कृष्णभक्त पोखरेलको न जिल्ला अध्यक्ष पद पुनर्वहाली भयो, न केन्द्रीय सदस्यमा परे
नेकपा एमालेले आइतबार ४३ जना केन्द्रीय सदस्यहरू मनोनित गर्यो। मनोनितको सूचीमा दुर्गा प्रसाईंदेखि लालबाबु पण्डितसम्म अटे।
उपाध्यक्षमा नअटेपछि पण्डितले सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको भन्दै महाधिवेशनस्थल छाडेका थिए। अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पढेको केन्द्रीय सदस्यमा नाम नअटाएपछि दुर्गा प्रसाईं फन्किएर निस्किएका थिए।
Advertisement
महाधिवेशन भएको जिल्ला चितवनबाट उपाध्यक्षमा दुई जना र केन्द्रीय सदस्यमा ९ जना नेताहरू ओलीको सूचीमा परेका थिए। त्यो सूचीमा पर्ने अपेक्षा भएर पनि नपरेका नेता कृष्णभक्त पोखरेललाई ओलीले मनोनितको सूचीमा पार्ने धेरैले आँकलन गरेका थिए।
पोखरेल केन्द्रीय सदस्यको सूचीमा नपरेपछि उनी निकटका कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत रोष प्रकट गर्दै मनोनित गर्न पार्टीलाई दबाब दिँदै आएका थिए। तर शनिबार र आइतबार बसेको केन्द्रीय सम...









