२०८२ चैत्र १७

राजनीति

तेस्रो प्रयासमा मुख्यमन्त्री बने भीम आचार्य, मुस्किल छ टिकिरहन

तेस्रो प्रयासमा मुख्यमन्त्री बने भीम आचार्य, मुस्किल छ टिकिरहन

राजनीति
बिहीबार प्रदेश- १ को मुख्यमन्त्रीको पदभार सम्हाल्दै भीम आचार्य। प्रदेश स्थापना भएदेखि नै मुख्यमन्त्री बन्न निरन्तर प्रयासरत एमाले सचिव भीम आचार्य अन्ततः तेस्रो प्रयासमा सफल बनेका छन्।  बिहीबार मुख्यमन्त्रीको कुर्सीमा आसिन भएका आचार्यको यहाँसम्मको यात्रा भने निकै सकसपूर्ण रह्यो। बिहीबार प्रदेश १ को मुख्यमन्त्रीको सपथ लिएका आचार्यलाई यो अवसर प्राप्त गर्न एमाले विभाजन नै कुर्नुपर्‍यो।  सकसपूर्ण यात्राको ‘फिनिसिङ’ अर्थात् उनको मुख्यमन्त्री नियुक्तिचाहिँ बिजुली गतिमा भयो। बिहीबार बिहान संसदीय दलका बहुमत सदस्यले उनलाई संसदीय दलको नेता चयन गरे। लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उही रफ्तारमा सपथ खुवाए। Advertisement आचार्य र निवर्तमान मुख्यमन्त्री शेरधन राई बिहीबार काठमाडौंबाट विराटनगर आएलगत्तै दलको नेता फेरिएको जानकार...
एमाले विभाजन: के होला पार्टीको अर्बौंको सम्पत्ति?

एमाले विभाजन: के होला पार्टीको अर्बौंको सम्पत्ति?

राजनीति
बल्खुमा बन्न लागेको एमाले मुख्यालयको डिजाइन। नेकपा (एमाले) विभाजन गरेर माधवकुमार नेपालले आफ्नै नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरपछि एमाले पार्टीको सम्पत्ति के हुन्छ भन्ने प्रश्न उठेको छ। निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणका आधारमा नेकपा एमाले मुलुककै सबैभन्दा धनी पार्टी हो। एमालेसँग जग्गा, भवन र नगदसहित एक अर्बभन्दा धेरै सम्पत्ति छ। नेपालले पार्टी विभाजन गरेपछि अब एमालेको सम्पत्ति पनि विभाजन हुन्छ कि हुन्न भन्ने प्रश्न खडा भएको छ। नेपाल पक्षले विभाजनपछि सम्पत्तिमा दाबी गर्ने तयारी गरिरहेको छ। माधव नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले सम्पत्तिमा आफूहरूको पनि हक रहेको बताए। Advertisement 'अहिलेका लागि हाम्रो सम्पत्ति कार्यकर्ता हुन्। घर/सर सम्पत्ति ठूलो होइन', पाण्डेले सेतोपाटीसँग भने, 'कार्यकर्ता २१ दिनभित्र पार्टीमा ल्याउने म्याद छ। त्...
पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

देश, राजनीति, समाचार
१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको बिहीबारको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । ‘खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ’, उनले भने । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए । Advertisement ‘हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत)ले खोपको पूरा मात्रा लगाएका छन्’, उनले भने, ‘खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको सङ्ख्या ३० प्रतिशते छ ।’ वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको सो अवसरमा उनले जानकारी ...
योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सलोनी प्रधान सिंह नियुक्त

योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सलोनी प्रधान सिंह नियुक्त

देश, राजनीति, समाचार
१० भदौ, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ । Advertisement मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पुष्परमण वाग्ले र सलोनी प्रधान सिंहलाई योजना आयोगको सदस्य नियुक्त गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै कानून आयोगको अध्यक्षमा पूर्वन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको छ । Credit: OnlineKhabar ...
प्रदेश-१ मा शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

प्रदेश-१ मा शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

राजनीति
प्रदेशमा पार्टी विभाजनको क्षति कम गर्ने लक्ष्यसहित नेकपा एमालेले प्रदेश नम्बर १ सरकारको नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ। मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी सुरु भएको हो। यसैका लागि बिहीबार एमाले संसदीय दलको बैठक बोलाइएको छ। ‘अब कोर्स त्यतै अघि बढेको छ,’ एमाले सांसद विमल कार्कीले भने, ‘संसदीय दलको बैठकबाट सम्भवतः यही निर्णय हुनसक्छ।’ उनकाअनुसार मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाउने र आज नै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारी छ।  Advertisement लामो समयदेखि झलनाथ खनाल–माधवकुमार नेपाल समूहमा रहेका एमाले सचिव भीम आचार्यले पार्टी विभाजनका बेला उनीहरुको साथ छाडेर एमालेमै रहने निर्णय लिएका थिए। उनलाई यसअघि नै ...
संसदको चौथो शक्ति बन्यो माधव नेपालको पार्टी

