन्‍नतिकाे माग प्रधानमन्त्रीसँ...
अफगानिस्तानबाट २९६ नेपालीको उद्धार, छुटेकाहरुलाई यी नम्बरमा सम्पर्क गर्न आग्रह

अफगानिस्तानबाट २९६ नेपालीको उद्धार, छुटेकाहरुलाई यी नम्बरमा सम्पर्क गर्न आग्रह

देश, राजनीति, समाचार
सरकारले अफगानिस्तानबाट २९६ जना नेपालीको उद्धार गरेको छ । बिहीबार अल जजिरा एयरको कुवेत काठमाडौं नियमित उडानबाट थप ८ जना समेत गरी हालसम्म कूल २९६ जनालाई काठमाडौं ल्याइपुर्याइएको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उद्धार गरिएका थप नेपाली  नेपाल फर्किने प्रकृया जारी रहेको जानकारी दिएको छ । नेपाल फर्किएका उनीहरुलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै अफगानिस्तानमा रहेका ३ सय नेपालीले बिहीबार साँझ ५ बजेसम्म कन्सुलर सेवा विभागको वेभ पोर्टलमा विवरण दर्ता गराएका छन् । Advertisement मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीले कन्सुलर सेवा विभागको वेबसाइट Nepalconsular.gov.np मा नामसहितको विवरण दर्ता गर्न आग्रह गरेको छ ...
रूक्माङ्गद कटवालले सुरु गरे हिन्दू अभियान

रूक्माङ्गद कटवालले सुरु गरे हिन्दू अभियान

देश, राजनीति, समाचार, सामाजिक
पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालले ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु गरेका छन् । ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटवालले यो अभियान प्रारम्भ गरेका हुन् ।   ‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो,’ कटवालले भने । Advertisement कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू धर्मले सबै प्रकारका उपासना पद्दति अपनाउन स्वतन्त्रता दिएको दाबी गरे । त्यस्तै, शान्तिधामका मठाधीश स्वामी भानुभक्ताचार्य महाराजले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने धारणा राखे । । हिन...
प्रदेश १ सरकारको आन्तरिक आम्दानी दर निराशाजनक

प्रदेश १ सरकारको आन्तरिक आम्दानी दर निराशाजनक

देश, राजनीति, समाचार
प्रदेश १ सरकार गठन भएपछिका तीन वर्षमा बजेट कार्यान्वयन निराशाजनक देखिएको छ भने लक्ष्यअनुसार आन्तरिक आम्दानीसमेत हासिल गर्न सकेको छैन । प्रदेश सरकारले खर्च र राजस्व असुलीमा लक्ष्य पूरा गर्न नसकेको हो । निर्धारण गरेको राजश्व आयको लक्ष्य प्राप्त नहुँदा प्रदेश १ सरकारलाई स्रोतको चाप बढेको छ । प्रदेश सरकारले विगत तीन आर्थिक वर्षमा ८ अर्ब ५४ करोड १३ लाख रुपैयाँमात्रै आन्तरिक आम्दानी गरेको छ । सो अवधिमा प्रदेश सरकारले १२ अर्ब २७ करोड ८४ लाख राजश्व आयको लक्ष्य निर्धारण गरेकोमा झण्डै दुई तिहाईमात्रै आन्तरिक आम्दानी गरेको देखिन्छ । Advertisement प्रदेश सरकारले सेवा शुल्क, दण्ड जरिवाना तथा जफत आदिबाट प्राप्त गर्नुपर्ने राजश्व पनि लक्ष्य अनुसार सङ्कलन हुन सकेको छैन । कृषि, पर्यटन, जडीबुटी, नदीजन्य वस्तु लगायतका आन्तरिक आम्दानीका स्रोत प्रशस्त हुँदा पनि स्रोत प...