संसदको चौथो शक्ति बन्यो माधव नेपालको पार्टी

देश, राजनीति, समाचार
निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी संसदको चौथो शक्ति बन्ने भएको छ ।  बुधबार राति आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएसँगै सो पार्टीलाई संसदीय दल निर्माणको बाटो खुलेको छ भने आवश्यक प्रक्रिया पुरा गरेपछि सो दलले संसदमा आफ्नो आधिकारिक हैसियत प्राप्त गर्नेछ ।  Advertisement नेपाल नेतृत्वको पार्टीमा ३० सांसद रहेका छन् । आयोगमा बुधबार सनाखत गराउन तत्कालीन एमालेका ३० सांसद माधव नेपालको पक्षमा खुलेका थिए ।  यससँगै संसदको सबैभन्दा ठुलो पार्टी एमाले विभाजित भएपनि पहिलो दलको हैसियत भने कायमै रहेको छ । यस्तै दोस्रो ठूलो पार्टी काँग्रेस र माओवादी केन्द्र तेस्रो ठूलो पार्टी कायम छ ।  यसअघि चौथो हैसियतमा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा अब पाँचौ ठूलो दल हुने भएको छ भने आजै आयोगबाट आधिक...
गण्डकीका एक मन्त्रीलाई ३१ करोड ऋण, कसको सम्पत्ति कति?

गण्डकीका एक मन्त्रीलाई ३१ करोड ऋण, कसको सम्पत्ति कति?

राजनीति
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् उनीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदमा ११ जना सदस्य रहे पनि युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) र कृषि मन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। मन्त्रिपरिषद गठन भएको २ महिनापछि मुख्यमन्त्रीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। भ्रष्टाचार निवारणसम्बन्धी ऐनले सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार राष्ट्रिय सतर्ककता केन्द्र सिँहदरबारलाई पठाएको सम्पत्ति विवरण मुख्यमन्त्री र मन्त्रीहरुले सार्वजनिक गरेका हुन्। Advertisement सार्वजनिक सम...
आफू धितोपत्र बोर्डमा नबस्ने भन्दै महासंघ अध्यक्षलाई ढकालको पत्र

आफू धितोपत्र बोर्डमा नबस्ने भन्दै महासंघ अध्यक्षलाई ढकालको पत्र

देश, राजनीति, समाचार
९ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा आफू बस्न नचाहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेका छन् । ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक छन् । आफू व्यवसायमै केन्द्रित रहने भन्दै महासंघको तर्फबाट अर्को प्रतिनिधि पठाउन अध्यक्ष गोल्छालाई ढकालले पत्र लेखेको जानकारी दिए । Advertisement ‘म महासंघको वरिष्ठ उपाध्यक्ष भएको हिसाबले मलाई प्रतिनिधि पठाइएको थियो, मभन्दा अगाडि शेखर जी वरिष्ठ उपाध्यक्ष हुँदा उहाँ नै सञ्चालक हुनु भएको थियो,’ ढकालले भने, ‘मलाई पहिले पनि सञ्चालकको रुपमा काम गर्ने मन थिएन, तर वरिष्ठ उपाध्यक्ष नै प्रतिनिधिको रुपमा जाने प्रचलन भएका कारण आफू त्यहाँ गएको थिएँ ।’ सर्वोत्तम सिमेन्टको शेयर वरिष्ठ उपाध्यक्ष ढकालको भाइको नाममा समेत छ । ढ...
मेटमणिको दावी : अरु दलसँग एकता गर्छौं, चार महिनामा ठूलो पार्टी बन्छौं

मेटमणिको दावी : अरु दलसँग एकता गर्छौं, चार महिनामा ठूलो पार्टी बन्छौं

देश, राजनीति, समाचार
९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले अबको चार महिनामा आफूहरुको पार्टी सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् । बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न पुगेका उनले पत्रकारसँगको कुराकानीमा उनले भने, ‘मुलुकमा यो पार्टी चार महिनापछि सबैभन्दा ठूलो पार्टी बन्दैछ । यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ ।’ Advertisement कसरी ठूलो पार्टी बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, विप्लव, मोहन वैद्यलगायत सबै राजनीतक दलबीच एकता हुन्छ ।’ तर केपी शर्मा ओली अध्यक्ष हुँदासम्म भने एमालेसँग एकता र सहकार्य नहुने चौधरीले बताए । ‘केपी ओली अध्यक्ष रहँदासम्म एमालेसँग, सहमति, सहकार्य र एकता हुँदैन’ उनले भने । Credit: OnlineKhabar ...
काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू

काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू

राजनीति
अमेरिकासहित अधिकांश पश्चिमा राष्ट्रहरूले अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गरिरहेका बेला चीनले भने काबुलमा तालिबानहरूसँग सम्पर्क बढाउन थालेको छ। रूसी समाचार एजेन्सी स्पुतनिकले काबुलस्थित चिनियाँ राजदूत वाङ युले मंगलबार तालिबानको राजनीतिक विभागका नेताहरूसँग छलफल गरेको जनाएको छ। Advertisement छलफलका क्रममा उनीहरूबीच काबुलस्थित चिनियाँ दूतावास र कूटनीतिज्ञको सुरक्षा, अफगानको अहिलेको अवस्था र चीनले गर्न सक्ने मानवीय सहायताबारे कुराकानी भएको जनाइएको छ। अमेरिकालगायत केही देशहरूले काबुलको दूतावास बन्द गरेर कूटनीतिज्ञलाई उद्धार गरेका बेला चीनले भने काबुल दूतावासले निरन्तर काम गरिरहेको जनाएको छ। यसअघि मंगलबार नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायले तालिबानमाथि प्रतिबन्ध लगाए त्यो फलदायी नहुने बताएका थिए। तालिबानमाथि ...